• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यसकारण पुग्यो शैक्षिक सत्र सुरु हुनुअगावै पाठ्यपुस्तक

64x64
भूपेन्द्र शाह ठकुरी सोमबार, वैशाख ४, २०८०  १५:५५
1140x725

काठमाडौं– वर्षेनी समयमै विद्यार्थीहरूको हातमा पाठ्युस्तक नपुगेको खबरले प्राथमिकता पाउँथे। हुन पनि कतिसम्म भने शैक्षिक सत्र सकिने बेलासम्म पनि कतिपय जिल्लामा पाठ्यपुस्तक पुगेका हुँदैनथे।

तर, यस वर्ष शैक्षिक सत्र सुरु हुनुअगावै प्राय: सबै जिल्लामा पाठ्यपुस्तक पुर्‍याइएको छ। सरकारका अनुसार शैक्षिक सत्र अगावै पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पुर्‍याइसकिएको छ। हाल शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना अभियान सुरु भइरहेको छ।

यस वर्ष सरकारले ‘समयमै भर्ना, समयमै ज्ञान गुणस्तरीय शिक्षा, सबैको अभियान’ भन्ने नारासहित भर्ना अभियान चलाइरहेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले उक्त आदर्श वाक्यकासाथ शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेसँगै सामुदायिक विद्यालयदेखि संस्थागत विद्यालयहरूले धमाधम विद्यार्थी भर्ना अभियानलाई तिब्रता दिइरहेका छन्। 

भर्ना अभियान चल्दै गर्दा भौगोलिक विकटताको रुपमा हेरिएका हुम्ला, जुम्ला, बझाङ, बाजुरा, ताप्लेजुङलगायतका जिल्लामा पाठ्यपुस्तक पुगेपछि विद्यार्थी र अभिभावक खुशी भएका छन्।

पूर्वशिक्षामन्त्रीहरूको दाबी के छ? 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएर कार्यभार सम्हालेकै दिन शिशिर खनालले शैक्षिक गुणस्तरका पक्षमा आवश्यक नीति तथा कार्यक्रम ल्याउने बताएका थिए। मन्त्रीको सपथसँगै उनले भनेका थिए, ‘अहिलेको गठबन्धन सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। त्यसमा भएका शिक्षाका बुँदाहरूलाई तदारुकताका साथ अगाडि बढाउनका लागि सात दिनभित्र कार्ययोजना प्रस्तुत गर्न सबै जनालाई निर्देशन दिन्छु। लामो समयदेखि सार्वजनिक शिक्षा बलियो हुनुपर्छ भनेर आफैं अभियानमा लागेको भएर पहिलो प्राथमिकता भनेको सिकाइ उपलब्धिलाई कसरी अगाडि बढाउने भन्ने चिन्तनबाट शिक्षा मन्त्रालयको नेतृत्व गर्छु।’

निर्वतमान शिक्षामन्त्री खनालले तल्ला कक्षाहरूमा दरबन्दी समायोजन गर्नुपर्ने, विश्वविद्यालय सुधार गर्नुपर्ने, पाठ्यपुस्तक नपाउने समस्या निर्मुल पार्ने योजना सुनाएका थिए। त्यसैगरी, उनले शैक्षिक सत्र सुरु हुँदै पाठ्यपुस्तक हातमा पुर्‍याउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए। तर, मन्त्री खनालले १९ दिनको छोटो समय मात्रै शिक्षा मन्त्रालयको जिम्मेवारी समालेका थिए।

त्यसैगरी, पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिडेटमा केही सुधारको आवश्यकता औंल्याए। उनले आफू मन्त्री भएको बेला पाठ्यपुस्तक छपाईका लागि चारवटा मेसिन किनेको दाबी गरे। उनले भने, ‘हामीले त्यतिबेला चार वटा मेसिन किनेका  थियौं। प्रशासनिक सुधार औंल्याएका थियौं। ठेक्कापट्टा सम्बन्धी व्यवस्था पनि झन्झटिलो थियो। कागज  ल्याउने कुरा, छाप्ने कुरा र कोटेशन प्रणाली ढिलो प्रकृतिको थियो। त्यसलाई हामीले करेक्सन गरेका थियौं।’

उनले आफूले दिएका सुझावहरूलाई चुस्त दुरुस्त गरेकै कारण समयमै पाठ्यपुस्तक पुगेको दाबी गरे। पौडेलले १० वर्षमा नेपालको शिक्षालाई गुणात्मक सुधारका लागि चालिएका कदमलाई अघि बढाउन सके नेपालको शिक्षा विश्वस्तरकै हुने दाबी समेत गरे।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारको प्राथमिकताका कारण सम्भव भएको मन्त्रालयको दाबी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकारले प्राथमिकतामा राखेकै कारण समयमै पाठ्यपुस्तकहरू पुगेको दाबी गर्छन्। ‘सरकारले प्राथमिकतामा राखेको विषय हो। सोही अनुसार हामीले  त्यससम्बन्धी कार्ययोजना बनाउन लगाएका थियौं’, उनी भन्छन, ‘जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र पाठ्यक्रम विकास केन्द्रलाई नै कार्य योजना बनाउन लगायौं। सोही योजनालाई हामीले फलोअप गर्दै गयौं र सफल भयौं।’ 

प्रवक्ता शर्माले जनक शिक्षा सामग्री लिमिडेटले पाठ्यपुस्तक छाप्ने तीन वटा नयाँ मेसिन ल्याएर छपाई गरेकाले समयमै पाठ्यपुस्तक छाप्न सकिएको पनि जानकारी दिए। 

उनले गत वर्ष कक्षा ३ सम्मको पाठ्यपुस्तक निजीलाई छपाउन दिने गरेको र यस वर्ष कक्षा ५ सम्मको पाठ्यपुस्तक छपाईको जिम्मा निजीलाई दिइएको बताए। ‘यो सरकार गठन हुने वित्तिकै पाठ्यपुस्तकलाई प्राथमिकतामा राखेका कारण सम्भव भयो। माननीय मन्त्रीज्यू र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पनि पटक–पटक अनुगमन हुने काम भयो। सोही कार्ययोजना अनुसार सबैले मिलेर काम गर्दा यो अवस्थामा पुगेका हौं’, शर्माले भने। 

शिक्षा मन्त्रालयका अनुसार तराईका जिल्ला र पहाडका केही जिल्ला गरि २१ वटा जिल्लामा पाठ्यपुस्तक ढुवानीको काम भइरहेको छ। पाठ्यपुस्तक बाटोमै भएका कारण एक दुई दिनमा पुग्ने मन्त्रालयको दाबी छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अघिल्लो वर्ष कोभिड–१९ का कारण कागजको समेत समस्या हुँदा पाठ्यपुस्तक प्रदान गर्न नसकिएको मन्त्रालयले जनाएको छ। अहिले पनि सहज ढंगले काम सम्पन्न नभएको बताउँदै प्रवक्ता शर्माले सिंगो सरकार, मन्त्रिपरिषद्को कार्यालय, संसदीय समितिको चासो, सोही बमोजिमको कार्ययोजनाका कारण सम्भव भएको बताए। 

पाठ्यपुस्तक छपाईको जिम्मा निजीलाई दिने कुरा ०६४ सालदेखिकै भएको मन्त्रालयले जनाएको छ। कुनै वर्ष ३, कुनै वर्ष ४ र ५ कक्षासम्म र कुनै वर्ष विकास क्षेत्र तोकेर ७ कक्षासम्मको छपाईका लागि निजी क्षेत्रलाई दिने चलन रहेको मन्त्रालयको दाबी छ। गएको दुई वर्षमा निजीको भूमिका घटाएको र अहिले निजीको भूमिका केही वृद्धि गरिएको जनाइएको छ। 

पुस्तक पुगे/नपुगेको यकिन गर्न प्रचण्ड सचिवालयको अनुरोध
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले प्रचण्ड सरकारले समयमै पाठ्युपूस्तक पठाउने कार्यलाई तिब्रता दिएको उल्लेख गरेको छ। साथै, पाठ्यपुस्तक पुगे/नपुगेको यकिन गरेर ताकेता गर्न समेत अनुरोध गरेको छ। 

प्रधानमन्त्री प्रचण्डको सचिवालयमा रहेकी गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत् ‘तपाईंको जिल्लामा, स्थानीय तहमा कक्षा ६–१० सम्मका पाठ्यपुस्तक पुगे कि पुगेनन्?’ भन्दै प्रश्न गरेकी छन्।

जनक शिक्षा र पाठ्यक्रम विकास केन्द्रले चैत्र २९ गतेसम्म धेरैजसो जिल्लामा पुस्तक पुगिसकेको र बाँकी जिल्लामा धमाधम ढुवानी भइरहेको उल्लेख गर्दै पुस्तक जिल्ला सदरमुकाममा पुगेका भए स्थानीय तहसम्म पुर्‍याउन ताकेता गर्न र नपुगेका भए हरेक दिन पुगे/नपुगेको यकिन गर्न अनुरोध गरेको छ।

यसपटक भर्नासँगै विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउने सरकारको यो अभियानमा हातेमालो गर्न प्रचण्डको सचिवालयले अपिल समेत गरेको छ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्