नयाँ दिल्ली– बलिउड अभिनेत्री जिया खान ३ जुन २०१३मा आफ्नै ल्याटमा मृत भेटिएकी थिइन् । उनले आत्महत्या गरेकी थिइन्। जियाकी आमाको जाहेरीपछि उनका केटासाथी (ब्वाईफ्रेन्ड) रहेका अभिनेता सुरज पञ्चोलीलाई पक्राउ गरिएको थियो। यो घटनामा १० वर्षपछि फैसला आउने तयारी भएको छ।
प्रहरीले जियाको घरवाट ६ पेजको सुसाइड नोट फेला पारेको थियो। उक्त सुसाइड नोटमा जियाले सुरज पंचोलीको नाम पटक पटक लिएकी छन्। सुसाइड नोटमा लेखिएको छ कि उनीहरुको सम्बन्ध आपसमा बिग्रिँदै गएको थियो। यही कारण उनी डिप्रेसन (तनाव)मा थिइन्। उनी आफूलाई ब्रेकडाउन फिल गरिरहेकी थिइन्। सुरजसँगको ब्रेकअपका कारण आफूले असफल भएको महसुस गरिरहेको जियाले सुसाइड नोटमा उल्लेख गरेकी थिइन्। उनले आत्महत्या गरेपछि जियाकी आमा राबिया खानले सुरजमाथि मुद्दा दर्ता गराएकी थिइन्।
सुरजकी आमा भन्छिन्– मेरो छोरा निर्दोष छ उसले न्याय पाउनुपर्छ
सुरजकी आमा एवं अभिनेत्री जरीना वहाव अदालतको फैसाल आउनुअघि निकै चिन्तित छन्। उनले आफ्नो छोराका लागि प्रार्थना गर्न मानिसहरुसँग आग्रह गरेकी छन्। ‘म छोरासँगै अदालतमा रहन्छु। फैसला १० वजेर ३० मिनेटमा सुनाउने भनिएको छ,’ जरीनाले भनिन्, ‘मलाई न्यायपालिकाप्रति पुरा भरोसा छ। मलाई आसा छ न्याय प्राप्त हुने छ।’
उनले आफूहरुले यो फैसलाका लागि १० वर्ष लामो र पीडादायक समय कटाएको बताइन्। ‘यो १० वर्ष मेरो छोराका लागि नर्क समान रह्यो। जब उ कहिल्ये मतर्फ हेर्थ्यो भने पीडा मात्र देख्थेँ,’ जरीनाले भनिन्, ‘मलाई थाहा छ उ निर्दोष छ। उसले केही गरेको छैन। मलाई अहिले पनि माथि रहेका भगवानमाथि विश्वास छ।’
जियाले १८ वर्षकै उमेरमा रामगोपाल बर्माको फिल्म ‘निशब्द’बाट बलिउडमा डेब्यु गरेकी थिइन्। उनले आफ्नो छोटो करिअर अवधिमा अमिताभ बच्चन, आमिर खान र अक्षय कुमारजस्ता स्टारसँग काम गर्ने अवसर पाइन्।
पहिलो फिल्ममा ‘बिगबी’सँग अपोजिट रोल
जिया खानले आफ्नो डेब्यु फिल्ममा बलिउडका ‘बिगबी’ अमिताभ बच्चनसँग काम गरेकी थिइन्। उक्त फिल्म राम गोपाल वर्माको निर्देशनमा बनेको ‘निशब्द’ थियो। यसपछि उनले अमिर खानको ‘गजनी’मा काम गर्ने अवसर पाइन्।
त्यस्तै, उनको अन्तिम फिल्म अक्षय कुमारसँगको ‘हाउसफुल’ थियो। गजनी र हाउसफुल दुवैले १०० करोडभन्दा धेरै कारोबार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।