• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एमाले प्रवेश गर्ने सर्वेन्द्र ‘सपना’ जो समाजवादी पार्टीसँगै जन्मियो

64x64
नारायण अधिकारी मंगलबार, कात्तिक ३०, २०७८  १०:०३
1140x725

काठमाडौं– ‘अहिले बर्दीमा ग्ल्यामर छ। भोलि बर्दी हटेपछि हामी दाह्रा नंग्रा फुक्लिएको बाघ जस्तै हो। यतिकै बस्न कहाँ सकिन्छ र, केही त गर्नैपर्छ’, प्रहरी सेवाको जागिरे जीवन उत्तरार्धतिर धकेलिँदै गर्दा अनौपचारिक गफगाफका क्रममा सर्वेन्द्र खनालले भनेका थिए।

ठूलो ‘पावर एक्सरसाइज’ गरेको मान्छे एकै पटक शून्यमा झर्दा आफ्नो अस्तित्व नै गुमाए जस्तो लाग्नु स्वाभाविक हो। अझ खनाल जस्ता ‘सेलिब्रेटी’ प्रहरी अफिसरमा त्यो मनोभाव आउनु सामान्य हो। प्रहरी महानिरीक्षकबाट अवकाशको मिति नजिकिँदै गर्दा सक्रिय अवकाश जीवन बिताउने छनक दिँदै उनी प्रहरी प्रधान कार्यालयबाट विदा भएका थिए। सक्रिय जीवन कस्तो रहन्छ भने विषय गर्भमै रहेका बेला एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले कात्तिक पहिलो साता खुलाइदिए- ‘सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै।’

२०७६ माघ २८ गते प्रहरी सेवाबाट निवृत्त भएपछिका खनालका गतिविधिले उनी एमाले प्रवेशको तयारीमा रहेको लख काट्न त सकिन्थ्यो तर, औपचारिक रुपमा न उनले यसबारे बोलेका थिए न उनीनिकट कसैले। अहिले एमाले प्रवेश गर्ने भनेर चर्चामा आएका खनालको विगत कोट्याउने हो भने उनी कसरी एमाले बन्न तयार भए भन्ने प्रश्न उब्जिन्छ।

खनाल प्रहरी सेवामा रहँदा सँधै कांग्रेसनिकट भनेर चिनिन्थे। यो निकटतासँगै कांग्रेससँगै निकट मानिने तत्कालीन गृहसचिव (खनालका ससुरा पदम पोखरेल) दाहिना बन्दा उनको पदोन्नति र पोस्टिङ पनि आकर्षक तरिकाले भयो। त्यसबेला उनलाई डीएसपीबाट एसपी बनाउनकै लागि उनीसहित रमेश खरेल, राजेन्द्रमान श्रेष्ठ र राजेन्द्र श्रेष्ठलाई अरुभन्दा पहिले बढुवा गरिएको थियो।

कांग्रेसनिकट मानिएका खनाल समयक्रममा प्रहरी महानिरीक्षक (आईजीपी)का दाबेदार बन्न पुगे। अनौठो चाहिँ आईजीपीका दाबेदारमध्ये एक रहेका उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जोडबलमा प्रहरीको नेतृत्वमा पुगे। खनालको आईजीपीमा नियुक्तिलाई लिएर असन्तुष्टि जनाउँदै त्यसबेलाका अर्का प्रतिस्पर्धी, डीआईजी रमेश खरेलले प्रहरी सेवा नै त्याग्ने निधो गरे र डीआईजीबाट राजीनामा दिए। 

प्रचण्डको फेर समातेर आईजीपी बनेका उनै खनाल अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको निकट बनेका छन्। गिरिजाप्रसाद कोइराला जीवित रहँदासम्म ‘खुल्लमखुल्ला कांग्रेस’ भएका खनाल माओवादीनिकट हुँदै अहिले एमाले प्रवेश गर्ने तयारीमा खुट्टा उचालेर बसेका छन्।

‘गिरिजाबाबु जीवित हुँदासम्म उनी प्रहरी संगठनमै कांग्रेसी भनेर चिनिन्थे। सत्तामा जुनसुकै पार्टी आए पनि उनी सधैँ सत्ताको नजिक हुन्थे। त्यही निकटताकै कारण आफूभन्दा सिनियरलाई उछिनेर डीआईजी हुँदै आईजीपीसम्मको यात्रा तय गरे। अहिले फेरि बलियो पार्टी छानेर एमाले प्रवेश गर्नु खनालका लागि नौलो बाटो होइन’, खनालको एमाले प्रवेश यात्राबारे प्रहरी सेवामा रहँदा उनकै एक समकक्षीले टिप्पणी गरे।

समकक्षीले टिप्पणी गरेजस्तै प्रहरी निरीक्षकदेखि एसएसपीसम्म खनाल प्रहरी सेवामा खरेलको पछि–पछि थिए। एसएसपी हुँदा खरेल संयुक्त राष्ट्रसंघीय मिसनमा थिए। खनाल भने महानगरीय प्रहरी अपराध महाशाखाको प्रमुख थिए।

nimb
nimb
Ncell 2
Ncell 2

प्रष्ट बोल्ने र नेताका ‘नेक्सस’बारे टिप्पणी गर्न नहिच्किचाउने खरेललाई दलका नेताहरु रुचाउँदैनथे। यतिसम्म कि, वामदेव गौतम गृहमन्त्री हुँदा उनले ‘ब्रिफकेस’को प्रसंग नै उप्काइदिएका थिए। खनाल भने नेता रिझाउन माहिर थिए। त्यहीकारण शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला उनले डीआईजी बढुवामा पहिलो नम्बरमा बाजी मारे। २०७४ सालको आम निर्वाचनपछि तत्कालीन एमाले–माओवादीको गठबन्धन सरकार रहेका बेला माओवादीका अध्यक्ष प्रचण्डलाई रिझाउँदै उनी आईजीपी नियुक्त भए। 

यसरी जोडियो ओलीसँग साइनो
तर, समयक्रममा प्रचण्डसँग उनको सम्बन्ध आईजीपी बन्ने बेलाको जस्तो रहेन। अझ प्रचण्डकै गृहजिल्ला चितवनको एसपी सरुवाको घटनाले त प्रचण्ड–सर्वेन्द्रको सम्बन्ध झनै टाढा बनाएको जानकारहरु बताउँछन्। २०७६ पुस ४ गते खनालले एसपी सरुवाको सूची निकालेका थिए। प्रचण्डको गृहजिल्लामा उनकै पूर्वपीएसओ (पर्सनल सेक्युरेटी अफिसर) दानबहादुर मल्ल एसपीका रुपमा कार्यरत थिए। मल्ललाई चितवनबाट हटाएर एसपी गंगा पन्तलाई खनालले चितवन सरुवा गरेका थिए। मल्ललाई हटाएको भन्दा पनि पन्तलाई चितवनको जिम्मा दिएपछि त प्रचण्ड र खनालबीच दूरी झनै बढ्यो। त्यो प्रकरणमा एसपी पन्तले प्रचण्डविरुद्ध सामाजिक सञ्जालमै कमेन्ट गरिन्।

यसरी त्यसबेलाको सत्ता साझेदार माओवादीका अध्यक्ष प्रचण्डसँग दूरी बढेपछि खनालले एमाले नेता महेश बस्नेत र आफ्नै गृहजिल्ला (तनहुँ)का तत्कालीन एमाले सांसद कृष्णकुमार श्रेष्ठ (किसान) मार्फत् ओलीसँग सम्बन्ध जोडे। २०७६ माघ १७ गते खनाल आफ्नो गृहजिल्लाका सांसद श्रेष्ठलाई अघि लगाएर प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। १५ दिनपछि आईजीपीको सेवा अवधि सकिन लागेका बेला खनालले सेवा अवधि लम्ब्याउन त्यसबेला श्रेष्ठमार्फत् ओलीसँग भेटेर प्रयत्न गरेका थिए। तर, सेवा अवधि लम्ब्याउने खनालको प्रयास सफल नभए पनि त्यो भेटले ओलीसँग निकटता बढाइदिएको जानकारहरु बताउँछन्। 

२०७६ असोज १९ मा सभामुख कृष्णबहादुर महरा एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परे। महरा पक्राउ पर्नुलाई कतिपयले ‘नियोजित’ भनेर अर्थ्याए। त्यो के भने अमेरिकी सहायता परियोजना, एमसीसी सम्झौतालाई संसद्‌बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने टकराबको परिणामको रुपमा महरा निकटले त्यस घटनालाई अर्थ्याएका थिए। 

महरा पक्राउ परेको केही दिनमै २०७६ असोज २६ गते रौटहट क्षेत्र नं २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ परे। उनी १२ वर्षअघि (२०६४ चैत २७) को रौतहट, राजपुर खरदहवामा भएको बम विस्फोट र सामूहिक हत्या घटनाको आरोपमा आलम पक्राउ परेका थिए। महरादेखि आलम पक्राउसम्मको घटनाले खनाललाई ओलीको झनै निकट पुर्‍याएको विश्लेषण एक पूर्वएआईजीको छ। उनी भन्छन्, ‘प्रतिपक्षमा बसेर जोरी खोजेको कांग्रेस र एकै पार्टी भए पनि ओलीसँग मत नमिलेका महराको हिरासत यात्राले खनाललाई झनै ओलीनिकट हुने अवसर मिल्यो।’

पछि खनालले यिनै कुरा भजाएर पदावधि लम्ब्याउन ओलीसँगै ‘लबिइङ’ गरेका थिए। पदावधि नथपिएपछि खनालले २०७६ माघ २८ गते प्रहरी सेवाबाट अनिवार्य अवकाश पाए। अवकाशको दुई महिना नबित्दै खनाल बालुवाटारमा रचिएको एउटा योजनाबद्ध प्रकरणमा सांसद ‘अपहरण’ गर्न काठमाडौंबाट जनकपुरसम्म पुगे।

२०७७ वैशाख १० गते पूर्वआईजीपी खनालसँगै उनका दोस्ती तथा एमाले सांसद महेश बस्नेत र गृहजिल्लाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले तत्कालीन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई जनकपुरबाट गाडीमा हालेर काठमाडौं ल्याएका थिए। पार्टीभित्र (तत्कालीन नेकपा)को अन्तरसंघर्षका कारण सरकार अप्ठेरोमा परेपछि ओलीको योजना अनुसार समाजवादी पार्टी फुटाउने योजनासहित डा यादवलाई अपहरण गरेर खनालसहितले काठमाडौं ल्याएको आरोप लाग्यो। पछि सांसद डा यादवले खनालसहित तीनै जनाविरुद्ध अपहरण तथा शरीर बन्धकको उजुरीसमेत दिएका थिए।

तराईबाट सांसदलाई ‘उठाएर’ काठमाडौं ल्याएपछि खनाल–ओली सम्बन्ध थप निकट बन्दै गयो। उनलाई ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त नियुक्त गर्नेसम्मका विषय सार्वजनिक भए। तर, त्यसमा सफल भएनन्। जब एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी पार्टीको जन्म भयो, त्यसपछि भने खनालको एमाले प्रवेशको ढोका खुलेको जानकाहरु बताउँछन्।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसला अनुसार नेकपा फुटेर एमाले र माओवादी मात्र ब्युँतिएनन्, त्यसको असर एमालेभित्र पनि देखा पर्‍यो। त्यो क्रम बढ्दै गएर गत भदौ ९ गते एमालेबाट विभाजन भई एकीकृत समाजवादी पार्टीको जन्म भएपछि खनालको एमाले प्रवेश विषयले चर्चा पायो। समाजवादी पार्टीको जन्म भएपछि खनालको गृहजिल्ला र त्यहाँ पनि उनकै क्षेत्रका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) समाजवादी पार्टीमा लागे। समाजवादीबाट उनी अहिले श्रममन्त्रीसमेत भइसकेका छन्। श्रेष्ठ समाजवादी प्रवेश गर्नु नै खनालको एमाले प्रवेशको ढोका खुल्ने कारण बनेको उनी निकटस्थहरु सुनाउँछन्।

२०७४ को आमनिर्वाचनमा श्रेष्ठले नेपाली कांग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेललाई ६ हजार ८ सय २ मतान्तरले पराजित गरेका थिए। श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याउँदा पौडेलले २७ हजार ६ सय ९० मत ल्याएका थिए। श्रेष्ठ समाजवादी पार्टीमा गए पनि एमालेको ठूलो मत संख्या तनहुँ क्षेत्र नम्बर १ मा रहने र आगामी निर्वाचनमा सांसदसम्म बन्न सक्ने योजनामा खनाल एमाले प्रवेशको तीव्र तयारीमा लागेको स्रोत बताउँछ। सोही अनुसार उनले आन्तरिक तयारी गरिरहेको खनालनिकट स्रोतले नेपाल लाइभलाई बतायो। 

तनहुँको यो क्षेत्र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको सदाबहार क्षेत्र हो। यहीकारण आफ्नै कारणले वा एमालेका कारणले तनहुँबाट टिकट नपाउने स्थिति भए आउँदो निर्वाचनमा खनालले मध्य तराईको जिल्ला बारा रोज्ने तयारी पनि सँगसँगै गरिरहेका छन्। निकटस्थहरुका अनुसार प्रहरी सेवामा रहँदा तराईका जिल्लमा खटिएको बेला राम्रो काम गरेको र त्यहाँको जनमत आफ्नो पक्षमा रहेको खनालको दाबी छ। उनी बारासमेत समेटिएको नारायणी अञ्चल प्रहरी प्रमुख भएर बीरगञ्जमा बसेका थिए।

अर्कोतर्फ पार्टी प्रवेश खनालका लागि बाध्यता जस्तै बनेको पनि उनका समकक्षी पूर्वप्रहरी अधिकारी बताउँछन्। ‘खनाल मुद्दैमुद्दाको घेराबन्दीमा छन्। ज्यान मुद्दादेखि अपहरण र भ्रष्टाचारसम्मका मुद्दाले घेरिएका खनाल सुरक्षित घरको खोजीमा छन्। त्यसका लागि उनले पार्टी प्रवेशलाई उत्तम विकल्प ठानेका हुनसक्छन्’, उनका समकक्षी एक पूर्वप्रहरी अधिकृतले भने।

हुन पनि खनालविरुद्धको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि प्रहरी र सरकारी वकिलको कार्यालयसम्म छ। प्रकाश अर्याल आईजीपी हुँदा कम गुणस्तर भएको भनेर रद्द गरिएको प्रहरीको लत्ताकपडा खरिद, १५ हजार थान बुट आफू आईजीपी हुँदा स्वीकारेको, प्रहरीको स्कर्टिङ मोटरसाइकल किन्दा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी समेत परेको थियो। त्यसपछि प्रहरी प्रधान कार्यालयबाट २०७६ भदौ २० गते अख्तियारले कागजात समेत नियन्त्रणमा लिएको थियो। उक्त विषय अहिले पनि अख्तियारको छानबिनमै छ।

जय सलिना इन्टरप्राइजेज र जयश्री सप्लायर्सले ३८ करोड ७३ लाख ६० हजार रुपैयाँ बराबरको सामान २०७६ असार मसान्तसम्म आपूर्ति गरिसक्नुपर्नेमा आपूर्ति नगरी पुरानो स्टक सामानलाई नयाँ आम्दानीमा बाँधेर देखाएको भन्दै अख्तियारमा खनालविरुद्ध उजुरी छ। 

उता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलमाथि भएको ‘फेक इन्काउन्टर’ घटनामा खनालविरुद्ध कर्तव्य ज्यान मुद्दाको किटानी जाहेरी नै परेको छ। खनालको प्रत्यक्ष निर्देशनमा खटाइएको प्रहरी टोलीले २०७६ असार ५ गते सर्लाहीमा पौडेलको हत्या गरेको भन्दै मानव अधिकार आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो। आयोगको छानबिनको क्रममा पौडेल दोहोरो भिडन्तमा मारिएको नभइ पक्राउ गरेर हत्या गरिएको भन्दै खनालसहितका व्यक्तिलाई ज्यान मुद्दामा कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले निर्देशन नै दिएको थियो। आयोगको निर्देशन र सर्वोच्च अदालतको आदेशपछि गत असोज २० गते खनालसहितका व्यक्तिविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।

सांसद यादव अपहरणको जाहेरी त जिल्ला सरकारी वकिलको कार्यालयले तामेलीमा राखेको छ। अपहरणदेखि हत्या र भ्रष्टाचारका तरबार खनालका सामुन्ने तेर्सिएपछि त्यसलाई छल्न उनले राजनीतिक ओत खोजेको हुनसक्ने उनका समकक्षी प्रहरी अधिकारी बताउँछन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका... सोमबार, भदौ ८, २०८३
१९९ केजी गाँजासहित टिपर चालक पक्राउ उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९.३२ केजी गाँजासहित एक टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्