काठमाडौं- साताको पहिलो दिन १८ अङ्कले घटेको स्यर बजार सोमबार भने २.७१ को झिनो अङ्कले बढेको छ। तर कारोबार रकम भने पछिल्लो दिनको तुलनामा घटेको छ।
सोमबार ७५ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आइतबार ८२ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। कारोबार रकम घटे पनि नेप्से परिसूचकमा भने सामान्य सुधार भएको छ।
२.७१ अङकले बढे पछि नेप्से परिसूचक १८८८ कायम भएको छ। सोमबार १२० कम्पनीको सेयर मूल्य बढ्दा ८५ कम्पनीको घटेको छ। १५ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
सोमबार विकास बैंक २४, फाइनान्स ७, जलविद्युत ७, जीवन बीमा ८२, उत्पादन २५, माइक्रोफाइनान्स ३, अन्य ४ र ब्यापार उपसमूहको ४ अङ्कले बढेको छ। यस्तै कालिन्चोक दर्शनको सबैभन्दा धेरै ९.६ प्रतिशत घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।