काठमाडौं– काठमाडौं उपत्यकामा भारी वर्षासँगै शनिवारलाई तय भएका शहीद स्मारक ए डिभिजन लिगका खेल प्रभावित भएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको हिमालयन शेर्पा र त्रिभुवन आर्मीबीचको खेल पहिलो हाफ सकिए पनि दोस्रो हाफको २७ मिनेट पछि भारी वर्षा र चट्याङ भएपछि खेल स्थगित भएको हो।
आर्मी र हिमालयन शेर्पाबीचको खेल दोस्रो हाफको २७ मिनेट चलिरहँदा दुवै टोलीले एक/एक गोल गरेका थिए। खेलमा आर्मीका नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै हिमालयन शेर्पाविरुद्ध अग्रता दिलाएका थिए।
तर दोस्रो हाफको ५५औं मिनेटमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए। ७२ औं मिनेटपछि भारी भएपछि खेल अर्को समयका लागि तय गरिएको छ। अब दुईटोली बीच भिडन्त आइतबार हुनेछ।
आइबार ७२ मिनेटपछि खेल दशरथ रंगशालामा दिउसो ४:३० बजेबाट सुचारु हुनेछ। लिग अन्तर्गत शनिबारकौ अर्को खेल संकटा र जावलाखेल युथ क्लबको खेल पनि वर्षाका कारण स्थगित भएको छ।
पहिलो हाफको नतिजाबाट जावलाखेल १–० ले अगाडि रहेको थियो। ५० मिनेटको खेलपछि रोकिएको जावलाखेल र संकटाको खेल आइतबार दिउँसो १ बजे एन्फा कप्लेक्समा आयोजना हुनेछ।
यस्तै दरशथ रंगशालामा अवेरलाई तय भएको चर्च ब्वाईज र मनाङ मस्र्याङ्दीबीचको खेल पनि स्थगित भयो। खेल आइतबार नै एन्फा कम्प्लेक्समा ३:३० बजेबाट सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।