• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

समिट अपार्टमेन्टबारे ललितपुरका मेयर भन्छन्- नक्सा पास छैन, कारबाही गर्छु

64x64
कल्पना घिमिरे आइतबार, चैत २६, २०७९  १८:३०
1140x725

ललितपुर- ‘मेयरसाब हामी त बर्बाद भयौँ। हाम्रो घर, अफिस, होटल सबै भत्कियो। हाम्रो त उठिबास नै भयो,’ एक स्थानीय हात जोडेर अनुनय गर्दै थिए। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन भत्किएका घरको छेउमा उभिएर हेरिरहे। सुरुमा कुनै प्रतिक्रिया जनाएनन्। 

यो दृष्य ललितपुरस्थित बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्ट वरपरको हो। जहाँ उक्त अपार्टमेन्टको जग खन्ने क्रममा वरपरको जमिन भासिएर घर नै भत्किएका छन्। 

मेयर महर्जन अवलोकनका लागि दोस्रो दिन मात्रै पुगेपछि स्थानीयले नगर प्रमुख महर्जनसँग आक्रोशित पनि थिए। 

यही क्रममा अर्की स्थानीय रचना शाहीले थपिन्, ‘हामीले हिजो आउनुहुन्छ भनेर कत्रो आसा राख्यौँ। तर आउनुभएन। चार घर पर भएर पनि किन आउनुभएन?’

samit apartment (1)1681044235.jpg

त्यसपछि स्थानीय र नगर प्रमुखको चर्काचर्की पर्‍यो। नगर प्रमुख महर्जनले आफन्तको मृत्यु भएका कारण शनिबार अवलोकनमा आउन नसकेको भन्दै गरम हुन लागेको माहोल नरम बनाउन खोजे। यस क्रममा उनले नेवारी भाषामा सम्झाउने कोसिस गरिरहे। 

स्थानीयले नगर प्रमुखले आउन नसकेको खबर शनिबार नै आफूहरुलाई गरिदिएको भए सान्त्वनासम्म मिल्ने भन्दै गुनासो गर्ने क्रम जारी राखे। 

‘हजुर के परेर आउन सक्नुभएन, हामीलाई थाहा भएन। हामीलाई रिस उठ्यो। तर हजुरले आउन नसक्नुको कारण हिजो भनिदिएको भए रिसाउने थिएनौँ। चौधरीको मान्छे पनि आएन,’ ती स्थानीय शाहीले भनिन्।

Ncell 2
Ncell 2

‘मान्छेलाई कस्तो परिराछ,’ अर्की महिलाले थपिन्।

‘मैले एक महिना अगाडि भनेको यस्तो मेसिन नचलाउनु भनेर। बिहीबार र शुक्रबार रातभरि मेसिन चलाएको थियो। यहाँ खाल्डो खन्दा मेरो एक सय मिटर तल रहेको घर हल्लिन्छ,’ भवकाजी महर्जनले थपे। ‘यहाँ पाँगो माटो छ। यहाँ ग्यास निस्किनु पर्छ।’

samit apartment (8)1681044234.jpg

त्यसपछि लडिरहेका घरको छेउमा बसेर अन्तक्रिया गर्नुभन्दा अलि पर सुरक्षित स्थानमा बसेर कुरा गर्न सुरक्षाकमीहरुले आदेश गरे। मेयर लगायत सबै स्थानीय अलि पर रहेको खाली जमिनमा उभिएर कुराकानी गर्न थाले।

मेयर महर्जनले आफूले स्थानीय र अपार्टमेण्ट निर्माण गर्ने धनी र स्थानीयबीच छलफल भएर एग्रिमेण्ट भइसकेको सुनेको बताए।

‘मेयरसाब म बोल्छु। एग्रिमेन्ट होइन, हामीले उहाँको प्रतिवद्धता लिएका छौँ, हामी गर्छौं भनेर। हिजो हामीले कुर्‍यौं दिनभरि। किनकी, हाम्रो अभिभावक भनेको हजुर हो। हजुरले नगरेर कसले गर्छ। हजुर आएर हामीलाई पनि साथ दिनुपर्थ्यो। अर्का स्थानीयले भने, ‘बेलुका सञ्चालक आउनु भो हामीले हात जोडेर बोलाएपछि। उहाँहरुले हामीलाई आश्वासन र एउटा लिखित प्रतिवद्धता दिनुभा‘छ। अनि आज मेयरसाब र प्राविधिकसँग बसेर हामी पीडित परिवारमध्ये घरका दुई-दुई जना आएर छलफल गरेर त्यो प्रतिवद्धतालाई लिगलाइज गर्ने भएका छौं। त्यसको लागि समय पाउँ।’ 

samit apartment (6)1681044230.jpg

मेयर महर्जनले स्थानीयसँग छलफल गर्ने सहमति जनाए। ‘यो मेरो लागि मात्र होइन,  मेरो त होटल बन्द भयो। स्टाफको रोजी-रोटी खोसियो। व्यापार पनि गयो यो आर्थिक संकटको बेलामा। हजुरले पीडितको घरमा गएर के छ, के खाइस्, कहाँ बस्छस् भनिदिए पुग्छ। यसमै हो हाम्रो गुनासो। किनभने, हजुरलाई हामीले जितायौँ। हाम्रो अभिभावक हो हजुर। आफ्नै परिवार जस्तो सोचिदिनुहोला,’ होटल ग्रिनविचका सञ्चालक शशांक आचार्यले भने।

samit apartment (7)1681044231.jpg

अर्का स्थानीय भन्दै थिए, ‘हामीले दुई तला घर बनाउँदा वडाबाट नक्सा पास गरेर मात्र डिजाइन गर्नुपर्छ। अपार्टमेण्ट बनाउँदा पाइलिङ गर्न चाहिँ चाहिँदैन? स्वीकृति नलिई पाइलिङ गर्न मिल्छ? यत्रो खाल्डो बनाउँदा घरहरु भासिए। निर्माण गर्ने कन्स्ट्रक्सन कम्पनीलाई थाहा होला। भासिइसकेपछि अब समाधान गर्छ गर्छ भनेर पन्छिन त मिलेन नि। यो कुरा पहिला स्थानीयलाई बुझाउनुपर्‍यो।’

मेयर महर्जन भन्छन्, ‘समिट अपार्टमेन्टको नक्सा पास छैन। किन पास भएन, हामीलाई थाहा छैन। यसको नक्सा पास शहरी विकासबाट हुन्छ। नक्सा पास गरिसकेपछि १५ दिनको संज्ञा पत्र दिइन्छ। उक्त पत्र लिएर उहाँहरु महानगरमा आउनुपर्ने हो तर आउनु भएन। त्यसैले दोषी उहाँहरु नै हो।’

samit apartment (3)1681044223.jpg

स्थानीयको हितका लागि विधिपूर्वक आफूले काम गर्ने प्रतिवद्धता मेयर महर्जनले जनाए। सञ्चालकको गल्ती भएको दाबी गर्दै उनले भने, ‘नक्सा पास नगरी निर्माण काम थालिएको छ। म उहाँहरुलाई विधिसम्मत कार्बाही गर्छु।’

२० रोपनी जमिनमा रहेको उक्त निर्माणाधीन अपार्टमेण्टमा सांसद बिनोद चौधरी र रविभक्त श्रेष्ठको लगानी छ। अपार्टमेण्टको जग खन्ने काम ३ महिना अघिदेखि भएको स्थानीयहरु बताउँछन्। शुक्रबार राति उक्त अपार्टमेण्ट वरपरको जमिन र घरहरु भासिएपछि स्थानीयको भागदौड चलेको थियो।

उक्त जमिनमा परापूर्वकालमा विदेशी संस्थाले सञ्चालन गरेको ‘बोरिङ’ भएका कारण अहिले जमिन भासिएको ग्रिनविच होटलका वकिल होमचन्द्र श्रेष्ठले बताए।

samit apartment (5)1681044226.jpg

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै विभागकी... बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल लगायतमाथि अनुस... बुधबार, माघ ७, २०८२
विधायन व्यवस्थापन समितिको बैठक बस्दै बैठक आज दिउँसो १ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ । बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्