• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

काठमाडौं जिल्ला अदालतका न्यायाधीश घिमिरेविरुद्ध वन मुद्दाको अभियोग, उन्मुक्ति पाउन दौडधुप 

64x64
दुर्गा दुलाल बुधबार, चैत २९, २०७९  १७:१५
1140x725

काठमाडौं– काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेविरुद्ध वन मुद्दा दायर हुनुपर्ने देखिएको छ। जिल्ला वन कार्यालयको अभियोग पत्र अनुसार उनले निकुञ्ज क्षेत्रमा रुख काट्ने अनुमति नै नलिई काटेर ओसार पसार गर्दै गर्दा नेपाली सेनाको टोलीले फेला पारेको उल्लेख छ। 

कानुन पालना गराउने निकायमा बस्ने जिल्ला न्यायाधीश घिमिरेले शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको मध्यवर्ती क्षेत्रको जग्गामा यसरी अनुमति नलिई काठ कटानी गर्नुका साथै विक्री गरेर कानुन उल्लंघन गरेको दाबीसहित वन कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको थियो। तर, सरकारी वकिलको कार्यालयले अध्ययनपछि मुद्दा चलाउन आवश्यक नहुने राय दिँदै उच्च सरकारी वकिलको कार्यालयमा फाइल पठाएको थियो। 

उच्च सरकारी वकिल कार्यालयले उक्त फाइल महान्यायाधिवक्ता कार्यालय पठाएको छ। यसअघि पनि एकपटक फाइल महान्यायाधिवक्ता कार्यालय पुगेको थियो। तर, तत्कालीन समयमा थप अनुसन्धान गरेर पेस गर्नू भन्ने निर्देशनपछि फिर्ता भएको थियो। नयाँ महान्यायाधिवक्ता दिनमणि पोखरेल आएपछि फाइल फेरि अघि बढाइएको छ। 

जिल्ला वन कार्यालय काठमाडौंले उपलब्ध गराएको अभियोगपत्र अनुसार न्यायाधीश घिमिरेले  सौर ५.५८ क्यु फिट, मौवा ३६.३३, चिलाउने ६१.७३, उत्तिस २०.९७ गरी १२४ क्यु फिट काठ अनुमति नलिई कटान गरेका थिए।  

जिल्ला वन कार्यालय काठमाडौंले तीन जनाविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ अनुसार र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ को नियम १७ को कसुर गरेको अभियोगपत्रमा मुद्दा चल्नुपर्ने दाबी गरिएको छ।

आरोपत्रपमा न्यायाधीश घिमिरे, डिलबहादुर गुरुङ र हरिप्रसाद अर्याललाई विगो २० हजार २ सय ८४ र जरिवाना ४० हजार ५ सय ६८ तथा १ वर्ष कैदको सजाय हुनुपर्ने माग गरिएको छ। 

Kathko parinam1681297758.png

त्यस्तै, उनीहरूलाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालयमा मुद्दा दायर हुनुपर्ने माग आरोपपत्रमा गरिएको थियो। काठ  अवैध रुपमा निकुञ्ज क्षेत्रभित्र कटान गरेकोले मुद्दा चलाउने कि नचलाउने भनि उक्त फाइल सुरुमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा आएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारी वकिलतर्फबाट लिखित परीक्षा दिई न्यायाधीश भएका घिमिरेले भने आफ्नै जग्गामा रहेको रुख कटान गरेको तर, आफूमाथि निकुञ्जले मुद्दा लगाएको दाबी गरेका छन्। उनले आफ्नो निजी जग्गाको रुख गुरुङलाई कटान गर्न दिएको र कटान गरि ढुवानी गर्दाको अवस्थामा निकुञ्जले नियन्त्रणमा लिएको दाबी बयानका क्रममा गरेका छन्।

उनको यही दाबीपछि जिल्ला सरकारी वकिलको कार्यालयले २०७९ साउन ९ गते मुद्दा चलाउन नपर्ने निर्णय गरेको थियो। २०७८ माघ २७ गते फर्निचर व्यवसायी डिलबहादुर गुरुङको कार्यालयमा काम गर्ने दिलिप नाम गरेका व्यक्तिलाई पक्राउ गरेको थियो। 

नेपाली सेनाको शमशेर गण दलको संयुक्त गस्ती टोलीले अनुमति नलिई कटान गरिएको काठको ट्रकसहित पक्राउ गरेको थियो। राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने तारकेश्वर नगरपालिकाको क्षेत्रमा अनुमति नै नलिई कटान गरेर अन्यत्र लैजान लागेपछि निकुञ्जलाई जिम्मा लगाएको थियो। वन कार्यालयले अनुसन्धान गर्दा उक्त काठ न्यायाधीश घिमिरेको निजी जग्गामा कटान गरिएको तर, अनुमति नलिइएको पाइएको थियो। त्यसपछि उनीसहित तीन जनालाई मुद्दा चलाउन सिफारिस गरिएको थियो।  

मुद्दा नचल्ने निर्णय गराउन दौडधुप 
घिमिरेले आफूविरुद्ध मुद्दा दायर भएमा समस्या हुने भएपछि  मुद्दा नचल्ने निर्णय गराउन दौडधुप गरिरहेका छन्। उनको फाइल मुद्दा नचल्ने निर्णय गर्नका लागि महान्यायाधिवक्ता कार्यालय पुगेको महान्यायाधिवक्ता कार्यालय उच्चस्रोतले बताएको छ। यसअघि पनि उक्त फाइल पुगेको थियो। तर, सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गरेर पेस गर्नु भन्दै फर्काइदिएको थियो। उक्त निर्देशन अनुसार थप विवरण जुटाएर पुन: महान्यायाधिवक्ता कार्यालय पुगेको हो। 

Xtrem

Xtrem

महान्यायाधिवक्ताले मुद्दा नचल्ने निर्णय गरेमा उनले उन्मुक्ति पाउने छन्। जिल्ला सरकारी वकिलको कार्यालय, उच्च सरकारी वकिलको कार्यालय हुँदै फाइल महान्यायाधिवक्ता कार्यालय पुगेको हो।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले निर्णय गर्नुअघि दुई सहन्यायाधिवक्ताहरूले उक्त फाइलमा टिप्पणी उठाउने छन्। उक्त टिप्पणीपछि महान्यायाधिवक्ता पोखरेलले निर्णय गर्ने छन्। उनले निर्णय गरेर मुद्दा चल्ने आधार नदेखिएको भनेमा न्यायाधीश घिमिरेले उन्मुक्ति पाउने छन्।

यसअघि महान्यायाधिवक्ता पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी कीर्तेमा मुद्दा नचल्ने निर्णय गरेका थिए।

पछिल्लो एक सातामा जिल्ला न्यायाधीशहरू धमाधम विवादमा आउन थालेका छन्। मंगलबार कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश  भुवन गिरी काठमाडौंबाट  पक्राउ परेका थिए। वैवाहिक बलात्कार मुद्दामा प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेर कपिलवस्तु पठाएको छ।

सोही जिल्ला अदालतमा कार्यरत रहेका गिरीलाई श्रीमती तारा रावल गिरीले उजुरी दिएपछि अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। विवादित भएपछि उनलाई सर्वोच्च हाजिर गराइएको थियो।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस परिषद्को २०८३ असोज २० गते बसेको बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्... मंगलबार, असोज २०, २०८३
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता थापाले साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी उनले नयाँ र पुरानो पुस्ताबीच पर्खाल खडा गर्ने नभई दुवै पुस्तालाई जोड्ने ‘सेतु’ बन्ने उद्देश्यले उम्मेदवारी दिएको बताए। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्