काठमाडौं– पुरानो बसपार्कमा रहेको प्रहरी काठमाडौं महानगरपालिकाले भत्काउन सुरु गरेको छ। सार्वजनिक जग्गा ओगटेर बनाइएकाले उक्त बिट हटाउन सुरु गरिएको महानरले जनाएको छ।
सार्वजनिक बाटो, सडकपेटी मिचेर बनाइएका प्रहरीका बिटका कारण आवतजावतमै समस्या हुने गरेको भन्दै महानगरले प्रहरी बिट हटाउन भन्दै प्रहरीलाई पत्राचार गरेको थियो।
पत्राचार गर्दा समेत प्रहरी बिट नहटाएपछि महानगर आफैंले डोजर लगाएर प्रहरी बिट हटाउन सुरु गरेको छ। यसअघि महानगरले मैतीदेवीमा रहेको प्रहरी बिट पनि हटाएको थियो। यो अभियान जारी राख्ने महानगरपालिकाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।