काठमाडौं– र्यापर साकार अधिकारी ९ महिनाको ‘भूमिगत’ जीवनपछि सांगीतिक क्षेत्रमा फर्किएका छन्।
साकार नयाँ एल्बम लिएर दर्शकमाझ आउन लागेका हुन्। उनको एल्बम आगामी जुनमा रिलिज हुँदैछ।
एल्बमको गीत जुनको पहिलो साता सार्वजनिक हुनेछ।
उनले आगामी जुनमै देशका ९ प्रमुख सहरमा नेपाल टुर पनि गर्दैछन्। उनको व्यवस्थापन कम्पनीले सामाजिक सञ्जालबाट टुरबारे औपचारिक जानकारी दिएको छ।
पाँच वर्षदेखि साकारको कार्यक्रमको व्यवस्थापन गर्दै आएको पीभीइ नेटवर्कले यसपटक पनि साकारको नेपाल टुरको व्यवस्थापन गर्दैछ। पीभीई नेटवर्कको तर्फबाट विकास ढकालले व्यवस्थापनको नेतृत्व गर्नेछन्।
पीभीई नेटवर्कका अनुसार साकारले यसैवर्ष अष्ट्रेलिया, भारत, युरोप र मध्यपूर्वी देशमा सांगीतिक भ्रमण गर्नेछन्।
साकारको पछिल्लो म्यूजिक भिडियो ‘नो पिस इन लभ’ नेपालसहित अष्ट्रेलिवया र युएईमा ट्रेन्डिङमा परेको थियो।
यो गीत नेपालमा १ नम्बर, अष्ट्रेलियामा ६ नम्बर र युएईमा ६ नम्बर ट्रेन्डिङमा परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।