• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यसकारण पुग्यो शैक्षिक सत्र सुरु हुनुअगावै पाठ्यपुस्तक

64x64
भूपेन्द्र शाह ठकुरी सोमबार, वैशाख ४, २०८०  १५:५५
1140x725

काठमाडौं– वर्षेनी समयमै विद्यार्थीहरूको हातमा पाठ्युस्तक नपुगेको खबरले प्राथमिकता पाउँथे। हुन पनि कतिसम्म भने शैक्षिक सत्र सकिने बेलासम्म पनि कतिपय जिल्लामा पाठ्यपुस्तक पुगेका हुँदैनथे।

तर, यस वर्ष शैक्षिक सत्र सुरु हुनुअगावै प्राय: सबै जिल्लामा पाठ्यपुस्तक पुर्‍याइएको छ। सरकारका अनुसार शैक्षिक सत्र अगावै पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पुर्‍याइसकिएको छ। हाल शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना अभियान सुरु भइरहेको छ।

यस वर्ष सरकारले ‘समयमै भर्ना, समयमै ज्ञान गुणस्तरीय शिक्षा, सबैको अभियान’ भन्ने नारासहित भर्ना अभियान चलाइरहेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले उक्त आदर्श वाक्यकासाथ शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेसँगै सामुदायिक विद्यालयदेखि संस्थागत विद्यालयहरूले धमाधम विद्यार्थी भर्ना अभियानलाई तिब्रता दिइरहेका छन्। 

भर्ना अभियान चल्दै गर्दा भौगोलिक विकटताको रुपमा हेरिएका हुम्ला, जुम्ला, बझाङ, बाजुरा, ताप्लेजुङलगायतका जिल्लामा पाठ्यपुस्तक पुगेपछि विद्यार्थी र अभिभावक खुशी भएका छन्।

पूर्वशिक्षामन्त्रीहरूको दाबी के छ? 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएर कार्यभार सम्हालेकै दिन शिशिर खनालले शैक्षिक गुणस्तरका पक्षमा आवश्यक नीति तथा कार्यक्रम ल्याउने बताएका थिए। मन्त्रीको सपथसँगै उनले भनेका थिए, ‘अहिलेको गठबन्धन सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। त्यसमा भएका शिक्षाका बुँदाहरूलाई तदारुकताका साथ अगाडि बढाउनका लागि सात दिनभित्र कार्ययोजना प्रस्तुत गर्न सबै जनालाई निर्देशन दिन्छु। लामो समयदेखि सार्वजनिक शिक्षा बलियो हुनुपर्छ भनेर आफैं अभियानमा लागेको भएर पहिलो प्राथमिकता भनेको सिकाइ उपलब्धिलाई कसरी अगाडि बढाउने भन्ने चिन्तनबाट शिक्षा मन्त्रालयको नेतृत्व गर्छु।’

निर्वतमान शिक्षामन्त्री खनालले तल्ला कक्षाहरूमा दरबन्दी समायोजन गर्नुपर्ने, विश्वविद्यालय सुधार गर्नुपर्ने, पाठ्यपुस्तक नपाउने समस्या निर्मुल पार्ने योजना सुनाएका थिए। त्यसैगरी, उनले शैक्षिक सत्र सुरु हुँदै पाठ्यपुस्तक हातमा पुर्‍याउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए। तर, मन्त्री खनालले १९ दिनको छोटो समय मात्रै शिक्षा मन्त्रालयको जिम्मेवारी समालेका थिए।

त्यसैगरी, पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिडेटमा केही सुधारको आवश्यकता औंल्याए। उनले आफू मन्त्री भएको बेला पाठ्यपुस्तक छपाईका लागि चारवटा मेसिन किनेको दाबी गरे। उनले भने, ‘हामीले त्यतिबेला चार वटा मेसिन किनेका  थियौं। प्रशासनिक सुधार औंल्याएका थियौं। ठेक्कापट्टा सम्बन्धी व्यवस्था पनि झन्झटिलो थियो। कागज  ल्याउने कुरा, छाप्ने कुरा र कोटेशन प्रणाली ढिलो प्रकृतिको थियो। त्यसलाई हामीले करेक्सन गरेका थियौं।’

उनले आफूले दिएका सुझावहरूलाई चुस्त दुरुस्त गरेकै कारण समयमै पाठ्यपुस्तक पुगेको दाबी गरे। पौडेलले १० वर्षमा नेपालको शिक्षालाई गुणात्मक सुधारका लागि चालिएका कदमलाई अघि बढाउन सके नेपालको शिक्षा विश्वस्तरकै हुने दाबी समेत गरे।

Ncell 2
Ncell 2

सरकारको प्राथमिकताका कारण सम्भव भएको मन्त्रालयको दाबी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकारले प्राथमिकतामा राखेकै कारण समयमै पाठ्यपुस्तकहरू पुगेको दाबी गर्छन्। ‘सरकारले प्राथमिकतामा राखेको विषय हो। सोही अनुसार हामीले  त्यससम्बन्धी कार्ययोजना बनाउन लगाएका थियौं’, उनी भन्छन, ‘जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र पाठ्यक्रम विकास केन्द्रलाई नै कार्य योजना बनाउन लगायौं। सोही योजनालाई हामीले फलोअप गर्दै गयौं र सफल भयौं।’ 

प्रवक्ता शर्माले जनक शिक्षा सामग्री लिमिडेटले पाठ्यपुस्तक छाप्ने तीन वटा नयाँ मेसिन ल्याएर छपाई गरेकाले समयमै पाठ्यपुस्तक छाप्न सकिएको पनि जानकारी दिए। 

उनले गत वर्ष कक्षा ३ सम्मको पाठ्यपुस्तक निजीलाई छपाउन दिने गरेको र यस वर्ष कक्षा ५ सम्मको पाठ्यपुस्तक छपाईको जिम्मा निजीलाई दिइएको बताए। ‘यो सरकार गठन हुने वित्तिकै पाठ्यपुस्तकलाई प्राथमिकतामा राखेका कारण सम्भव भयो। माननीय मन्त्रीज्यू र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पनि पटक–पटक अनुगमन हुने काम भयो। सोही कार्ययोजना अनुसार सबैले मिलेर काम गर्दा यो अवस्थामा पुगेका हौं’, शर्माले भने। 

शिक्षा मन्त्रालयका अनुसार तराईका जिल्ला र पहाडका केही जिल्ला गरि २१ वटा जिल्लामा पाठ्यपुस्तक ढुवानीको काम भइरहेको छ। पाठ्यपुस्तक बाटोमै भएका कारण एक दुई दिनमा पुग्ने मन्त्रालयको दाबी छ। 

अघिल्लो वर्ष कोभिड–१९ का कारण कागजको समेत समस्या हुँदा पाठ्यपुस्तक प्रदान गर्न नसकिएको मन्त्रालयले जनाएको छ। अहिले पनि सहज ढंगले काम सम्पन्न नभएको बताउँदै प्रवक्ता शर्माले सिंगो सरकार, मन्त्रिपरिषद्को कार्यालय, संसदीय समितिको चासो, सोही बमोजिमको कार्ययोजनाका कारण सम्भव भएको बताए। 

पाठ्यपुस्तक छपाईको जिम्मा निजीलाई दिने कुरा ०६४ सालदेखिकै भएको मन्त्रालयले जनाएको छ। कुनै वर्ष ३, कुनै वर्ष ४ र ५ कक्षासम्म र कुनै वर्ष विकास क्षेत्र तोकेर ७ कक्षासम्मको छपाईका लागि निजी क्षेत्रलाई दिने चलन रहेको मन्त्रालयको दाबी छ। गएको दुई वर्षमा निजीको भूमिका घटाएको र अहिले निजीको भूमिका केही वृद्धि गरिएको जनाइएको छ। 

पुस्तक पुगे/नपुगेको यकिन गर्न प्रचण्ड सचिवालयको अनुरोध
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले प्रचण्ड सरकारले समयमै पाठ्युपूस्तक पठाउने कार्यलाई तिब्रता दिएको उल्लेख गरेको छ। साथै, पाठ्यपुस्तक पुगे/नपुगेको यकिन गरेर ताकेता गर्न समेत अनुरोध गरेको छ। 

प्रधानमन्त्री प्रचण्डको सचिवालयमा रहेकी गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत् ‘तपाईंको जिल्लामा, स्थानीय तहमा कक्षा ६–१० सम्मका पाठ्यपुस्तक पुगे कि पुगेनन्?’ भन्दै प्रश्न गरेकी छन्।

जनक शिक्षा र पाठ्यक्रम विकास केन्द्रले चैत्र २९ गतेसम्म धेरैजसो जिल्लामा पुस्तक पुगिसकेको र बाँकी जिल्लामा धमाधम ढुवानी भइरहेको उल्लेख गर्दै पुस्तक जिल्ला सदरमुकाममा पुगेका भए स्थानीय तहसम्म पुर्‍याउन ताकेता गर्न र नपुगेका भए हरेक दिन पुगे/नपुगेको यकिन गर्न अनुरोध गरेको छ।

यसपटक भर्नासँगै विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउने सरकारको यो अभियानमा हातेमालो गर्न प्रचण्डको सचिवालयले अपिल समेत गरेको छ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो,... सोमबार, माघ ५, २०८२
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ ।  को.१ ख ७१११ नम्बरको बस दुर्घटना भएको हो । चालक सहित ५ जनाको मृत्यु भएको सुनसरीका एसपी केशव... आइतबार, माघ ४, २०८२
प्रधानमन्त्री र मन्त्रीसहित आयोगका पदाधिकारीबीच छलफल प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचन आचारसंहिता लागु गर्नेबारे छलफल भएको हो । । आइतबार, माघ ४, २०८२
ताजा समाचारसबै
जसपाबाट टिकट नपाएपछि पूर्वमन्त्री यादव एमाले प्रवेश सोमबार, माघ ५, २०८२
जानकी मन्दिरको आरतीमा पुगे बालेन र अमरेश, लहानको शहीद पार्कमा बिहान ८ बजे पुग्दै सोमबार, माघ ५, २०८२
आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै सोमबार, माघ ५, २०८२
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्