काठमाडौं– प्रहरी निरीक्षक (इन्सपेक्टर) भुपेन्द्र बुढाथोकीको शब्दमा ‘फूल भनौं जिन्दगीलाई’ नामक गीत सार्वजनिक भएको छ।
नयाँ वर्ष २०८० को अवसर पारेर सार्वजनिक भएको सो गीतमा बुढाथोकीको शब्द र गायक प्रताप दासले स्वर भरेका छन्। यसअघि गीतको ‘फिमेल भर्सन’मा गायिका पूर्णीमा लामाले आवाज भरेकी थिइन्।
गीतमा बुढाथोकीले जिन्दगीका अधुरा ‘गोरेटो’हरुलाई भावानात्मक रुपमा अघि सारेका छन्। सुख, दु:खका कुराहरु गीतमार्फत् पोखेका छन्। गीतको म्युजिक भिडियो भुपेन्द्र बुढाथोकी नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ।
राष्ट्रसेवकको भुमिका रहेर गीत–संगितलाई समेत अघाडि बढाईरहेका बुथाढोकीले गीत, कविता र गजल लगायतका विधामा कलम चलाउने गर्छन्। ‘हामी नेपाल प्रहरी’ ‘अब खुसी’, ‘डाँडापारि मेरो माया, ‘परदेशीको दशैं’ ‘मुटु टुट्दा’ र अहिले ‘धोकामाथि धोका’ लगायतका ८ वटा आधुनिक गीति संग्रह सार्वजनिक भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।