• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

धनगढीका १८ विद्यालयमा कक्षा ८ को नतिजा शून्य, शिक्षक र विद्यार्थीलाई दोषी देख्छ उप-महानगर

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, वैशाख ७, २०८०  २१:४३
1140x725

काठमाडौं- धनगढी उप-महानगरपालिकाका १८ विद्यालयले कक्षा ८ को वार्षिक परीक्षामा शून्य नतिजा प्राप्त गरे। १७ सामुदायिक र एक संस्थागत विद्यालयको नतिजा शून्य आएपछि यो विषयले सरोकारवालाको ध्यानाकर्षण गरेको छ। 

प्रतिनिधि सभाको बैठकमा पनि यसबारे चर्चा भएको छ। बुधबारको बैठकमा कांग्रेस सांसद डा आरजु राणाले सरकारको ध्यानाकर्षण गराइन्। उनले भनिन्, ‘कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका १७ सामुदायिक विद्यालयको नतिजा शून्य आउनु निराशाजनक हो।’ 

उनले विश्वविद्यालयमा विद्यार्थी भर्ना संख्या कम हुँदै गएकोप्रति पनि चिन्ता जाहेर गरिन्। राणाको प्रश्न थियो, ‘शून्य नतिजा आएका विद्यालयको हकमा के हुन्छ?’ 

राणाले विद्यालय व्यवस्थापन समिति गठनमा राजनीतिक हाबी भएको उल्लेख गर्दै कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिएकी थिइन्।

धनगढी उपमहानगरपालिले भने नतिजा चित्त नबुझे पुनर्योगका लागि सूचना जारी गरेको छ। आधारभूत तह परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको गत आइतबारको निर्णयअनुसार नतिजा चित्त नबुझे विद्यार्थीहरूलाई पुनर्योग गर्न सकिने सूचना जारी गरेको छ।  समितिले १५ गतेभित्र सय रुपैयाँ शुल्कसहित निवेदन बुझाउन आह्वान समेत गरेको छ।

यी विद्यालय, जसको नतिजा शून्य आयो
धनगढी-१ शान्तिनगरस्थित सरस्वती आधारभूत विद्यालय, वडा नम्बर ६, मटियारीस्थित भैरवबाबा आधारभूत विद्यालय, वडा नम्बर ७ देवरियाको शिव माध्यमिक विद्यालय, वडा नम्बर ९ बंगराकटानको सरस्वती आधारभूत विद्यालय, धनगढी- १०, जुगेडास्थित जनकल्याण माध्यमिक विद्यालय, दुर्गाबस्तीको दुर्गा आधारभूत विद्यालय, वडा नम्बर १२ को नवदुर्गा आधारभूत विद्यालयका नतिजा शून्य आयो। 

त्यसैगरी वडा नम्बर १३ स्थित नवज्योति आधारभूत विद्यालयमा र राजपुरको जनता राष्ट्रिय माध्यमिक विद्यालयले पनि नतिजा शून्य ल्याए। 

धनगढी- १४, फूलबारीको शिवशंकर आधारभूत विद्यालय, वडा नम्बर १६, भादाको दीपेन्द्र चारपाते माध्यमिक विद्यालय, वडा नम्बर १७ को पथरीको भानु माध्यमिक विद्यालय र दमौलियाको सज्जन आधारभूत विद्यालयको नतिजा समेत शून्य छ। वडा नम्बर १८ को खप्तडी र इन्द्रोदय आधारभूत विद्यालय, वडा नम्बर १९ को फूलबारी आधारभूत विद्यालयले पनि नतिजा शून्य ल्याएका छन्। 

Ncell 2
Ncell 2

नगरपालिकाप्रति आक्रोशित शिक्षक 
विद्यार्थीहरूले पास अङ्क नल्याएपछि शिक्षकहरू उपमहानगरपालिकाको कार्यालय पुगेका थिए। नगरप्रमुख गोपाल हमाल र शिक्षकहरूबीच चर्काचर्की नै परेको थियो। 

शिक्षक संघ सुदूरपश्चिम प्रदेशका महासचिव प्रेम शाहीले आफू कार्यरत विद्यालयका ५ जना विद्यार्थी पास भएको दाबी गरे। तर धनगढी उपमहानगरपालिकाको जसरी मूल्यांकन गर्ने हो भने देशैभरको नतिजा शून्य आउने बताए। ‘धनगढीले अपनाएको मूल्यांकन पद्धति नेपालभरि अपनाए यही नतिजा आउँछ। म यो ग्यारेन्टीका साथ भन्न सक्छु,’ उनले भने।

नतिजाको भागेदार शिक्षक हुनुपर्ने उनले बताए। चार महिनाभन्दा बढी मिहिनेत गरेर नपढाउँदाको परिणाम अहिले कक्षा ८ का विद्यार्थीहरूले भोगेको उनको बुझाइ छ। 

यसअघि कोभिडका कारण कक्षा ६ र ७ मा स्वतः पास भएका कारण ८ मा यो समस्या देखिएको शाहीले बताए। उनले भने, ‘सरकारी विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावकको आर्थिक अवस्था कमजोरी छ। विद्यार्थीहरूसँग कपी र कलमसमेत अभाव खेपिरहेका हुन्छन्। स्कुल ड्रेस हुँदैन। यावत् कुराले विद्यार्थीको सिकाइलाई प्रभावित पार्छ।’ 

शिक्षक शाहीले विद्यार्थी, शिक्षक र प्रशासनबीचको तालमेल समेत नमिलेर यो परिणाम आएको बताए। 

उनले अबको मूल्यांकन पद्धति सच्याउनुपर्ने सुझाए। शाहीको परीक्षा नै नदिएका एक संस्थागत विद्यालयका विद्यार्थी पास गराएको आरोप उपमहानगरपालिकामाथि छ।

उनले मूल्याङ्कन प्रणालीको सूचक सुधार गर्नुपर्नेमा जोड दिँदै अभिभावकलाई सचेतीकरण, शिक्षक दरबन्दी समेतको व्यवस्था गर्नुपर्ने बताए। शिक्षामा राज्यले नै उपेक्षा गरेको, कम  बजेट विनियोजन गर्ने गरेको आरोप समेत लगाए। 

आधारभूत तह (कक्षा ८)को परीक्षा प्रणालीबारे विद्यालयलाई सचेत नगराई उपमहानगरपालिकाले नतिजा प्रकाशन गरेको आरोप उनको छ। ‘प्रकाशन गर्नुपूर्व उपमहानगरपालिकाले सरोकारवाला निकाय, विषय विज्ञहरूसँग छलफल गरेर मात्रै ल्याउनुपर्थ्यो। तर एकाएक शिक्षकलाई मात्रै कमजोरी देखाउने गरी नतिजा प्रकाशन गर्‍यो,’ उनले भने।

कसरी आयो शून्य नतिजा?
‘१८ विद्यालयमा एकै पटक शून्य नतिजा कसरी आयो?’ यसबारे सम्बन्धित निकायसँग हामीले कुरा गर्ने प्रयास गर्‍यौं।

धनगढी उपमहानगरपालिकामा कार्यरत उपसचिव नरेन्द्रबहादुर खातीले विद्यार्थीहरूले उत्तरपुस्तिकामा गलत उत्तर वा उत्तर नलेखेरै नै यस्तो नतिजा आएको दाबी गरे।

उनले चित्त नबुझेका विद्यार्थीहरूले पुनर्योग गर्न पाउने र दुई वटा विषय लागेका विद्यार्थीहरूको हकमा आगामी २९ र ३० गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिए। पुनर्योगमा भने प्राविधिक त्रुटि भएमा सच्याउन सकिने खातीले बताए। 

यस्तो नतिजा आउनुमा उनी शिक्षक र विद्यार्थीलाई नै दोषी ठहर गर्छन्। खातीले भने, ‘पहिलो दोष शिक्षक हो। शिक्षकले पढाउनु पर्‍यो। दोस्रो विद्यार्थीको हो। उसले पढ्नु पर्‍यो। त्यसपछि स्थानीय, प्रदेश र केन्द्र सरकार दोषी हुन्।’

उपमहानगरपालिका स्तरीय परीक्षामा विषय शिक्षकहरूबाट गोप्य रुपमा प्रश्न माग्ने र आधारभूत तह परीक्षा सञ्चालन समितिमार्फत संशोधन गरेर अन्तिम प्रश्नहरुको टुंगो लगाउने गरिन्छ। गोप्य रुपमा प्रिन्ट भएका प्रश्न सम्बन्धित परीक्षा केन्द्रको प्राधानाध्यापकलाई बुझाउने प्रचलन भएको उपमहानगरपालिकाको दाबी छ।

विगतमा होम सेन्टरमै उत्तरपुस्तिका जाँच्ने गरेको भए पनि यस पटक भने नगरपालिकामै जाँच्ने व्यवस्था गरेको उपसचिव खातिले बताए। 

उपमहानगरपालिका भित्र सामुदायिक ७३, संस्थागत ११० र १४ वटा बाल विकास छन्। उपमहानगरपालिकाले शैक्षिक गुणस्तर कायम गर्न पटक-पटक अवलोकन, निरीक्षण गर्दै आएको खातीले बताए। ‘गत वर्ष ६ वटा विद्यालय निरिक्षकहरुले प्रत्येक महिना चार वटा सामुदायिक विद्यालयका दरले अनुगमन गर्नुभयो,’ खातीले भने।

तर, नतिजामा उपमहानगरपालिकाको सुधार कार्यक्रमले कुनै प्रभाव पार्न सकेन।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  २१:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो,... सोमबार, माघ ५, २०८२
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ ।  को.१ ख ७१११ नम्बरको बस दुर्घटना भएको हो । चालक सहित ५ जनाको मृत्यु भएको सुनसरीका एसपी केशव... आइतबार, माघ ४, २०८२
प्रधानमन्त्री र मन्त्रीसहित आयोगका पदाधिकारीबीच छलफल प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचन आचारसंहिता लागु गर्नेबारे छलफल भएको हो । । आइतबार, माघ ४, २०८२
ताजा समाचारसबै
जसपाबाट टिकट नपाएपछि पूर्वमन्त्री यादव एमाले प्रवेश सोमबार, माघ ५, २०८२
जानकी मन्दिरको आरतीमा पुगे बालेन र अमरेश, लहानको शहीद पार्कमा बिहान ८ बजे पुग्दै सोमबार, माघ ५, २०८२
आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै सोमबार, माघ ५, २०८२
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्