• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

एक महिनामै ४ सय रुपैयाँले बढ्यो चामलको मूल्य

64x64
कल्पना घिमिरे शनिबार, वैशाख २३, २०८०  १४:०२
1140x725

काठमाडौं– एक महिनामै चामलको मूल्य प्रतिबोरा करिब ४ सय रुपैयाँसम्मले बढेको छ। गत चैतको मूल्य भन्दा वैशाखमा ३ सय ७५ रुपैयाँले चामलको मूल्य बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ। 

चैतमा प्रतिकेजी ९५ रुपैयाँ पर्ने त्रिशुलीको पोखरेली चामल अहिले प्रतिकेजी १ सय ५ रुपैयाँ पुगेको छ। २५ केजी परिमाण भएको उक्त चामलको मूल्य प्रतिबोरा २ हजार ३ सय ७५ पर्थ्यो। अब भने प्रतिबोरा २ हजार ६ सय २५ रुपैयाँ पर्ने खुद्रा व्यापार संघले जनाएको छ।

स्टिम जिरा मसिनो चामल गत चैतमा प्रतिकेजी ७५ रुपैयाँ पर्थ्यो। एक महिनाकै अन्तरमा चामल प्रतिकेजी १५ रुपैयाँले बढेर ९० रुपैयाँ पुगेको छ।

२५ केजी परिमाण भएको उक्त चामलको मूल्य प्रति बोरा  १ हजार ८ सय ७५ पथ्र्यो। अहिले ३ सय ७५ रुपैयाँले बढेर प्रतिबोरा २ हजार २ सय ५० पुगेकोे छ।

लङ्ग्रेन बासमती चामल प्रतिकेजी ५ रुपैयाले बढेको छ। गत चैतमा प्रतिकेजी १ सय ७० पर्ने चामल अहिले ५ रुपैयाँ बढेर प्रतिकेजी १ सय ७५ पुगेको छ।

२५ केजी परिमाण भएको उक्त चामलको मूल्य प्रति बोरा  ४ हजार २ सय ५० पथ्र्यो। अहिले १ सय २५ रुपैयाँले बढेर प्रतिबोरा ४ हजार ३ सय ७५ पुगेकोे छ।

यो भयो खुद्रा व्यापार संघमा बढेको चामलको मूल्य। बजारमा यो मूल्य लागू नै हुँदैन। व्यापारीहरुले फरक–फरक मूल्य राखेर बिक्री गर्छन्। संघले तोकेको भन्दा तेब्बर मूल्य बढाएर व्यापारीहरुले बिक्री गर्ने उपभोक्ताको गुनासो छ। 

Ncell 2
Ncell 2
nimb
nimb

संघका अध्यक्ष पवित्र बज्राचार्य फरक–फरक ब्राण्डका चामल बजारमा उपलब्ध हुने भएकाले ब्राण्ड अनुसार व्यापारीहरूले फरक मूल्यमा बिक्री गर्ने गरेको बताउँछन्। ‘व्यापारीहरुले बजारमा फरकफरक ब्राण्डका वस्तु बिक्री गर्छन्। ती वस्तु उत्पादनदेखि प्याकेजिङसम्म फरक फरक हुने भएकाले लागत पनि त्यही अनुसारको हुन्छ। त्यसकारण ब्राण्ड अनुसार फरक मूल्य पर्न जान्छ,’ उनले भने।

तर उपभोक्ता अधिकारकर्मीहरू एउटै वस्तुमा विभिन्न ब्राण्ड दिएर चर्को मूल्य असुल्नु अपराध भएको बताउँछन्। सरकारले मूल्य नीति नल्याउँदा व्यापारी र विचौलियाले आफूखुसी मूल्य राखेर उपभोक्ता ठगिरहेको उनीहरुको आरोप छ।

मूल्यवृद्धि रोक्न सरकार मातहतका कुनै निकायले पनि अनुगमन र नियमन गर्दैनन्। उत्पादन बढाउन सरकारले अनुदान दिएर प्रोत्साहन गर्नुको साटो उल्टै व्यापारी र विचौलियालाई मूल्य बढाउन उक्साउने गरेको उपभोक्ता अधिकारकर्मीहरुको गुनासो छ।

सरकारले खाद्यान्न मूल्यनीति नल्याउँदा यस्ता समस्या आएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिना बताउँछन् ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘मूल्यनीति नहुँदा व्यापारीहरुले मनपरी मूल्य राखेर कालोबजारी गर्छन्। यो खाद्यान्नको मूल्य नीतिबारे सरकारले चासो लिएको छैन। अहिले बजार अनुगमनप्रति सरकार मातहतका निकाय मौन छन्। यसप्रति बेवास्ता गदै जाने होभने निम्नवर्गले किनेर खानै नसक्ने अवस्था आउँछ,’ उनी भन्छन्। 

सरकारले केही सीमित खाद्य सामग्रीको मात्र मूल्य निर्धारण गर्ने र खुला बजारमा व्यापारीहरुले आफूखुसी मूल्य राखेर व्यापार–व्यवसाय गर्न पाउने व्यवस्था रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराई बताउँछन्।

‘सरकारले सबै खाद्यान्नको मूल्य निर्धारण गर्ने व्यवस्था गरेको छैन। चिनी, नुन, धान लगायतका वस्तुको मूल्य निर्धारण सरकारले गर्छ। यसले गर्दा व्यापारीहरुले आफूखुसी मूल्यमा बिक्री गर्ने गरेका छन्। उनीहरुले मूल्य राख्ने क्रममा नियम विपरीत राखेर बिक्री गरेको पाइयो भने उजुरी वा अनुगमनका आधारमा हामीले त्यस्ता व्यवसायीलाई कारबाही गर्छौँ,’ उनले भने।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १४:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? मेलम्चीको खानेपानी पुनः वितरण भए पनि काठमाडौं उपत्यकाका लागि पर्याप्त खानेपानी वितरण हुने छैन। साहका अनुसार दैनिक ५० करोड लिटर खानेप... आइतबार, कात्तिक १, २०८३
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्