काठमाडौं- भारतीय अभिनेता अभिषेक र ऐश्वर्या बच्चनकी छोरी आराध्याको मुद्दामा भारतीय उच्च अदालतले युट्युब मुख्यालयलाई नै नोटिस पठाएको छ।
अभिनेता बच्चनले आफ्नी छोरीका विषयमा युट्युबमा फेक न्यूज चलिरहेको बताउँदै अदालतमा निवेदन दिएका थिए।
यस मुद्दामा दिल्ली हाइ कोर्टले आफ्नो प्लेटफर्ममा कन्टेन्ट रेगुलेट गर्नसमेत भनिएको छ। न्यायाधीश सी हरिशंकरले युट्युबलाई भनेका छन्, ‘युट्युबको नो टोलरेन्स पोलिसीमा गडबडी छ र यो पैसा कमाउने प्लेटफर्म हो। अरहेक भिडियो अपलोड हुन्छ र त्यसबाट कमाइ हुन्छ। के तपाईंको कुनै जिम्मेवारी हुँदैन?’
उच्च अदालतले फेकन्यूज र मिस इन्फरमेसनसँग जुध्नका लागि युट्युबले लिएको नीतिका विषयमासमेत स्पष्ट पार्न भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।