• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
समाचार टिप्पणी

सेलिब्रेटी प्रहरी अफिसरको ‘ओत’ राजनीति : हेभिवेट उम्मेदवारलाई देलान् त सरप्राइज?

64x64
नारायण अधिकारी आइतबार, चैत २६, २०७९  २०:४५
1140x725

काठमाडौं- जागिरका ३० वर्षसम्म अक्सर चर्चामै रहे सर्वेन्द्र खनाल। अझ एसपी, एसएसपीमा रहँदा उनको चर्चा झनै चुलियो। खनाल स्वयं चर्चाको भोका थिए। उनको शैली नै थियो- गोप्य अपरेसनमा जाँदासमेत क्यामेरा अघि-पछि लगाइहाल्ने। सधैंभरि चर्चामै रहेपछि उनले उपाधि नै पाए- ‘सेलिब्रेटी’ प्रहरी।

चर्चैचर्चामा रहेकालाई एकै पटक गुमनाम बन्दा निकै सकस हुन्छ। यसबारे उनी आफैंले जागिरको उत्तरार्द्धमा खुलासा गरेका थिए, ‘अहिले बर्दीमा ग्ल्यामर छ। भोलि बर्दी हटेपछि हामी दाह्रा-नंग्रा फुक्लिएको बाघ जस्तै हो। यत्तिकै बस्न कहाँ सकिन्छ र! केही त गर्नैपर्छ।’

त्यही केही गर्नकै लागि उनले ‘बदनाम हुनु तर गुमनाम नहुनु’ थ्यौरी प्रयोग गरे। अवकाशको दुई महिना नबित्दै गुमनाम भएका खनाललाई छटपटी भयो। कोरोना लकडाउनमा समेत उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको आज्ञा मान्दै मध्यतराई पुगे। सांसदलाई नै उठाएर काठमाडौं ल्याए। मेरियट होटलको कोठामा बन्धक बनाए। पछि तिनै सांसदले उनीविरुद्ध अपरहणको मुद्दा हाले। चर्चाका लागि जस्तो पनि जोखिम मोल्न तयार हुने खनाललाई ‘सांसद अपहरण’ को पुरस्कार स्वरुप ओलीले काठमाडौं-६ को टिकट दिए।

खासमा खनाल आफैं राजनीतिक ओत लाग्न ‘स्पेस’ खोज्दै थिए। ‘अपहरण’ले उनलाई ओली कित्तामा पुर्‍याइदियो। खनाल प्रहरी सेवामा रहँदासम्म कांग्रेस निकट भन्ने ‘ओपन सेक्रेट’ नै थियो। खनालका ससुरा पद्म पोखरेल गृह मन्त्रालयको सचिवसमेत बनेका थिए। कांग्रेसका ‘खास्सा’ मान्छे भनेर चिनिएका पोखरेल सचिव हुँदा खनालको पदोन्नति र पोस्टिङ आकर्षक ठाउँमा मात्रै हुन्थ्यो। त्यतिबेलै हो, खनाललाई डीएसपीबाट एसपी बनाउनकै लागि उनीसहित रमेश खरेल, राजेन्द्रमान श्रेष्ठ र राजेन्द्र श्रेष्ठलाई अरुभन्दा पहिले बढुवा गरिएको थियो। यो बकस खनालले कांग्रेस भएकै कारण पाएका थिए। 

सत्ताको निकट रहेर ‘तर’ खान माहिर कहलिएका खनाल आईजी बन्ने बेला प्रचण्ड निकट ढल्किए। उनकै जोडबलमा आईजी बने। गिरिजाप्रसाद कोइराला जीवित रहँदासम्म ‘खुल्लमखुला कांग्रेस’ भएका खनाल माओवादी निकट हुँदै अवकाश हुने बेला शक्तिशाली रहेका ओलीको क्याम्पमा पुगे।  

खुँखार कांग्रेस भनेर चिनिएका खनाल यस्तो बेलामा ओलीको पार्टीमा पुगेका थिए, त्यतिबेला ओलि सबैभन्दा शक्तिशाली थिए। उनी एमालेमा पुग्नुको पछाडि पनि ओतको स्वार्थ जोडिएको प्रष्टै देखिन्छ। 

ओलीसँग साइनो र खनालको स्वार्थ
प्रचण्डको जोडबलमा आईजी बने पनि उत्तरार्द्धतिर दोस्ती जम्न सकेन। प्रचण्डकै गृहजिल्ला चितवनमा एसपी सरुवाको घटनाले त प्रचण्ड-सर्वेन्द्रको सम्बन्धमा दरार नै आयो। 

२०७६ पुस ४ गते खनालले प्रचण्डको गृहजिल्लामा उनकै पूर्वपीएसओ दानबहादुर मल्ललाई हटाएर गंगा पन्तलाई जिम्मेवारी दिए। मल्ललाई हटाएको भन्दा पनि पन्तलाई चितवनको जिम्मा दिएपछि त प्रचण्ड र खनालबीच दूरी झनै बढ्यो। त्यो प्रकरणमा एसपी पन्तले प्रचण्डविरुद्ध सामाजिक सञ्जालमै कमेन्ट गरिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डसँग दूरी बढेपछि खनालले एमाले नेता महेश बस्नेत र आफ्नै गृहजिल्ला (तनहुँ) का तत्कालीन एमाले सांसद कृष्णकुमार श्रेष्ठ (किसान) मार्फत ओलीसँग सम्बन्ध जोडे। आईजीको सेवा अवधि लम्ब्याउन लागि परे पनि त्यो सफल भएन।

उनी २०७६ माघ २८ गते अवकाश भए। अवकाशको दुई महिना नबित्दै खनाल बालुवाटारमा रचिएको एउटा योजनाबद्ध प्रकरणमा सांसद ‘अपहरण’ गर्न काठमाडौंबाट जनकपुरसम्म पुगे।

२०७७ वैशाख १० गते पूर्वआईजीपी खनालसँगै उनका दोस्ती तथा एमाले सांसद महेश बस्नेत र गृहजिल्लाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले तत्कालीन समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवलाई जनकपुरबाट गाडीमा हालेर काठमाडौं ल्याएका थिए। पार्टीभित्र (तत्कालीन नेकपा) को अन्तरसंघर्षका कारण सरकार अप्ठेरोमा परेपछि ओलीको योजना अनुसार समाजवादी पार्टी फुटाउने योजनासहित डा यादवलाई अपहरण गरेर खनालसहितले काठमाडौं ल्याएको आरोप लाग्यो। पछि सांसद डा यादवले खनालसहित तीनै जनाविरुद्ध अपहरण तथा शरीर बन्धकको उजुरीसमेत दिएका थिए। उक्त मुद्दा अहिले तामेलीमा राखिएको छ।

अपहरण मात्रै होइन, अन्य मुद्दाबाट पनि खनाल घेरिएका छन्। ज्यान मुद्दादेखि अपहरण र भ्रष्टाचारसम्मका मुद्दाले घेरिएका खनाल सुरक्षित घरको खोजीमा ओत लाग्न एमाले पुगेको जानकारहरुको बुझाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

खनाल विरुद्धको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि प्रहरी र सरकारी वकिलको कार्यालयसम्म छ। प्रकाश अर्याल आईजीपी हुँदा कम गुणस्तर भएको भनेर रद्द गरिएको प्रहरीको लत्ताकपडा खरिद, १५ हजार थान बुट आफू आईजीपी हुँदा स्वीकारेको, प्रहरीको स्कर्टिङ मोटरसाइकल किन्दा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी समेत परेको थियो। त्यसपछि प्रहरी प्रधान कार्यालयबाट २०७६ भदौ २० गते अख्तियारले कागजातसमेत नियन्त्रणमा लिएको थियो। उक्त विषय अहिले पनि अख्तियारको छानबिनमै छ।

उता, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलमाथि भएको ‘फेक इन्काउन्टर’ घटनामा खनालविरुद्ध कर्तव्य ज्यान मुद्दाको किटानी जाहेरी नै परेको छ। मानवअधिकार आयोगको निर्देशन र सर्वोच्च अदालतको आदेशपछि गत असोज २० गते खनाल सहितका व्यक्तिविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।

यिनै मुद्दैमुद्दाको तरबार तेर्सिएपछि उनले ओत लाग्न राजनीतिक स्पेस खोजेको उनकै सहकर्मीहरुको समेत बुझाइ छ।

तर, ३० वर्षसम्म अपहरणकारीको पछि लागेको व्यक्तिलाई सिध्याउने नियतले अपहरणको आरोप लगाइएको खनालको दाबी छ।

सरप्राइज कति सहज ?
‘अपहरण’ को उपहार स्वरुप काठमाडौं–६ मा टिकट पाएका राजनीतिका काँचा खेलाडी खनाल पहिलो अडिसनमै असफल भए। ओलीले ‘स्टिल’ गरेपछि ब्याटल भिडन्तका लागि उनी आफ्नै गृहजिल्ला पुगेका छन्। यो पटकको त्रिपक्षीय ब्याटलमा खनालले सरप्राइज दिन्छन् वा फेरि नियति दोर्‍याउँछन्? प्रश्न अहिलेसम्म अनुत्तरित छ।

तर, यो ब्याटल खनालका लागि निकै ‘टफ’ हुने भने निश्चित छ। माओवादी लगायतका दलको समर्थन कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएर विजयी भएका थिए। अहिले खनाल उठेको दलबाट उम्मेदवार बनेका एकबहादुर राना मगरले १९ हजार ९८१ मत ल्याएका थिए। 

तेस्रो नम्बरमा कांग्रेसकै पूर्वनेता गोविन्दराज जोशीले ६ हजार ८८६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरे। तर रास्वपाले समानुपातिकमा भने १२ हजारभन्दा बढी मत ल्याएको थियो। 

यो पटक पनि कांग्रेसलाई माओवादी, समाजवादी लगायतले समर्थन गरेका छन् भने रास्वपाले प्रभावशाली अर्थविद् स्वर्णीम वाग्लेलाई टिकट दिएको छ। जसका कारण दुई हेभिवेट (गोविन्द भट्टराई र स्वर्णीम वाग्ले) लाई सरप्राइज दिन खनाललाई राम्रै साधना गर्नुपर्ने देखिन्छ।

यो पनि पढ्नुहोस

एमाले प्रवेश गर्ने सर्वेन्द्र ‘सपना’ जो समाजवादी पार्टीसँगै जन्मियो

 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्