• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

‘नक्कली डीएसपी’ प्रमाणित भएका सिंह: जेल पठाउनु पर्नेलाई सलाम हान्दै प्रहरी!

64x64
नेपाल लाइभ आइतबार, चैत २६, २०७९  १५:१९
1140x725

काठमाडौं– भ्रष्टाचारको कसुरमा दोषी ठहर भएर ८ महिना कैद सजाय सुनाइएका डीएसपी पक्राउ परेर जेलमा हुनुपर्ने हो। तर, प्रहरी कर्मचारी उनलाई भेटेर पनि पक्राउ गर्दैनन्, उल्टै सलाम गर्छन्। 

भ्रष्टाचारको कसुरमा दोषी विशेष अदालतले डीएसपी रमेशबहादुर सिंहलाई दोषी ठहर गरेको १ वर्ष भइसकेको छ। २०७८ चैत २५ गते विशेष अदालतका न्यायाधीशहरु श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले उनलाई दोषी ठहर गरेको थियो। 

जन्ममिति सच्याएर प्रहरी सेवामा प्रवेश गरेको पुष्टि गर्दै अदालतले सिंहलाई ८ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसलापछि पक्राउ गरेर सिंहलाई जेल पठाउनुपर्नेमा प्रहरीबाट सिंहले उल्टै सम्मान पाइरहेका पाइएको हो। 

यो पनि पढ्नुहोस

डिएसपीको कुटिल चाल : त्रिविदेखि सिडिओसम्म गुमराहमा, अख्तियारले खोतल्दै कर्तुत

अदालतबाट दोषी ठहर भइ फरार भएकाहरुलाई विशेष अपरेशन नै चलाएर पक्राउ गर्दै प्रहरीले जेल पठाए पनि सिंहको हकमा भने त्यो लागु हुन सकेको छैन। 

नागरिकता, शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात नै सच्याएको कसुरमा दोषी ठहर हुँदा समेत उनी अहिलेसम्म पक्राउ नपर्नुले प्रहरीले उनीमाथि सदासहायत देखाएको खुल्छ। सेवामा रहँदा अवैध रुपमा सम्पत्ति आर्जन गरेको कसुरमा अख्तियारले सिंहमाथि अनुसन्धान गरिरहेको छ। 

उक्त कसुरको अनुसन्धानको क्रममा केही दिन अगाडि मात्रै सिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल, काठमाडौंस्थित कार्यालय पुगेका थिए। 

बयान दिन टंगाल पुगेका सिंहलाई प्रहरीले पक्राउ गरेन। गेटमा भएका प्रहरी कर्मचारीले उल्टै सलाम ठोकेर सिंहलाई कार्यालयमा ‘स्वागत’ गरे।

यो पनि पढ्नुहोस

जन्ममिति सच्याएर १६ वर्ष जागिर खाएका डीएसपी सिंह दोषी ठहर

आफैंले मुद्दा चलाएर दोषी ठहर भएको जानकार हुँदाहुँदै पनि सिंहलाई पक्राउ गर्नेबारे अख्तियार प्रशासनले पनि चासो देखाएन। अख्तियारका कर्मचारीले उनको बयान लिएर बिदा गरेका थिए। 

nimb
nimb

नागरिकता, विद्यालयदेखि क्याम्पससम्मका कागजातहरु कीर्ते गरेको पाइएकाले सिंहमाथि छानबिन गर्न भन्दै अख्तियारले नै जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी कार्यालय बझाङलाई पत्राचार गरेको थियो। कीर्तेको कसुरमा अहिले पनि बझाङ र काठमाडौं प्रहरीमा सिंहविरुद्धको उजुरी कायमै छ।

दुवै कार्यालयले सिंहविरुद्ध अनुसन्धान अगाडि बढाएका छैनन्। दुवै कार्यालयले सिंहविरुद्धको उजुरी थन्काएका मात्रै छन्। 

प्रहरीले उनलाई ‘फरार अभियुक्त’को सूचीमा राखेको छ। तर सिंह भने उल्टै प्रहरी कार्यालयदेखि अख्तियारसम्म प्रहरी कर्मचारीको सलाम खाँदै आउजाउ गर्दै आएका छन्। 

यो पनि पढ्नुहोस

भ्रष्टाचारमा दोषी ठहर भएका डीएसपी सिंहः जसले आफैं दिए फस्ने बयान, फरेन्सिकले गर्‍यो कीर्तेको पुष्टि!

नेपाल लाइभले डीएसपी सिंहले कागजात सच्याएर प्रहरीको जागिर खाएकोबारे समाचार प्रकाशन गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छानबिन अघि बढाएको थियो। अख्तियारकै अनुसन्धानअनुसार पछि मुद्दा चल्यो र उनी दोषी ठहर भएका थिए।

२०५८ मंसिर १२ मा प्रहरी निरीक्षकमा भर्नाका लागि आवेदन खुला भएको थियो। त्यो बेला रमेश सिंहले पनि प्रहरी निरीक्षकमा भर्ना हुनका लागि आवेदन दिए। 

२०५८ सालमा परीक्षा दिएका परीक्षार्थीको नतिजा लोक सेवा आयोगले २०६१ सालमा निकाल्यो। आवेदन दिएकामध्ये ८४ जना परीक्षार्थी उत्तीर्ण भएका थिए। तीमध्ये एक थिए, रमेशबहादुर सिंह। उनै रमेशबहादुर सिंह २०६१ जेठ १५ गतेबाट प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका थिए।

प्रहरी सेवामा भर्ना भएर १६ वर्ष सेवा गरिसकेका  सिंहले नागरिकता लगायत कागजात कीर्ते गरेर जागिर खाएको विषयमा नेपाल लाइभले समाचार प्रकाशित गरेको थियो। 

बझाङको श्री शान्ति माध्यमिक विद्यालय चौघानपाटाबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरेका थिए सिंहले। सिंहको एसएलसीको सिम्बोल नम्बर ०७०००५४ (बी) हो।

यो पनि पढ्नुहोस

डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद र १५ हजार जरिवानाको फैसला

एसएसलीको लब्धांकपत्रअनुसार उनको उमेर त्यसबेला २६ वर्ष भइसकेको थियो। लब्धांकपत्रमा उनको जन्ममिति २०३२ माघ १२ गते थियो। प्रहरीमा आवेदन खुलेको बेला उनी २५ वर्ष ११ महिनाको भइसकेका थिए। प्रहरी नियमावलीअनुसार आवेदन खुलेको मितिमा २५ वर्ष ननाघेको व्यक्तिले मात्रै आवेदन दिन मिल्ने व्यवस्था छ।

प्रहरी नियमावलीको व्यवस्थाअनुसार सिंह आवेदन दिन नै अयोग्य थिए। त्यसपछि सिंहले स्कूलले दिने एसएलसीको चारित्रिक प्रमाणपत्र नै नक्कली बनाए।

नक्कली बनाइएको चारित्रिक प्रमाणपत्रमा उनको जन्म मिति २०३३ माघ १२ गते राखियो। नक्कली चारित्रिक प्रमाणपत्रअनुसार उनी उनी प्रहरी निरीक्षकको आवेदन दिन योग्य भएका थिए।  बझाङबाट जारी भएको नागरिकता प्रमाणपत्रमासमेत उनको जन्ममिति २०३२ माघ १२ गते नै थियो।

नागरिकतालगायत अन्य प्रमाणपत्र सच्याउनुपर्ने भएपछि सिंहले सोही चारित्रिक प्रमाणपत्रको आधारमा नागरिकताको प्रतिलिपि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिए, जन्ममिति २०३३ माघ १२ गते राखेर। पछि नागरिकता र एसएलसीको चारित्रिक प्रमाणपत्रअनुसार अन्य डकुमेन्टमा भएको २०३२ सालको अन्तिमको ‘२’ को ठाउँमा ‘३’ बनाएर सच्याएको पाइएपछि उनी दोषी ठहर भएका हुन्। 

डिएसपी सिंहले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु, नेपाल ल क्याम्पसदेखि जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासनसम्मलाई गुमराहमा राखेका थिए। उनले २०३२ को अन्तिमको ‘२’ रहेको स्थानमा ‘३’ बनाएको उक्त डकुमेन्ट नै ‘फेक’ भएको प्रमाणित भएको थियो। 

डिएसपी सिंहको परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट जारी भएको रजिस्ट्रेसन नम्बर २५८६२–९२ हो। यो रजिस्ट्रेसन नम्बर लिँदा उनको जन्ममिति २०३२ माघ १२ नै थियो। तर उनले प्रहरी निरीक्षकमा भर्ना हुन जन्ममिति सच्याएर नागरिकता र स्कूलको चारित्रिक प्रमाणपत्र बनाइसकेका थिए। सोही  अनुसार त्रिविको सर्टिफिकेटमा २०३२ को ‘२’ को ठाउँमा ‘३’ बनाएर पेस गरी प्रहरी सेवामा प्रवेश गरेका थिए।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १५:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ?
प्रधानमन्त्री बालेनको जानकारी : बाढी प्रभावित क्षेत्रमा १५ भन्दा बढी उडान, टिमुरेबाट ११६ जनाको उद्धार
रविले बोलाएको सर्वदलीय बैठक सुरु, प्रचण्ड र गगनसहितका शीर्ष नेता सहभागी
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्री बालेनको जानकारी : बाढी प्रभावित क्षेत्रमा १५ भन्दा बढी उडान, टिमुरेबाट ११६ जनाको उद्धार बिहीबार, भदौ ११, २०८३
रविले बोलाएको सर्वदलीय बैठक सुरु, प्रचण्ड र गगनसहितका शीर्ष नेता सहभागी बिहीबार, भदौ ११, २०८३
बाढी प्रभावितको उद्धारका लागि २० हेलिकप्टर ‘स्ट्यान्डबाइ’, १० वटा परिचालन बिहीबार, भदौ ११, २०८३
तीर्थयात्री बोकेकासहित दर्जनौँ बस सम्पर्कविहीन, उद्धारका लागि यातायात महासंघको आपत्कालीन बैठक बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
नेपालको विपद्‌मा सहयोग लिएर आउँदै सोनु सूद: भने– ‘नेपाल, तिमी एक्लो छैनौ, हामी खाना र आश्रय लिएर आउँदैछौँ’ बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्