• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक २५, २०८३ Wed, Nov 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सप्तरङ्गी टीकाका सात रङले के सन्देश दिन्छ ?

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २५, २०८३  १२:३६
1140x725

काठमाडौं - आज भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई लगाइदिने सप्तरङ्गी टीकाको धार्मिक तथा सांस्कृतिक महत्त्व विशेष रहेको छ । टीकामा प्रयोग हुने विभिन्न रङले शुद्धता, पराक्रम, शक्ति, प्रकृति, शान्ति र सकारात्मक जीवनको सन्देश दिने गर्छन् । 

नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालका अनुसार सप्तरङ्गी टीका इन्द्रेणी र प्रकृतिको प्रतीक हो । यसमा प्रयोग हुने प्रत्येक रङले मानिसको जीवन र स्वभावसँग सम्बन्धित फरक–फरक अर्थ बोकेको हुन्छ ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै ढकालले रातो रङलाई पराक्रम र शक्तिको प्रतीक तथा पहेँलोलाई सात्त्विकता, शान्ति र आनन्दको प्रतीकका रूपमा व्याख्या गरे । 

उनले भने, ‘रातो भनेको पराक्रम र शक्तिको प्रतीक हो। पहेँलो भनेको सात्त्विकता र आनन्दसँग जोडिन्छ । सेतो भनेको चामलको पिठोबाट बनाएर हामी लगाइदिन्छौँ। सेतोमा केही मिसियो भने टक्क देखिहाल्छ नि, त्यस्तै मन पनि शुद्ध हुनुपर्छ भन्ने भावले हामी सेतो रङ प्रयोग गर्छौँ।’

त्यस्तै, हरियो रङ प्रकृतिको प्रतीक भएको उनले बताए । मानिसको जीवन प्रकृतिसँग जोडिनुपर्ने र प्रकृतिलाई विकृत बनाउने काम गर्न नहुने सन्देश हरियो रङले दिने उनको भनाइ छ ।

‘हरियो भनेको प्रकृतिको प्रतीक हो । प्रकृतिसम्मत बन, प्रकृतिलाई विकृति बनाउने दुष्प्रयास नगर भन्ने त्यसको सङ्केत हो,’ उनले भने । 

निलो रङलाई शान्तिको प्रतीकका रूपमा व्याख्या गर्दै ढकालले मानिस परिस्थितिअनुसार कहिले पराक्रमी र कहिले शान्त तथा संयमित हुनुपर्ने बताए । उनका अनुसार सप्तरङ्गी टीकाले जीवनका विभिन्न परिस्थिति र मनका अवस्थालाई पनि प्रतिनिधित्व गर्छ । 

उनले भने, ‘सप्तरङ्गी भनेको प्रकृतिको सिम्बोल हो, इन्द्रेणीको सिम्बोल हो । मनको स्वभाव पनि कहिले साह्रै खुसी हुन्छ, कहिले दिक्क मान्छ, कहिले ठीकै हुन्छ । जीवनमा यस्ता अवसरहरू आइरहन सक्छन् । जस्तो अवस्था आए पनि पछि नहट, डटेर अगाडि बढ र सफल बन भन्ने भाव यसमा रहेको छ ।’

Ncell 2
Ncell 2
nimb
nimb

ढकालका अनुसार सप्तरङ्गी टीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध सधैँ प्रगाढ रहोस् भन्ने कामनासमेत व्यक्त गर्छ । आकाशमा सूर्य र चन्द्रमा रहुन्जेल आपसी सम्बन्ध कायम रहोस् र मानिस दयालु बनोस् भन्ने भाव भाइटीकामा जोडिएको उनले बताए । 

भाइटीकामा टीका लगाउनुअघि गरिने पूजाविधिको पनि आफ्नै शास्त्रीय महत्त्व रहेको उनले उल्लेख गरे । दीप, कलश, अष्टचिरञ्जीवी र ग्रहहरूको पूजा गरेपछि दाजुभाइ तथा दिदीबहिनीको पूजा गर्ने र श्रद्धापूर्वक उपहार अर्पण गर्ने परम्परा रहेको उनको भनाइ छ ।

उनले भने, ‘अष्टचिरञ्जीवीहरू मार्कण्डेय, बलि, व्यासहरू जसरी चिरञ्जीवी बनेका छन्, त्यसैगरी तिमी पनि चिरञ्जीवी बन भन्ने भावले पूजा गरिन्छ । यो सम्पूर्ण विधि शास्त्रसम्मत छ, यहाँ कुनै मनगढन्ते कुरा हुँदैन ।’

ढकालले यमपञ्चकका धार्मिक तथा आध्यात्मिक पक्षलाई दैनिक जीवनसँग जोडेर बुझ्नुपर्ने बताए । उनका अनुसार कागबाट चेतनशीलता, कुकुरबाट बफादारिता र लक्ष्मीपूजाबाट सरसफाइ तथा उज्यालोको महत्त्व सिक्न सकिन्छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘लक्ष्मीपूजाको दिन मात्रै घर उज्यालो, झिलिमिली र सफासुग्घर बनाएर हुँदैन। हरेक दिन, हरेक क्षण लक्ष्मीपूजाजस्तै बनाऊ न, तब पो मन आनन्दित भयो त,’ उनले भने । 

यमपञ्चकले मानिसलाई धार्मिक आस्थासँगै दैनिक जीवनमा सकारात्मक व्यवहार अपनाउन पनि प्रेरित गर्ने ढकालको भनाइ छ ।  

सप्तरङ्गी टीका केवल रङ लगाउने धार्मिक विधि मात्र नभई प्रकृतिको सम्मान, मनको शुद्धता, शान्ति, पराक्रम र पारिवारिक सम्बन्धको निरन्तरताको कामना गर्ने सांस्कृतिक परम्परा भएको ढकालको व्याख्या छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २५, २०८३  १२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सप्तरङ्गी टीकाका सात रङले के सन्देश दिन्छ ?
भाइटीकाको दिन प्रधानमन्त्रीले दिएको शुभकामना सन्देशमा के छ?
विदेशी मुद्रा कतिमा किनबेच हुन्छ ?
सम्बन्धित सामग्री
सप्तरङ्गी टीकाका सात रङले के सन्देश दिन्छ ? सप्तरङ्गी टीका केवल रङ लगाउने धार्मिक विधि मात्र नभई प्रकृतिको सम्मान, मनको शुद्धता, शान्ति, पराक्रम र पारिवारिक सम्बन्धको निरन्तरता... बुधबार, कात्तिक २५, २०८३
भाइटीकाको दिन प्रधानमन्त्रीले दिएको शुभकामना सन्देशमा के छ? भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्दै उनले शुभका... बुधबार, कात्तिक २५, २०८३
भाइटीकाको दिन कस्तो छ मौसम ? आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बुधबार, कात्तिक २५, २०८३
ताजा समाचारसबै
सप्तरङ्गी टीकाका सात रङले के सन्देश दिन्छ ? बुधबार, कात्तिक २५, २०८३
भाइटीकाको दिन प्रधानमन्त्रीले दिएको शुभकामना सन्देशमा के छ? बुधबार, कात्तिक २५, २०८३
विदेशी मुद्रा कतिमा किनबेच हुन्छ ? बुधबार, कात्तिक २५, २०८३
कति छ तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य ? बुधबार, कात्तिक २५, २०८३
नुहाउने क्रममा खोलाले बगाउँदा ५ वर्षीय बालकको मृत्यु बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भाईटिका लगाउँदा कता फर्कने , यस्ताे छ शास्त्र ! बुधबार, कात्तिक २५, २०८३
प्रधानन्यायाधीश र न्यायाधीशलाई महाभियोगबारे रास्वपामा दुई धारः रविको निर्देशन, बालेनको अटेरी ! मंगलबार, कात्तिक २४, २०८३
ममता काफ्ले हत्यामा दाेषी ठहर भएका नरेशलनई कति हुन्छ सजाय , कहिले हुन्छ निर्धारण ? बुधबार, कात्तिक २५, २०८३
प्रहरी हवल्दान गुरुङ मृत अवस्थामा मंगलबार, कात्तिक २४, २०८३
ममता काफ्ले हत्या प्रकरण: अमेरिकी अदालतद्वारा नरेश दाेषी ठहर बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्