• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

काठमाडौं जिल्ला अदालतका न्यायाधीश घिमिरेविरुद्ध वन मुद्दाको अभियोग, उन्मुक्ति पाउन दौडधुप 

64x64
दुर्गा दुलाल बुधबार, चैत २९, २०७९  १७:१५
1140x725

काठमाडौं– काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेविरुद्ध वन मुद्दा दायर हुनुपर्ने देखिएको छ। जिल्ला वन कार्यालयको अभियोग पत्र अनुसार उनले निकुञ्ज क्षेत्रमा रुख काट्ने अनुमति नै नलिई काटेर ओसार पसार गर्दै गर्दा नेपाली सेनाको टोलीले फेला पारेको उल्लेख छ। 

कानुन पालना गराउने निकायमा बस्ने जिल्ला न्यायाधीश घिमिरेले शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको मध्यवर्ती क्षेत्रको जग्गामा यसरी अनुमति नलिई काठ कटानी गर्नुका साथै विक्री गरेर कानुन उल्लंघन गरेको दाबीसहित वन कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको थियो। तर, सरकारी वकिलको कार्यालयले अध्ययनपछि मुद्दा चलाउन आवश्यक नहुने राय दिँदै उच्च सरकारी वकिलको कार्यालयमा फाइल पठाएको थियो। 

उच्च सरकारी वकिल कार्यालयले उक्त फाइल महान्यायाधिवक्ता कार्यालय पठाएको छ। यसअघि पनि एकपटक फाइल महान्यायाधिवक्ता कार्यालय पुगेको थियो। तर, तत्कालीन समयमा थप अनुसन्धान गरेर पेस गर्नू भन्ने निर्देशनपछि फिर्ता भएको थियो। नयाँ महान्यायाधिवक्ता दिनमणि पोखरेल आएपछि फाइल फेरि अघि बढाइएको छ। 

जिल्ला वन कार्यालय काठमाडौंले उपलब्ध गराएको अभियोगपत्र अनुसार न्यायाधीश घिमिरेले  सौर ५.५८ क्यु फिट, मौवा ३६.३३, चिलाउने ६१.७३, उत्तिस २०.९७ गरी १२४ क्यु फिट काठ अनुमति नलिई कटान गरेका थिए।  

जिल्ला वन कार्यालय काठमाडौंले तीन जनाविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ अनुसार र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ को नियम १७ को कसुर गरेको अभियोगपत्रमा मुद्दा चल्नुपर्ने दाबी गरिएको छ।

आरोपत्रपमा न्यायाधीश घिमिरे, डिलबहादुर गुरुङ र हरिप्रसाद अर्याललाई विगो २० हजार २ सय ८४ र जरिवाना ४० हजार ५ सय ६८ तथा १ वर्ष कैदको सजाय हुनुपर्ने माग गरिएको छ। 

Kathko parinam1681297758.png

त्यस्तै, उनीहरूलाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालयमा मुद्दा दायर हुनुपर्ने माग आरोपपत्रमा गरिएको थियो। काठ  अवैध रुपमा निकुञ्ज क्षेत्रभित्र कटान गरेकोले मुद्दा चलाउने कि नचलाउने भनि उक्त फाइल सुरुमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा आएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारी वकिलतर्फबाट लिखित परीक्षा दिई न्यायाधीश भएका घिमिरेले भने आफ्नै जग्गामा रहेको रुख कटान गरेको तर, आफूमाथि निकुञ्जले मुद्दा लगाएको दाबी गरेका छन्। उनले आफ्नो निजी जग्गाको रुख गुरुङलाई कटान गर्न दिएको र कटान गरि ढुवानी गर्दाको अवस्थामा निकुञ्जले नियन्त्रणमा लिएको दाबी बयानका क्रममा गरेका छन्।

उनको यही दाबीपछि जिल्ला सरकारी वकिलको कार्यालयले २०७९ साउन ९ गते मुद्दा चलाउन नपर्ने निर्णय गरेको थियो। २०७८ माघ २७ गते फर्निचर व्यवसायी डिलबहादुर गुरुङको कार्यालयमा काम गर्ने दिलिप नाम गरेका व्यक्तिलाई पक्राउ गरेको थियो। 

नेपाली सेनाको शमशेर गण दलको संयुक्त गस्ती टोलीले अनुमति नलिई कटान गरिएको काठको ट्रकसहित पक्राउ गरेको थियो। राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने तारकेश्वर नगरपालिकाको क्षेत्रमा अनुमति नै नलिई कटान गरेर अन्यत्र लैजान लागेपछि निकुञ्जलाई जिम्मा लगाएको थियो। वन कार्यालयले अनुसन्धान गर्दा उक्त काठ न्यायाधीश घिमिरेको निजी जग्गामा कटान गरिएको तर, अनुमति नलिइएको पाइएको थियो। त्यसपछि उनीसहित तीन जनालाई मुद्दा चलाउन सिफारिस गरिएको थियो।  

मुद्दा नचल्ने निर्णय गराउन दौडधुप 
घिमिरेले आफूविरुद्ध मुद्दा दायर भएमा समस्या हुने भएपछि  मुद्दा नचल्ने निर्णय गराउन दौडधुप गरिरहेका छन्। उनको फाइल मुद्दा नचल्ने निर्णय गर्नका लागि महान्यायाधिवक्ता कार्यालय पुगेको महान्यायाधिवक्ता कार्यालय उच्चस्रोतले बताएको छ। यसअघि पनि उक्त फाइल पुगेको थियो। तर, सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गरेर पेस गर्नु भन्दै फर्काइदिएको थियो। उक्त निर्देशन अनुसार थप विवरण जुटाएर पुन: महान्यायाधिवक्ता कार्यालय पुगेको हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महान्यायाधिवक्ताले मुद्दा नचल्ने निर्णय गरेमा उनले उन्मुक्ति पाउने छन्। जिल्ला सरकारी वकिलको कार्यालय, उच्च सरकारी वकिलको कार्यालय हुँदै फाइल महान्यायाधिवक्ता कार्यालय पुगेको हो।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले निर्णय गर्नुअघि दुई सहन्यायाधिवक्ताहरूले उक्त फाइलमा टिप्पणी उठाउने छन्। उक्त टिप्पणीपछि महान्यायाधिवक्ता पोखरेलले निर्णय गर्ने छन्। उनले निर्णय गरेर मुद्दा चल्ने आधार नदेखिएको भनेमा न्यायाधीश घिमिरेले उन्मुक्ति पाउने छन्।

यसअघि महान्यायाधिवक्ता पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी कीर्तेमा मुद्दा नचल्ने निर्णय गरेका थिए।

पछिल्लो एक सातामा जिल्ला न्यायाधीशहरू धमाधम विवादमा आउन थालेका छन्। मंगलबार कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश  भुवन गिरी काठमाडौंबाट  पक्राउ परेका थिए। वैवाहिक बलात्कार मुद्दामा प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेर कपिलवस्तु पठाएको छ।

सोही जिल्ला अदालतमा कार्यरत रहेका गिरीलाई श्रीमती तारा रावल गिरीले उजुरी दिएपछि अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। विवादित भएपछि उनलाई सर्वोच्च हाजिर गराइएको थियो।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी सरकारले अनुदान वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन ‘उखु उत्पादकलाई प्रोत्साहन अनुदान दिने सम्बन्धी कार्यविधि, २०८३’ जारी ग... मंगलबार, असोज २७, २०८३
प्रेस काउन्सिलका अध्यक्ष उमेशले छाेडे माइसंसारकाे सम्पादकीय नेतृत्व, लेखे भावुक स्टाटस प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले २२ वर्षदेखि जोडिएको ब्लग ‘माइसंसार’को सम्पादकीय जिम्मेवारी छाडेका छन्। मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन बाढी तथा पहिरोका कारण बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग एवं सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले मंगलबार बिहान ६ बज... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी मंगलबार, असोज २७, २०८३
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित मंगलबार, असोज २७, २०८३
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण मंगलबार, असोज २७, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्