• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

धनगढीका १८ विद्यालयमा कक्षा ८ को नतिजा शून्य, शिक्षक र विद्यार्थीलाई दोषी देख्छ उप-महानगर

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, वैशाख ७, २०८०  २१:४३
1140x725

काठमाडौं- धनगढी उप-महानगरपालिकाका १८ विद्यालयले कक्षा ८ को वार्षिक परीक्षामा शून्य नतिजा प्राप्त गरे। १७ सामुदायिक र एक संस्थागत विद्यालयको नतिजा शून्य आएपछि यो विषयले सरोकारवालाको ध्यानाकर्षण गरेको छ। 

प्रतिनिधि सभाको बैठकमा पनि यसबारे चर्चा भएको छ। बुधबारको बैठकमा कांग्रेस सांसद डा आरजु राणाले सरकारको ध्यानाकर्षण गराइन्। उनले भनिन्, ‘कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका १७ सामुदायिक विद्यालयको नतिजा शून्य आउनु निराशाजनक हो।’ 

उनले विश्वविद्यालयमा विद्यार्थी भर्ना संख्या कम हुँदै गएकोप्रति पनि चिन्ता जाहेर गरिन्। राणाको प्रश्न थियो, ‘शून्य नतिजा आएका विद्यालयको हकमा के हुन्छ?’ 

राणाले विद्यालय व्यवस्थापन समिति गठनमा राजनीतिक हाबी भएको उल्लेख गर्दै कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिएकी थिइन्।

धनगढी उपमहानगरपालिले भने नतिजा चित्त नबुझे पुनर्योगका लागि सूचना जारी गरेको छ। आधारभूत तह परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको गत आइतबारको निर्णयअनुसार नतिजा चित्त नबुझे विद्यार्थीहरूलाई पुनर्योग गर्न सकिने सूचना जारी गरेको छ।  समितिले १५ गतेभित्र सय रुपैयाँ शुल्कसहित निवेदन बुझाउन आह्वान समेत गरेको छ।

यी विद्यालय, जसको नतिजा शून्य आयो
धनगढी-१ शान्तिनगरस्थित सरस्वती आधारभूत विद्यालय, वडा नम्बर ६, मटियारीस्थित भैरवबाबा आधारभूत विद्यालय, वडा नम्बर ७ देवरियाको शिव माध्यमिक विद्यालय, वडा नम्बर ९ बंगराकटानको सरस्वती आधारभूत विद्यालय, धनगढी- १०, जुगेडास्थित जनकल्याण माध्यमिक विद्यालय, दुर्गाबस्तीको दुर्गा आधारभूत विद्यालय, वडा नम्बर १२ को नवदुर्गा आधारभूत विद्यालयका नतिजा शून्य आयो। 

त्यसैगरी वडा नम्बर १३ स्थित नवज्योति आधारभूत विद्यालयमा र राजपुरको जनता राष्ट्रिय माध्यमिक विद्यालयले पनि नतिजा शून्य ल्याए। 

धनगढी- १४, फूलबारीको शिवशंकर आधारभूत विद्यालय, वडा नम्बर १६, भादाको दीपेन्द्र चारपाते माध्यमिक विद्यालय, वडा नम्बर १७ को पथरीको भानु माध्यमिक विद्यालय र दमौलियाको सज्जन आधारभूत विद्यालयको नतिजा समेत शून्य छ। वडा नम्बर १८ को खप्तडी र इन्द्रोदय आधारभूत विद्यालय, वडा नम्बर १९ को फूलबारी आधारभूत विद्यालयले पनि नतिजा शून्य ल्याएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नगरपालिकाप्रति आक्रोशित शिक्षक 
विद्यार्थीहरूले पास अङ्क नल्याएपछि शिक्षकहरू उपमहानगरपालिकाको कार्यालय पुगेका थिए। नगरप्रमुख गोपाल हमाल र शिक्षकहरूबीच चर्काचर्की नै परेको थियो। 

शिक्षक संघ सुदूरपश्चिम प्रदेशका महासचिव प्रेम शाहीले आफू कार्यरत विद्यालयका ५ जना विद्यार्थी पास भएको दाबी गरे। तर धनगढी उपमहानगरपालिकाको जसरी मूल्यांकन गर्ने हो भने देशैभरको नतिजा शून्य आउने बताए। ‘धनगढीले अपनाएको मूल्यांकन पद्धति नेपालभरि अपनाए यही नतिजा आउँछ। म यो ग्यारेन्टीका साथ भन्न सक्छु,’ उनले भने।

नतिजाको भागेदार शिक्षक हुनुपर्ने उनले बताए। चार महिनाभन्दा बढी मिहिनेत गरेर नपढाउँदाको परिणाम अहिले कक्षा ८ का विद्यार्थीहरूले भोगेको उनको बुझाइ छ। 

यसअघि कोभिडका कारण कक्षा ६ र ७ मा स्वतः पास भएका कारण ८ मा यो समस्या देखिएको शाहीले बताए। उनले भने, ‘सरकारी विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावकको आर्थिक अवस्था कमजोरी छ। विद्यार्थीहरूसँग कपी र कलमसमेत अभाव खेपिरहेका हुन्छन्। स्कुल ड्रेस हुँदैन। यावत् कुराले विद्यार्थीको सिकाइलाई प्रभावित पार्छ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शिक्षक शाहीले विद्यार्थी, शिक्षक र प्रशासनबीचको तालमेल समेत नमिलेर यो परिणाम आएको बताए। 

उनले अबको मूल्यांकन पद्धति सच्याउनुपर्ने सुझाए। शाहीको परीक्षा नै नदिएका एक संस्थागत विद्यालयका विद्यार्थी पास गराएको आरोप उपमहानगरपालिकामाथि छ।

उनले मूल्याङ्कन प्रणालीको सूचक सुधार गर्नुपर्नेमा जोड दिँदै अभिभावकलाई सचेतीकरण, शिक्षक दरबन्दी समेतको व्यवस्था गर्नुपर्ने बताए। शिक्षामा राज्यले नै उपेक्षा गरेको, कम  बजेट विनियोजन गर्ने गरेको आरोप समेत लगाए। 

आधारभूत तह (कक्षा ८)को परीक्षा प्रणालीबारे विद्यालयलाई सचेत नगराई उपमहानगरपालिकाले नतिजा प्रकाशन गरेको आरोप उनको छ। ‘प्रकाशन गर्नुपूर्व उपमहानगरपालिकाले सरोकारवाला निकाय, विषय विज्ञहरूसँग छलफल गरेर मात्रै ल्याउनुपर्थ्यो। तर एकाएक शिक्षकलाई मात्रै कमजोरी देखाउने गरी नतिजा प्रकाशन गर्‍यो,’ उनले भने।

कसरी आयो शून्य नतिजा?
‘१८ विद्यालयमा एकै पटक शून्य नतिजा कसरी आयो?’ यसबारे सम्बन्धित निकायसँग हामीले कुरा गर्ने प्रयास गर्‍यौं।

धनगढी उपमहानगरपालिकामा कार्यरत उपसचिव नरेन्द्रबहादुर खातीले विद्यार्थीहरूले उत्तरपुस्तिकामा गलत उत्तर वा उत्तर नलेखेरै नै यस्तो नतिजा आएको दाबी गरे।

उनले चित्त नबुझेका विद्यार्थीहरूले पुनर्योग गर्न पाउने र दुई वटा विषय लागेका विद्यार्थीहरूको हकमा आगामी २९ र ३० गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिए। पुनर्योगमा भने प्राविधिक त्रुटि भएमा सच्याउन सकिने खातीले बताए। 

यस्तो नतिजा आउनुमा उनी शिक्षक र विद्यार्थीलाई नै दोषी ठहर गर्छन्। खातीले भने, ‘पहिलो दोष शिक्षक हो। शिक्षकले पढाउनु पर्‍यो। दोस्रो विद्यार्थीको हो। उसले पढ्नु पर्‍यो। त्यसपछि स्थानीय, प्रदेश र केन्द्र सरकार दोषी हुन्।’

उपमहानगरपालिका स्तरीय परीक्षामा विषय शिक्षकहरूबाट गोप्य रुपमा प्रश्न माग्ने र आधारभूत तह परीक्षा सञ्चालन समितिमार्फत संशोधन गरेर अन्तिम प्रश्नहरुको टुंगो लगाउने गरिन्छ। गोप्य रुपमा प्रिन्ट भएका प्रश्न सम्बन्धित परीक्षा केन्द्रको प्राधानाध्यापकलाई बुझाउने प्रचलन भएको उपमहानगरपालिकाको दाबी छ।

विगतमा होम सेन्टरमै उत्तरपुस्तिका जाँच्ने गरेको भए पनि यस पटक भने नगरपालिकामै जाँच्ने व्यवस्था गरेको उपसचिव खातिले बताए। 

उपमहानगरपालिका भित्र सामुदायिक ७३, संस्थागत ११० र १४ वटा बाल विकास छन्। उपमहानगरपालिकाले शैक्षिक गुणस्तर कायम गर्न पटक-पटक अवलोकन, निरीक्षण गर्दै आएको खातीले बताए। ‘गत वर्ष ६ वटा विद्यालय निरिक्षकहरुले प्रत्येक महिना चार वटा सामुदायिक विद्यालयका दरले अनुगमन गर्नुभयो,’ खातीले भने।

तर, नतिजामा उपमहानगरपालिकाको सुधार कार्यक्रमले कुनै प्रभाव पार्न सकेन।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  २१:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार सार्वजनिक कार्डमा उनले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक... बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित भएका ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा पुर्‍याएको... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्