काठमाडौं– मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ जना सचिवको सरुवा गर्ने निर्णय गर्यो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री कार्यालय सरुवा गर्ने निर्णय गर्यो।
सिंह गृह मन्त्रालायमा गत असोजमा मात्र आएका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेता र उच्च कर्मचारीहरु तानिन थालेको समयमा गृहसचिवको सरुवा भएको हो।
सिंहको स्थानमा दिनेश भट्टराईलाई ल्याइएको छ। तत्कालीन सरकारले उनलाई २०७९ असोज २ गते गृह मन्त्रालयमा सरुवा गरेको थियो। उनी अघि गृहसचिवको जिम्मेबारीमा टेकनारायण पाण्डे थिए। पाण्डे नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका छन्।
पाण्डेलाई तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले गृहमा ल्याएका थिए। गृहकै क्याडर रहेका सिंहलाई ७ महिनामै सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा जगेडा सचिवको रुपमा राखिएको छ। सरकारले सचिव सिंहको सरुवा गरेको दोस्रो दिन अर्थात् बुधबार तत्कालीन गृहमन्त्री खाणलाई पक्राउ गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।