• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

फागुन १ को बिदालाई लिएर बालुवाटारमा प्रचण्ड र ओलीबीच नोकझोक

64x64
दुर्गा दुलाल बुधबार, चैत २९, २०७९  २१:००
1140x725

काठमाडौं- मंगलबार बिहान सभामुख देवराज घिमिरेले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको बैठक बोलाएका थिए।

बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि सहभागी थिए। चैत २५ मा सभामुख र तीन शीर्ष नेताको बैठक बसेको थियो। मंगलबारको बैठक त्यसैको निरन्तरता थियो।

बैठकको मुख्य दुई अजेन्डा तय गरिएका थिए- प्रतिनिधि सभामा दर्ता गरिएका तीन विधेयकहरू सम्पत्ति शुद्धीकरण, संवैधानिक परिषद् र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अगाडि बढाउने र संसदीय समितिहरू गठन गर्ने। तर, बैठकको सुरुआतमै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच नोकझोक चलेपछि वातावरण तनावग्रस्त भएको थियो।

सहभागी एक नेताका अनुसार, बैठक सुरु हुनेबित्तिकै एमाले अध्यक्ष ओलीले आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए। संक्रमणकालीन न्यायको विषय पनि अजेण्डमा राखिएपछि उनी आक्रोशित भएका थिए। उनको तारोमा थिए, प्रधानमन्त्री प्रचण्ड। ती नेताका अनुसार, दुई नेताबीच सवालजवाफ नै भएको थियो।

ओली- म र हामी हिंसा दिवस मान्दैनौँ। पहिला त्यो हिंसा दिवसको निर्णय खारेज गर्नुस्। अनि मात्रै अरु अजेण्डामा छलफल गरौँ।
प्रचण्ड- तपाईंकै दल समेत सहभागी सरकारले निर्णय गरेको होइन र? तपाईंहरू पनि उक्त सरकारमा सहभागी हुनुहुन्थ्यो त!
ओली- मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गर्दैछ भनेर मसँग सोध्नुभयो? मसँग त यस बारेमा तपाईंले केही भन्नुभएको थिएन।
प्रचण्ड- तपाईंसँग सल्लाह गरेकै थिएँ त। जनयुद्ध दिवसलाई पनि कुनै न कुनै रुपमा सम्बोधन गर्नुपर्छ भनेर मैले जानकारी दिएको होइन र?
ओली- एमालेका मन्त्रीहरूलाई जानकारी नै दिनु भएनछ। एक्कासी निर्णय हुन लागेपछि विरोध गर्दागर्दै उक्त निर्णय गराउनु भएछ। एमालेका मन्त्रीहरूले यो विषयमा छलफल गर्नुपर्छ, अहिले हुँदैन भन्दाभन्दै पनि तपाईंले केपी शर्मा ओलीसँग कुरा भएको छ भन्नु भएछ। जनयुद्ध दिवसलाई बिदा दिने कुरा त भएकै थिएन।
प्रचण्ड- त्यो निर्णय जानकारी दिएरै भएको हो।

दुई नेताबीच नोकझोक बढ्न थालेपछि कांग्रेस र माओवादी केन्द्रका नेताहरूले थामथुम पारेका थिए। उनीहरूले मूल विषयमा प्रवेश गर्न आग्रह गरेपछि उनीहरू थामिएका थिए।

के हो विषय?
एमालेको मुख्य सहयोगमा गत पुस १० गते प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। सोही सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय लिएको थियो। मन्त्रिपरिषद्को माघ २९ गते दिउँसो बसेको बैठकले सो निर्णय लिएपछि सार्वजनिक रुपमा आलोचना व्यक्त भएका भए पनि मुख्य दलहरूले खासै विरोध जनाएनन्।

खासगरी नजिकिँदै गएको राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने आशाका कारण कांग्रेस र एमालेले समेत विरोध नजनाएको भनेर त्यतिबेला सामाजिक सञ्जालमा आलोचना भयो।
 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस

'जनयुद्ध दिवस' मा सार्वजनिक बिदा दिने सरकारको निर्णय

तर, विस्तारै एमाले र माओवादीको सत्ता साझेदारीमा विभाजन देखा पर्न थाल्यो। त्यसपछि मात्रै एमालेले विरोध जनाएको थियो। बिदा मनाएको ११ दिनपछि अर्थात् फागुन ११ गते आफ्नै जन्मदिनको अवसर पारेर भक्तपुरको बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले भने- ‘अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरिदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय गर्‍यो। त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृति नछुटेको देखिन्छ। जुन कुरा चाहिँ सही होइन।'

यो पनि पढ्नुहोस्– जनयुद्ध दिवस मनाएकोप्रति एमाले अध्यक्ष ओलीको असन्तुष्टि, भन्छन्– त्यो हिंसा दिवस हो

बैठकले के गर्‍यो?
प्रचण्ड र ओलीबीच नोकझोक चलेको केही बेरपछि मात्रै बैठक अजेन्डामा प्रवेश गर्‍यो। एमालेले आफूलाई सत्ता पक्षले पेलेको आरोप लगायो। उसले संसदीय समिति गठनका सन्दर्भमा आफूहरूलाई पेल्न खोजिएको बताएको थियो।

एमालेले तत्कालै संसदीय समितिलाई पूर्णता दिएर ‘मिनी संसद्’ पनि चलाउनुपर्ने प्रस्ताव अघि सारेको छलफलमा सहभागी एक नेताले बताए। तर, सत्ता पक्षले भने आफूहरूकै बीचमा केही कुरा नमिलिसकेकाले केही दिन पर्खन आग्रह गरेको थियो। समिति सभापतिको भागबण्डामा छलफल नै सुरु नभएकाले केही समय पर्खनुपर्ने सत्तापक्षको प्रस्ताव थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रतिनिधि सभामा १० वटा एकल समिति छन्। त्यस्तै दुई वटा संयुक्त समिति छन्। तीमध्ये लेखा समितिको सभापति सत्तापक्षले नलिने प्रचलन छ। लेखा समितिमा प्रतिपक्षको सभापति हुने परम्परा रहेको छ।

त्यस्तै, बैठकमा एमालेले संसदीय समितिको सदस्यमा नेकपा एमालेको भाग काटेर एकीकृत समाजवादीलाई दिने प्रस्ताव आएको भन्दै त्यसमा आपत्ति जनाएको थियो। सत्ता गठबन्धनको भागबण्डा आफैं मिलाउन र एमालेले पाउने सदस्यमा कसैलाई नदिने ओलीले बताएका थिए।

टीआरसी, सम्पत्ति शुद्धीकरण र संवैधानिक परिषद् सम्बन्धी विधेयक
बैठकमा माओवादी केन्द्रले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग संशोधन विधेयकलाई समितिमा नपठाउन र फास्ट ट्र्याक विधिबाट पारित गर्न प्रस्ताव गरेको थियो। संक्रमणकालीन न्यायको प्रक्रिया छिटो टुंग्याउनुपर्ने भएकाले समितिमा पठाउँदा ढिलो हुने सत्ता पक्षको तर्क थियो।

तर, एमालेले पीडित, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय कानुन विपरीत जान नसकिने भएकाले ती कुराको सम्बोधन हुनुपर्ने तर्क गरेको थियो।

त्यस्तै, सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि संक्रमणकालीन न्याय सम्बन्धी विधेयक, सम्पत्ति शुद्धीकरण र संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई छिटो गर्नुपर्ने तर्क गरेको थियो। सम्पत्ति शुद्धीकरणको कालो सूचीमा पर्ने जोखिममा रहेकाले विधेयक रोक्न नहुने सत्ता पक्षको तर्क थियो।

एमालेले उक्त कुरामा आफूहरूले असहयोग नगर्ने तर, विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य हुनुपर्ने तर्क गरेको थियो। सहमतिका लागि वैशाख १ गते पुनः बैठक बस्ने सहमति भएको छ। उक्त बैठकबाट विवादित विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षका बीचमा साझा धारणा बनाएर संसदीय समिति गठन र तीन विधेयकमा निकास निकाल्ने पक्षमा सभामुख देवराज घिमिरे छन्।

सम्बन्धित समाचारहरूः
संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा मध्यम मार्गको विकल्प अपनाउने सहमति भएको छ : प्रधानमन्त्री प्रचण्ड
फास्ट ट्रयाकबाट संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा टुंगो लाग्दैन : ओली  
शीर्ष तीन दलका नेताबीच सामान्य कुराकानी भयो : सभामुख घिमिरे
टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  २१:००
  • #ओली–प्रचण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन कोशी प्रदेश सरकारको आयोजनामा भएको दुईदिने अन्तरप्रदेश समन्वय तथा अनुभव आदानप्रदान सम्मेलनको मंगलबार बिहान मुख्यमन्त्रीहरूले संयुक्त... मंगलबार, असोज २७, २०८३
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित बडादशैंलाई ध्यानमा राखेर मतगणना कार्यलाई छिटो र प्रभावकारी बनाउन आज पनि औसतमा २५ वटा समूह बनाएर विभिन्न पदहरूको गणना एकसाथ अघि बढाएक... मंगलबार, असोज २७, २०८३
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी मंगलबार, असोज २७, २०८३
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित मंगलबार, असोज २७, २०८३
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण मंगलबार, असोज २७, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्