काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा १५.७३ अङ्कले गिरावाट आएको छ। यस्तै कारोबार रकम पनि खुम्चिएको छ।
बिहीबार करिब ९८ करोड ३३ लाख ६७ हजारको कारोबार हुँदा उक्त अङ्कको गिरावटले नेप्से सूचक १९०४ मा समेटिएको छ। कुल १७८ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ३३ कम्पनीको बढेको छ र ८ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।
धेरै कमाउने कम्पनीमा कालिञ्चोक दर्शन, मोलुङ हाइड्रो रहेका छन्। यिनीहरुको मूल्य १९ प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेको थियो। यस्तै, धेरै गुमाउने कम्पनीमा एनएमबी शुलभ फण्ड, आदर्श लघुवित्त वित्तीय संस्था, सीटिजन फण्ड, सामलिङ पावर रहेका छन्।
त्यस्तै, उपसूचक समूह भने सबै राताम्मे भएका छन्। सबैभन्दा धेरै गुमाउने उपसूचकमा जीवन बीमा रहेको छ। यसमा करिब ७७ अङ्कले गिरावट आएको छ। त्यस्तै, विकास बैंक उपसमूहमा ४७, वित्तीयमा २४, विद्युतमा ३२, लघुवित्तमा ३९ अङ्कको गिरावट आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।