• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

थेरवाद–बुद्धधर्मको सान्दर्भिकता

मदनरत्न मानन्धर शुक्रबार, वैशाख २२, २०८०  १२:४०
1140x725
प्रतिकात्मक तस्बिर

लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तु, हालको तौलिहवामा इसापूर्व सातौँ शताब्दीताका शाक्य गणतन्त्रका रूपमा प्रख्यात कपिलवस्तुका राजा शुद्धोदन  थिए। उनका दुई पटरानीमध्ये जेठी महामायादेवीको कोखबाट इपू ६२३ को वैशाख शुक्ल पूर्णिमाका दिन पवित्र लुम्बिनी उद्यानमा युवराज सिद्धार्थ (सर्वार्थसिद्ध) कुमारको जन्म भएको थियो। करिब २९ वर्षसम्म राजदरबारमा जीवन व्यतीत गरेका उनै सिद्धार्थकुमारले सांसारिक दुःखबाट मुक्त हुने ज्ञानको खोजीमा असार पूर्णिमाको रात महाभिनिष्क्रमण (गृहत्याग) गरे।

विभिन्न देश भ्रमण गर्दै त्यहाँका आचार्य, गुरुहरूको सत्सङ्गतबाट पनि आफ्नो उद्देश्य प्राप्त गर्न नसक्दा उनी आफैँ ज्ञानको खोजीमा लागे। आजभन्दा २६१२ वर्ष अगाडि वैशाख पूर्णिमाको रात भारतको बोधगयामा बुद्धत्व प्राप्तिपछि उनैलाई भगवान् बुद्धको नामले पुकारिन थालेको हो। बोधिज्ञान प्राप्तिपछि सो ज्ञानलाई सर्वसाधारणमाझ बाँड्ने क्रममा बुद्धले सर्वप्रथम पञ्चभद्रवर्गीय भिक्षुहरूलाई वाराणसीस्थित ऋषिपतन मृगदावनमा बताएको कुरा वर्णन गरिएको पाइन्छ।

Madanratna_Manandhar1683269666.jpg
मदनरत्न मानन्धर

बुद्धत्व प्राप्तिपछिको ३९औँ वर्षावासको क्रममा भगवान् बुद्ध कौशाम्बीको घोषिताराम विहारमा बसेका थिए। भिक्षु देवदत्तले भगवान्प्रति मानिसहरूको श्रद्धा, आदर, भक्तिभाव देखी त्यसमा इर्ष्या  गरेर आफैँ बुद्धको स्थान ओगट्ने कुत्सित प्रयासस्वरूप बुद्धलाई मार्न तत्कालीन राजा अजातशत्रुलाई प्रयोग गरे। त्यसमा असफल भएपछि आफैँले पनि असफल प्रयास गरे। सफलता हात नलागेपछि एक दिन देवदत्तले केही भिक्षुहरू साथ लिई भगवान् बुद्धसँग पाँचवटा माग राखेका थिए। ती मागहरुमा भिक्षुहरूले जीवनभर आरण्यक (जङ्गलमा बस्ने) हुनुपर्छ, भिक्षुहरूले जीवनभर पिण्डपातिक (भिक्षा मागेर मात्र खाने) हुनुपर्छ, भिक्षुहरूले जीवनभर पांशुकुलिक (धूलोमा फ्याँकेको कपडा टिपी त्यसबाट बनेको चीवर मात्र लगाउने) हुनुपर्छ, भिक्षुहरूले जीवनभर वृक्षमूलिक (रूखमुनि मात्र बस्ने) हुनुपर्छ र भिक्षुहरूले जीवनभर माछामासु खानु हुँदैन।

प्रत्युत्तरमा भगवान् बुद्धले इच्छा हुनेहरूले सो गर्न सकिने तर सबैलाई अनिवार्य नहुने कुरा बताउँदै माछामासु खाने विषयमा ‘त्रिकोटी परिशुद्ध मंस’ (अदृश्य मांस–मारेको नदेखेको, अश्रुत मांस–आफ्ना लागि मारेको भनी नसुनेको र अपरिशङ्कित मांस–आफ्ना लागि मारेको हो कि भन्ने शङ्का नरहेको) मासु खानुमा रोक लगाएनन्। भिक्षु देवदत्तले ‘भगवानले मेरो पाँच सर्त स्वीकार गरेनन्। जसलाई यी शर्त स्वीकार छ, ऊ मेरो पछि आउनू’ भनेर गए। त्यसबेला ५०० नयाँ भिक्षु त्यहाँ थिए, जसलाई धर्म वा विनयबारे राम्रो ज्ञान थिएन, उनीहरू सबै देवदत्तको पछि लागे। यसरी देवदत्तले सङ्घभेद गर्‍यो। यसै घटनालाई बुद्धधर्ममा विशृङ्खलताको सुरुआत भन्न सकिन्छ। पछि ती ५०० भिक्षु पुनः बुद्धकहाँ नै फर्केर आए।

बुद्धको मौलिक वचन सङ्ग्रहको शुरुआत
भगवान् बुद्धले एक प्रसङ्गमा ‘मैले स्वयं अभिज्ञात गरी धर्मदेशना गरेका कुराहरूलाई सबै (भिक्षुहरू) मिली, एकत्रित भई अर्थमा अर्थ, व्यञ्जनमा व्यञ्जन मिलाई सङ्गायना गर्नुपर्छ, झगडा गर्नु हुन्न। यसले गर्दा यो धर्म दीर्घकालसम्म रहन सकोस्, चिरस्थायी हुन सकोस्, अनि बहुजन हितका लागि, बहुजन सुखका लागि, लोकबासीका अनुकम्पाका लागि, देवसहित मनुष्यहरूका, हितका निमित्त र सुखका निमित्त पनि हुन सकोस्’ भनी आज्ञा गरेका थिए।

बुद्धत्व प्राप्तिपछि आफूले अभिज्ञात गरेको (राम्ररी जानेको, अनुभव गरेको) ज्ञान भगवान् बुद्धले ४५ वर्षसम्म विभिन्न स्थानहरूमा बाँडे। सबै तप्काका जनतामा पुर्‍याए। असी वर्षको पाको उमेरमा उनी कुशीनगरमा महापरिनिर्वाण (परलोक) भए। उनी परिनिर्वाण भएको देख्ने वा सुन्ने धेरै व्यक्तिहरूले शोक व्यक्त गरे। सुभद्र भन्ने एक वृद्ध भिक्षुले भनेका थिए– “भइहाल्यो शोक नगर, नरोऊ। अब हामी उहाँ महाश्रमण (बुद्ध) बाट सुविमुक्त भयौँ। उहाँ छँदा ‘यो गर्नहुन्छ, यो गर्नुहुन्न’ भन्ने कुराबाट हामी पीडित थियौँ। अब जे चाहन्छौँ त्यही गर्न सक्नेछौँ, जे गर्न चाहँदैनौँ त्यो गर्ने छैनौँ।”

यस्तो कुरा सुनी भिक्षु महाकाश्यप महास्थविरले भविष्यमा बुद्धको शिक्षा (धर्म)मा उच्छृङ्खलता आउन सक्ने, विकृति आउन सक्ने पूर्वाभास महसुस गरे। त्यस्ता विकृति, विशृङ्खलताबाट बुद्धानुशासनलाई बचाउन र चिरकालसम्म विशुद्ध रूपले सुस्थापित गर्नुपर्ने कर्तव्यबोध गरी उनले भिक्षु महासङ्घको सल्लाह, सहमति र स्वीकृतिअनुरूप ४९९ वरिष्ठ अर्हन्त (निक्लेशी) भिक्षुहरूसहित धर्म भण्डागारिक भएका, भगवान् बुद्धका अनन्य उपस्थापक भिक्षु आनन्द महास्थविरसमेत ५०० जना भिक्षु सम्मिलित गरी मगधका सम्राट् अजातशत्रुको संरक्षकत्वमा राजगृहको व्यवहार पर्वतको सप्तपर्णी गुफामा प्रथम सङ्गायना सम्पन्न गरे। बुद्धको महापरिनिर्वाणको तीन महिनापछि भएको सो सङ्गायनामा बुद्ध भाषित ८२ हजार धर्मस्कन्ध (समूह) र श्रावक (शिष्य) भाषित तथा बुद्धद्वारा अनुमोदित दुई हजार  धर्मस्कन्धहरू गरी जम्मा ८४ हजार धर्म स्कन्धहरूको सङ्ग्रह भएको थियो। सोही प्रथम सङ्गायनाबाट सङ्ग्रहीत एवं सुरक्षित भएर आएको धर्मस्कन्धहरू, गुरु शिष्य परम्पराबाट शुद्ध रूपमा अगाडि बढेको धर्मग्रन्थ नै ‘त्रिपिटक’ हो।

बुद्ध धर्ममा विभिन्न सम्प्रदायहरूको विकास 
भगवान् बुद्ध महापरिनिर्वाण हुनुभएको करिब १०० वर्षपछि (इपू ४६३ तिर) बुद्धका उपदेशको पुनः सङ्गायना गरियो। उक्त सङ्गायना गर्नुपर्ने मुख्य कारणमध्ये १० प्रकारका अधर्मवादको प्रचार गरी तदनुकूल आचरण गरेकाले हो भन्ने गरिन्छ। यी १० कुरा मान्नेहरूको समूह (वैशालीका वृजिपुत्रक भिक्षुहरू) मूल बुद्धधर्मबाट छुट्टिएर गई ‘महासाङ्घिक’ सम्प्रदायको उत्पत्ति भयो। 

nimb
nimb
Ncell 2
Ncell 2

ती विवादास्पद कुरामा सिङ्मा नुन राखेर (सङ्ग्रह गरेर) लानु हुन्छ, मध्याह्नपछि दुई अङ्गुल छाया लामो भएसम्म भोजन गर्नुहुन्छ (१२ बजेपछि भोजन गर्न नहुने नियम थियो), एकै दिनमा अर्को गाउँमा फेरि भोजन गर्नहुन्छ, एउटै सीमागृह (उपोसथगृह) भएको ठाउँमा विभिन्न भिक्षुहरूले अलगअलग उपोसथ गर्नु हुन्छ। (सबैले एकै ठाउँमा उपोसथ गर्नुपर्ने नियम थियो) र पछि मात्र अनुमति लिउँला भनी उपोसथ गर्नहुन्छ भन्ने रहेका छन्। त्यस्तै उपाध्याय (गुरु) को अन्धानुकरण गर्नहुन्छ, दही नजम्दैको दूध खानुहुन्छ (१२ बजेपछि दूध खान नहुने नियम थियो), रक्सी भइनसकेको मद्य पिउनुहुन्छ (कुनै पनि प्रकारको मादक पदार्थ सेवन गर्न नहुने नियम थियो), किनारा नभएको लम्पट प्रयोग गर्नहुन्छ र सुनचाँदी ग्रहण गर्न हुन्छ (हुन्न भन्ने नियम थियो) भन्ने कुरा उल्लेख थियो।

माथिका १० कुरामा विवाद उठेपछि मगधका राजा कालाशोकको संरक्षणमा दोस्रो सङ्गायना भयो। त्यस बेला महाकाश्यपको परम्परागत धारणालाई स्थविरहरूले कायम राखे, जुन शताब्दीयौँसम्म पनि अपरिवर्तनीय रूपमा लागू भइरह्यो। वैशालीको बालुकाराम विहारमा भएको सो सङ्गायनामा ७०० अर्हत् भिक्षुहरूको सहभागिता रहेको थियो भने आठ महिनासम्म चलेको थियो। यस सङ्गायनासँग असहमत वृजिपुत्र भिक्षुहरूले कौशाम्बीमा गई १० हजार भिक्षु सम्मिलित गरी अलग्गै सम्मेलन गरे र आफ्नै मतानुसारका धर्म र विनयको सङ्ग्रह गरे। यसरी यिनीहरूलाई ‘महासाङ्घिक’ भन्न थालियो, बुद्धको मूल शिक्षालाई जस्ताको तस्तै निरन्तरता दिँदै आएकाहरूलाई पालिमा ‘थेरवादी’ (ज्येष्ठहरूको सिद्धान्त वा मत मान्ने) वा संस्कृतमा ‘स्थविरवादी’ भन्न थालियो।

भारतमा सम्राट अशोकको समय (इपू २६९) सम्म आइपुग्दा बुद्धधर्मका १८ वटा सम्प्रदाय (निकाय) बनिसकेका थिए। तीमध्ये महासाङ्घिकका छ वटा र स्थविरवादका १२ वटा निकायह छन्। उनै सम्राट अशोकको संरक्षणमा पाटलीपुत्र (हाल भारतको पटना) को अशोकाराम विहारमा बुद्धधर्मको तेस्रो सङ्गायना भएको थियो। यो गर्नाको मूल कारण सम्राट अशोकको संरक्षणमा बुद्ध धर्मको विकास राम्ररी भइरहेकाले स्वार्थी भावले कुनियत राख्ने व्यक्तिहरू पनि भिक्षु सङ्घमा सम्मिलित भएर आ–आफ्नो विचार, मत, सिद्धान्तलाई बुद्धधर्मकै सिद्धान्त भनी बताउनमा लागे। फलस्वरूप बुद्धको शिक्षामा अनेक विकृतिहरू थपिएको देखी ती कुनियत राख्ने व्यक्तिहरूलाई निकाल्न तथा वास्तविक बुद्ध धर्मलाई प्रकाशमा ल्याउन, त्यसको शुद्धता कायम राख्न उनै सम्राट अशोकले बुद्धानुशासन शुद्धिका लागि तेस्रो सङ्गायना गराएका थिए। साथै, सङ्गायनाका अध्यक्ष मोग्गलिपुत्त तिस्सले ‘कथावस्तु’ नामक ग्रन्थ रचना गरी बुद्धधर्ममा देखिएका अन्य १७ सम्प्रदायका दार्शनिक मतलाई खण्डन गरेर थेरवादलाई वास्तविक बुद्धधर्म हो भनी सिद्ध गरिदिए।

गुरु शिष्य परम्परामा आधारित रहेर कण्ठस्थ गर्दै आइरहेको त्रिपिटकलाई श्रीलङ्कामा राजा वट्टगामिनी अभयको पालामा (इपू. ७९ तिर) श्रीलङ्काकै आलोक विहारमा चौथो सङ्गायना गर्दा ‘त्रिपिटक’ ताडपत्रमा लेखियो। यस सङ्गायनालाई ‘पुस्तकारुढ सङ्गायना’ पनि भनिन्छ। सम्राट कनिष्क (इपू १००) को शासनकालमा कतिपय भिक्षुहरू, विशेषतः महासाङ्घिकहरू बुद्धयानलाई मात्रै मान्ने भए र आफूलाई ‘महायानी’ भन्न थाले। तीनै यान (सम्यक् सम्बुद्ध यान, प्रत्येक बुद्ध यान र श्रावक यान) मान्ने अन्य सम्प्रदायलाई ‘हीनयानी’ भन्न थाले। यसरी कनिष्कको समयदेखि बुद्धधर्म ‘महायान’ र ‘हीनयान’ मा छुट्टिए।

सन् १९५० मा विश्व बौद्ध भ्रातृत्वको उद्घाटन पश्चात् पूर्व र पश्चिमका विद्वान्हरूले हीनयान शब्द हटाई ‘थेरवाद’को नाम प्रचलनमा ल्याउन सहमत भएको कुरा यहाँनिर स्मरणीय छ। र यही अवसरमा श्रीलङ्कामा भएको प्रथम विश्व बौद्ध सम्मेलनले हीनयानलाई थेरवाद भन्नुपर्ने प्रस्ताव पारित गरेको थियो। वास्तवमा समाधि निर्मोचन सूत्र (एक महायानी सूत्र) मा स्पष्ट उल्लेख गरिएको छ कि श्रावक यान (थेरवाद) र महायान मिलेर एउटै मात्र यान ‘एकयान’ बन्छ र तिनीहरू कत्ति पनि फरक र भिन्न ‘वाहन’ होइनन्। सन् १८७१ मा बर्मा (म्यान्मार) का राजा मैन्डुङ्को संरक्षकत्वमा माङ्डलेमा पाँचौँ सङ्गायना गरी त्रिपिटकको सम्पादनका साथै सङ्गमरमरमा त्रिपिटकलाई कुँदिएको थियो। त्यस्तै बर्मामै सन् १९५४ (बुद्ध संवत् २५००) मा भएको छैटौँ सङ्गायना गरी ६ वटा सङ्गायनालाई थेरवादीहरूले आधिकारिक मान्दै आएको पाइन्छ।

थेरवादको मूल स्रोत त्रिपिटक
गौतम बुद्धले आफूले प्राप्त गरेको शिक्षा जनसाधारणमा बाँड्ने निश्चय गरी त्यस बेलाको जनभाषा ‘मागधि’ (वर्तमानमा ‘पालि’) भाषामा नै ४५ वर्षसम्म धर्मचेतनालाई बाँडे। थेरवाद अपनाउने भिक्षु, भिक्षुणी, उपासक, उपासिकाहरूले गुरुशिष्य परम्पराबाट अघि बढिरहेको पालि ‘त्रिपिटक’ लाई आफ्नो मूल धर्मग्रन्थका रूपमा मान्दै आएका छन्। उनीहरूले बौद्ध परम्पराअनुसार भारतमा सम्पन्न प्रथम, द्वितीय र तृतीय सङ्गायना, श्रीलङ्कामा भएको चतुर्थ सङ्गायना र बर्मा देशमा सम्पन्न पाँचौँ र छैटौँ सङ्गायनालाई मात्र आधिकारिक मान्यता प्रदान गर्दै आइरहेको छ। 

बुद्ध संवत् २५०० मा बर्माको रङ्गुन सहरमा भएको सङ्गायनालाई आधिकारिक रूपले थेरवादी त्रिपिटकको छट्ठ सङ्गायना भनी ठहर गरिराखेको पाइन्छ र हालसम्म सोही पालि त्रिपिटकलाई मूल धर्मग्रन्थ मान्दै आएको पाइन्छ। थेरवादको मूल सिद्धान्तमा चतुआर्यसत्य (चारवटा श्रेष्ठतम सत्य), प्रतीत्य समुत्पाद (कार्यकारण सिद्धान्त), त्रिलक्षण (अनित्य, दुःख, अनात्म) र चतुब्रह्म विहार रहेको छ।  

आजभन्दा करिब २६०० वर्षअगाडि नेपालको धरती, लुम्बिनीमा जन्मेर भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेका सर्वार्थसिद्ध गौतम बुद्धको शिक्षालाई अक्षरशः पालन गरी आएका र मौलिक रूपमा संरक्षण एवं सम्बद्र्धनमा आफूलाई समर्पित गर्दै आइरहेका ‘स्थविरवादी’ अथवा ‘थेरवादी’ बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिकाहरूको देन रहेको बौद्ध इतिहासले बताउँछ। थेरवाद परम्परामा आबद्ध बौद्ध समुदायद्वारा बुद्धको शिक्षालाई अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक बनाउन र जनजीवनलाई सुखपूर्ण एवं शान्तिपूर्ण बनाउन हरदम प्रयासरत रहेको देख्न सकिन्छ।

विगतमा अनेक प्रकारका भित्री एवं बाह्य हस्तक्षेप, निषेध तथा थिचोमिचोको सामना गर्नु परेको कारणले नेपालका प्रायः सबै जनता यस कल्याणकारी धर्म बारेमा बेखबर रहन बाध्य भएका थिए। तर आज विश्वमै विशेषतः पश्चिमी मुलुकहरुले थेरवाद बुद्धधर्मलाई व्यापक रुपमा अपनाइँदै आएको परिप्रेक्षमा बुद्ध जन्मभूमि देश नेपालमा मौलिक बुद्ध वचनको बारेमा सही विवरण तथा सही शिक्षा प्राप्त गर्नको निम्ति थेरवादी परम्परामा विशुद्ध रुपले संरक्षित भएर आएको पालि त्रिपिटक साहित्य तथा थेरवादी परम्परालाई संरक्षण तथा संवद्र्धन गर्नु बुद्ध जन्मभूमि नेपालमा राज्यकै दायित्व हुन आउँछ।

(लेखक त्रिविका सहप्राध्यापक तथा अन्तर्राष्ट्रिय बाैद्ध भावना केन्द्रका उपाध्यक्ष हुन्। राससबाट)

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्