काठमाडौं- बलिउड अभिनेत्री पूजा हेगडे सलमान खानसँग प्रेम सम्बन्धमा रहेको चर्चा चलिरहेको छ। उनीहरूको फिल्म ‘किसिका भाइ, किसिकी जान’ प्रदर्शनका क्रममा छ।
उक्त फिल्मकी अभिनेत्री हेगडे सलमानसँगै प्रेममा रहेको भन्दै चर्चा बढेपछि उनले मौनता तोडेकी हुन्। उनले ती खबर गलत रहेको बताउँदै आफू एकल रहेको बताएकी छिन्। उनका भाइ ऋषभको विवाहमा सलमान पुगेपछि हल्ला बढेको थियो।
उनले एक अन्तर्वार्तामा आफू उक्त हल्लालाई हल्लामै सीमित गर्न चाहिरहेको बताइन्। उनले प्रष्ट पारिन्, ‘म के भनुँ- हरेक दिन मेराबारे नयाँ-नयाँ खबर पढेर रमाइलो लागेको छु। म अहिले एक्ली छु र म एक्ली हुन नै मन पराउँछु।’
आफू करियरमा केन्द्रित रहेको बताउँदै प्रेम वा विवाहका विषयमा तत्काल सोच्न पनि समय निकाल्न नसक्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।