हेटौंडा– मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। मकवानपुरको मनहरि–३ स्थित कालिदमार भन्ने स्थानमा सोमबार राति मधेस प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा ३ जनाको मृत्यु भएको हो।
दुर्घटना अन्य २ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले जानकारी दिए।
दुर्घटनामा मनहरि–३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्र्याक्टर चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको डीएसपी कार्कीले बताए।
कार्कीका अनुसार दुर्घटनामा मनहरी–३ का अमृत प्रजा र जोखलाल प्रजा घाइते भएका छन्। घाइतेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।