काठमाडौं– फ्रेन्च क्लब टुलुजले फ्रेन्च कपको उपाधि जितेको छ। क्लब इतिहासमै पहिलोपटक टुलुजले फ्रेन्च कपको ट्रफी उचालेको हो।
फाइनलमा नेन्ट्सलाई ५–१ ले हराउँदै टुलुजले फ्रेन्च कपको उपाधि हात पार्यो। शनिबार राति भएको खेलमा टुलुजको जितका लागि लोगान कोस्टा र थिज्स डालिन्गाले २–२ गोल गरे। जकारिया अबु खलिलले १ गोल गरे।
टुलुज गत वर्ष मात्रै फ्रान्सेली माथिल्लो डिभिजनमा उक्लिएको थियो। त्यसो त सन् १९५७ मा टुलुज एफसीले फ्रेन्चकप नै जितेको थियो। तर त्यसको १० वर्षपछि उक्त क्लब पेरिसको रेड स्टारसँग गाभिएको थियो। अहिलेको टुलुज फरक क्लब हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।