• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ ९, २०८२ Fri, Jan 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पुस्तौंदेखि बस्दै आएका हरवाचरवालाई गाउँपालिकाको अल्टिमेटम– ७ दिनभित्र जमिन खाली गर्नू

64x64
समर्पण श्री मंगलबार, चैत २८, २०७९  ०९:२७
1140x725

सिरहा– बरैयापट्टी गाउँपालिका–३को मुसहर बस्तीमा गत चैत्र १० गते एउटा सूचना टाँसियो। 

सूचना टाँसिएयता बस्तीका मुसहरहरू निदाउन सकेका छैनन्। आफूहरू ६ पुस्तादेखि बस्दै आएको बस्तीलाई सडक विस्तारको नाममा गाउँपालिकाले खाली गर्न उर्दी गरेको छ।

‘...उक्त सडकखण्डमा पर्ने अस्थायी तथा स्थायी संरचना दोस्रो पटक सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र हटाइ साइट क्लियर गरिदिनुहुन सम्बन्धित सबैमा जानकारीका लागि सूचना प्रकाशन गरिएको छ,’ गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतोको हस्ताक्षरसहित जारी भएको सूचनामा भनिएको छ।

४० वर्षीया विष्णुदेवी सदायले दोस्रोपटक यो सूचनाबारे सुनेपछि ढुक्कको श्वास फेर्न सकिरहेकी छैनन्। गाउँपालिकाले घर भत्काएर परिवारको बास छिन्ने चिन्ताले उनलाई सताइरहेको छ। ‘हाम्रो भएको घर अड्ने जमिन यति नै हो। यहाँबाट अहिले आएर जा भन्यो,’ उनले गुनासो गरिन्, ‘पहिलोपटक पनि सूचना आएको थियो। हामीले निवेदन हालेका थियौँ। फेरि पनि सूचना आएको छ।’

विष्णुदेवीको परिवार ‘हरवाचरवा’ हो। गिरहतसँग लिएको ऋण तिर्न उनीहरू उनैको घरखेतमा काम गर्न बाध्य छन्। विष्णुदेवीका देबरले १० वर्षअघि विहेका लागि ६० हजार ऋण गिरहतसँग लिएका थिए। लगातार ५ वर्षसम्म उनले ऋण तिरिरहे। ३ वर्षअघि उनको देबरको बिमारीका कारण मृत्यु भयो। त्यसपछि त्यो ऋण विष्णुदेवीकै परिवामा आइपुग्यो।

५ वर्षअघि नन्दको विवाहमा लिएको २० हजारसहित उनीहरूको ऋण १ लाख माथि छ। ‘साहुकोमा काम गरेर पनि ऋण घटेको छैन। ‘न ऋण घटेको छ, न साथमा पैसा। खान लाउने समस्या परेको बेला सरकारले उल्टै उठिबास लगाउन खोजेको छ,’ विष्णुदेवीले भनिन्।

Ncell 2
Ncell 2

४५ वर्षीया कवुत्री सदायको परिवारमा ६ जना छन्। बिहानदेखि साँझसम्म उनीहरूको दिन गिरहतकोमा काम गरेर बित्छ। गत साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले हरवाचरवा मुक्त घोषणा गरे पनि उनीहरूले मुक्ति पाएका छैनन्। छोरालाई विदश पठाउन लिएको ३ लाख ऋण जति पटक तिरे पनि  घटिरहेको छैन।

यसपटक भने उनीहरूलाई झन् ठूलो आपत् थपिएको छ। गाउँपालिकाको सूचना टाँसिदिएपछि कवुत्रीको परिवार यतिबेला हार गुहार मागिरहेको छ। ‘यहाँ सडक बनाउन हामीलाई भगाउन खोजेको छ। हामीलाई कुनै विकल्प दिएको पनि छैन। हामी कहाँ जाने?’ उनको दुखेसो छ।

यो बस्तीमा करिब ४५ घर छ। सबै परिवार गाउँपालिकासँग आन्दोलित पनि छन्। हरवाचरवाको अधिकार यात्रामा उनीहरूले न्यायको याचना मागिरहेका छन्। यहाँको दलित जनकल्याण युवा क्लबले पटक–पटक गाउँपालिकासँग  बस्तीलाई विकल्प दिन आग्रह गरिरहेको छ। ‘हामीले निरन्तर गाउँपालिकासँग लडिरहेका छौँ। गाउँपालिकाले विकल्प नदिए आन्दोलनमा उत्रिने छौँ,’ क्लबका अध्यक्ष उमेश विसुन्खेले भने।

गाउँपालिका अध्यक्ष भन्छन्– विकल्प दिनेछौँ
गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतोले प्रदेश र संघीय सरकारको बजेटमा सडक विस्तारको काम हुन लागेको बताए। वैकल्पिक व्यवस्था विना बस्ती नहटाउने उनले बताए। उनीसँग नेपाल लाइभले संक्षिप्त कुराकानी गरेको छः  

वैकल्पिक व्यवस्था नगरी आदेश दिनुभएको हो? 
संघीय र प्रदेश सरकारको अनुदानको ६२ करोड स्वीकृत भएको छ। हुलाकी सडकदेखि बरियापट्टी लगायत विभिन्न ठाउँ हुँदै हाइवेसम्म जाने सडक हो यो। टेन्डर चाहिँ पूर्वाधार कार्यालय सिरहाबाट लागेका छ। पूर्वाधार कार्यालयको अनुरोधअनुसार त्यो सूचना निकालेका छौँ। हामीले उहाँहरूलाई जानकारी गराएका छौं। यो बहुवर्षीय योजना हो।

तर यो बस्तीमा चार पुस्ताभन्दा बढी समयदेखि उहाँहरूको बसोबास छ नि? 
बस्न त पहिलादेखि नै बसेको हो।

सडक त पछि बनेको हो नि?
सडक पनि पहिला गोरेटो बाटो थियो। उहाँहरूको बस्तीमा दुई फिट कम गरेर पनि बाटो बनाएका छौं। स्थानीय पूर्वाधार कार्यालय सिरहाले परिपत्र गरेको छ हामीलाई। यहाँहरूको समस्या लिएर अस्ति पनि पालिकामा आउनुभएको थियो। मैले उहाँहरूलाई भनेको छु, ‘तपाईंहरूको संरक्षण गर्ने जिम्मा हाम्रो हो। तपाईंहरूलाई बाटो जाँदा बस्ने ठाउँ हुन्छ कि हुन्न अनुगमन गर्छौं। त्यसपछि जनप्रतिनिधिले व्यवस्थापन गरेर मात्र खाली गराउँछौं। जसको अलरेडी जग्गा छ। त्यहाँ त खाली गरिदिनुपर्यो नि। 

१५ दिनमा खाली गर् भनेर दबाबमूलक सूचना जारी गरिएको छ। व्यवस्थापन १५ दिनभित्रै गरिसक्नुहुन्छ?
सूचनाको प्रक्रिया हुन्छ। पहिला १५, त्यसपछि ७ दिन, त्यसपछि ३ र त्यसपछि २४ घण्टे। त्यसपछि अन्तिम विकल्प जब काम हुन आउँछ त्यतिबेलासम्म काम नभएमा खाली गराउँछ। उहाँहरूको अरु विकल्प छैन। त्यो क्षेत्र छाडेर अरु क्षेत्रबाट काम सुरु गर्छौं। बहुवर्षीय योजना भएकाले काम एकैपटक त हुँदैन।

यहाँको समुदायमा जबसम्म व्यवस्थापन गर्दैनौं, तबसम्म खाली गराउँदैनौं।  

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक बस्दै शुक्रबार, माघ ९, २०८२
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने शुक्रबार, माघ ९, २०८२
राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना शुक्रबार, माघ ९, २०८२
आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै शुक्रबार, माघ ९, २०८२
आज यी ६ प्रदेशमा मध्यम वर्षाको सम्भावना, चार प्रदेशमा असिना समेत पर्ने शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्