काठमाडौं– व्यवसायी विजय कार्कीले कभर गीतबाट मोडलिङमा डेब्यू गरेका छन्।
रेबल क्रिएशनले भारतीय पार्श्व गायक मुकेशको पुरानो चर्चित गीत ‘कही दुर जब दिन ढलजाए’माथि निर्माण गरेको कभर गीतमा कार्कीले अभिनय गरेका हुन्।
कभर गीतमा गायिका जमुना शर्माले स्वर दिएकी छन्। विभोर पोखरेलले निर्देशन गरेको कभर भिडियामा विजय गायिका जमुनासँगै फिचर्ड छन्। विजय चर्चित गीत ‘तिम्रो मायाले बाँधेर राख’ का गायक श्याम कार्कीका भाइ हुन्।
कला–संगीतप्रतिको दाइको अनुरागका कारण आफू मोडलिङ तर्फबाट आकर्षित भएको विजय बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।