• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

डिएसपीको कुटिल चाल : त्रिविदेखि सिडिओसम्म गुमराहमा, अख्तियारले खोतल्दै कर्तुत

64x64
नारायण अधिकारी शनिबार, असार २७, २०७७  १८:५९
1140x725

काठमाडौं- गत मंसिरको अन्तिमदेखि पुसको पहिलो सातासम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालले महानगरीय प्रहरी वृत्त  बौद्धका तत्कालीन डिएसपी रमेश सिंहलाई तत्काल आफ्नो कार्यालयमा उपस्थित हुन पटक पटक निर्देशन गर्‍यो।

आयोगले उपस्थित हुन भनेपनि डिएसपी सिंह केही मिनेटमै पुगिने आयोगको कार्यालय गएनन्। पटक पटकको निर्देशन गर्दा पनि उनी उपस्थित नभएपछि अख्तियारले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै सिंहलाई तत्काल अख्तियारमा उपस्थित गराउन निर्देशन दियो। अख्तियारबाट प्रहरी प्रधान कार्यालय हुँदै उक्त पत्र पुस १५ गते महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुगेको थियो। 

पत्रको सार थियो, ‘जन्ममिति सच्याएर सेवामा निरन्तरता दिएको र भ्रष्टाचार निवारण ऐन २०५९ विपरित काम गरेको विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले तत्काल आयोगको कार्यालयमा डिएसपी सिंहलाई उपस्थित गराइदिनुहोला।’

अख्तियारले थालेको यही अनुसन्धानको काम अहिले अन्तिम चरणमा पुगेको छ।

प्रहरीमा भर्ना हुन यसरी चालेका थिए सिंहले कुटिल चाल
२०५८ मंसिरमा प्रहरी निरीक्षकमा भर्नाका लागि आवेदन खुल्ला भएको थियो। त्यो बेला रमेश सिंहले पनि प्रहरी निरीक्षकमा भर्ना हुनका लागि आवेदन दिए।सशस्त्र द्वन्द्वको समय थियो। प्रहरी निरीक्षकको नतिजा निस्कन भने ढिलाई भइरहेको थियो। 

कुटिल चाल चालेर आफ्नो जागिर वैधानिक बनाउन लागेका सिंहको योजना भने फेल हुने भएको छ।

२०५८ सालमा परीक्षा दिएका परीक्षार्थीको नतिजा लोक सेवा आयोगले २०६१ सालमा बल्ल निकाल्यो। आवेदन दिएकामध्ये ८४ जना परीक्षार्थी उत्तीर्ण भएका थिए। ती मध्ये एक थिए, रमेश सिंह। उनै रमेश सिंह २०६१ जेठ १५ गतेबाट प्रहरी निरीक्षकमा सेवा प्रवेश गरे। 

अहिले डिएसपी भएर बालबालिका खोजतलास तथा समन्वय केन्द्र भृकुटीमण्डपमा कार्यरत छन् सिंह। प्रहरी सेवामा भर्ना भएर १६ वर्ष सेवा गरिसकेका तिनै डिएसपी सिंहको भर्ना प्रक्रिया माथि नै अहिले प्रश्न उठेकोे छ।

nimb
nimb
Ncell 2
Ncell 2

बझाङको श्री शान्ति माध्यमिक विद्यालय चौघानपाटाबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरेका थिए सिंहले। सिंहको एसएलसीको सिम्बोल नम्बर ०७०००५४ (बी) हो।

२०५८ साल मंसिरमा प्रहरी निरीक्षक भर्नाका लागि आवेदन खुल्यो। एसएसलीको लब्धांकपत्रअनुसार उनको उमेर त्यसबेला २६ वर्ष भइसकेको थियो। लब्धांकपत्रमा उनको जन्ममिति २०३२ माघ १२ गते थियो। प्रहरीमा आवेदन खुलेको बेला उनी २५ वर्ष ११ महिनाको भइसकेका थिए। प्रहरी नियमावली अनुसार आवेदन खुलेको मितिमा २५ वर्ष ननाघेको व्यक्तिले मात्रै आवेदन दिन मिल्ने व्यवस्था छ।

प्रहरी नियमावलीको व्यवस्था अनुसार आवेदन दिन नै सिंह अयोग्य भए। स्रोतका अनुसार सिंहले त्यसपछि स्कूलले दिने एसएलसीको चारित्रिक प्रमाणपत्र नै नक्कली बनाए। ‘यसमा सिंहले कीर्ते गरेर नक्कली बनाए वा स्कूललाई प्रभावमा पारेर नक्कली बनाइयो त्यो अनुसन्धान गर्दैछौं,’ स्रोतले नेपाल लाइभसँग भन्यो।

नक्कली बनाइएको चारित्रिक प्रमाणपत्रमा उनको जन्ममिति २०३३ माघ १२ गते राखियो। चारित्रिक प्रमाणपत्रअनुसार अब भने उनी प्रहरी निरीक्षकको आवेदन दिन योग्य भएका थिए। तर अन्य प्रमाणपत्र र नागरिकताअनुसार भने उनी अयोग्य थिएनन्। किनकि अन्य सर्टिफिकेटमा उनको जन्ममिति २०३२ माघ १२ गते थियो।

बझाङबाट जारी भएको नागरिकता प्रमाणपत्रमा समेत उनको उमेर २०३२ माघ १२ गते नै थियो। नागरिकतालगायत अन्य प्रमाणपत्र सच्याउनुपर्ने भएपछि सिंहले सोही चारित्रिक प्रमाणपत्रको आधारमा नागरिकताको प्रतिलिपि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिए, जन्ममिति २०३३ माघ १२ गते राखेर। पछि नागरिकता र एसएलसीको चारित्रिक प्रमाणपत्रअनुसार अन्य डकुमेन्टमा भएको २०३२ सालको अन्तिमको २ को ठाउँमा ३ बनाएर सच्याएको पाइएको अनुसन्धानबाट खुलेको छ।

डिएसपीको कुटिल चालले ल क्याम्पसदेखि त्रिवि पनिकासम्म हलचल
डिएसपी सिंहले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु, नेपाल ल क्याम्पसदेखि जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासनसम्मलाई गुमराहमा राखेको पाइएको छ। सिंहले जन्ममिति कीर्ते गरेको अख्तियारमा उजुरी परेपछि कसरी जन्ममिति फरक भयो भनेर अख्तियारले यस घटनामा सिंहले अध्ययन गरेको नेपाल ल क्याम्पस र उनको सर्टिफिकेट जारी गर्ने परीक्षा नियन्त्रण कार्यालय बल्खुसम्मलाई सोधपुछ गरेको थियो। 

यसबारेमा ल क्याम्पस र परीक्षा नियन्त्रण कार्यालय जवाफसमेत फर्काइसकेका छन्। उनले २०३२ को अन्तिमको '२' रहेको स्थानमा '३' बनाएको उक्त डकुमेन्ट नै 'फेक' भएको भनेर अख्तियारले अनुसन्धान थालेपछि उनले कुटिल चाल चाल्दै ल क्याम्पसदेखि परीक्षा नियन्त्रण कार्यालयसम्मलाई गुमराहमा राखेको पाइएको छ।

अख्तियारले छानबिन थालेपछि डिएसपी सिंहले बौद्धमा कार्यरत एसएसलसीको चारित्रिक प्रमाणपत्रमा '२०३२' को ठाउँमा '२०३३' बनाएका थिए।

डिएसपी सिंहको परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट जारी भएको रजिस्ट्रेसन नम्बर २५८६२-९२ हो। यो रजिस्ट्रेसन नम्बर लिँदा उनको जन्ममिति २०३२ माघ १२ नै थियो। तर उनले प्रहरी निरीक्षकमा भर्ना हुन जन्ममिति सच्याएर नागरिकता र स्कूलको चारित्रिक प्रमाणपत्र बनाइसकेका थिए। सोहीलाई अनुसार त्रिविको सर्टिफिकेटमा २०३२ को '२' को ठाउँमा '३' बनाएर पेश गरी प्रहरी सेवामा प्रवेश गरेको पाइएको छ। तर अहिले अख्तियारले उक्त सर्टिफिकेट कीर्ते गरेको भनेर छानबिन गरेपछि उनी हतारमा जन्ममिति २०३३ बनाएर सर्टिफिकेट बनाउन परीक्षा नियन्त्रण कार्यालय बल्खुदेखि ल क्याम्पससम्म पुगेको पाइएको छ। 

स्रोतका अनुसार अख्तियारले छानबिन थालेपछि डिएसपी सिंहले बौद्धमा कार्यरत रहँदा एसएसलसीको चारित्रिक प्रमाणपत्रमा '२०३२' को ठाउँमा '२०३३' बनाएका थिए। २०३३ बनाएको चारित्रक प्रमाणपत्र नयाँ देखिने भएकाले ध्वाँसोमा दलेर पुरानो बनाएर ल्याउनु भन्दै एक सिपाहीलाई जिम्मा समेत दिएको तथ्य नेपाल लाइभले प्राप्त गरेको छ। त्यही ध्वाँसोमा दलेको जन्ममिति २०३३ कायम गरिएको एसएलसीको चारित्रिक प्रमाणपत्र र नागरिकताको फोटाकपी लिएर गत मंसिरमा डिएसपी परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका थिए।

यी दुईलाई आधार बनाएर पेश गर्दै परीक्षा नियन्त्रण कार्यालय बल्खुमा जन्ममिति २०३३ माघ १२ हुन पाउँ भन्दै सिंहले निवेदन दिएका थिए। सोही निवदेनको आधारमा गत मंसिरको २२ गते जन्ममिति २०३३ माघ १२ गते बनाई रजिस्ट्रेसन नम्बर जारी गरिएको जवाफ बल्खुको छ। तर अख्तियारले अहिले सोधपुछ गरेपछि भने घटनाले नयाँ मोड लिएको छ। आफैंले जारी गरेको रजिस्ट्रेसन नम्बर नै बल्खुले खारेज गरेको छ। स्रोतका अनुसार आफू पनि फस्ने भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुले हतार हतार रजिस्ट्रेसन नम्बर खारेज गरेको हो।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले भनेको छ, ‘सिंहको जन्ममितिको बारेमा शंका लागेर छानबिन गर्ने क्रममा नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरलाई पत्राचार गर्दा सिम्बोल नम्बर ०७०००५४ (बी) बाट २०४८ सालमा सम्मिलित परीक्षार्थी रमेश बहादुर सिंहको जन्ममिति २०३२ माघ १२ रहेको भनी उल्लेख भई आएको हुँदा यसअघि जारी भएको जन्ममिति २०३३ माघ १२ गतेलाई खारेज गरिएको छ।’

उता जन्ममिति घटाएर प्रमाणपत्र जारी गर्ने नेपाल ल क्याम्पसमा समेत यो घटनाले हलचल भएको थियो। अख्तियारले ल क्याम्पसलाई पनि यसबारे सोधपुछ गरेपछि यसको जवाफ ल क्याम्पसले फर्काएको छ। ल क्याम्पसले भनेको छ, ‘रमेश बहादुर सिंहले चारित्रिक प्रमाणपत्र हराएकाले प्रतिलिपि पाउँ भन्दै गत मंसिर ३० मा निवेदन दिएका थिए। परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ मंसिर २२ गते जारी गरेको रजिस्ट्रेसन नम्बर अनुसार उनको जन्ममिति २०३३ माघ १२ गते देखिएकाले सोही जन्ममिति राखेर चारित्रिक प्रमाण पत्र दिइएको थियो। उनले बदमासी गरेर जन्ममिति सच्याएको पाइयो। अहिले हामीले त्यो चारित्रिक प्रमाणपत्र खारेज गरिसकेका छौं।’

उनीविरुद्धको आरोप पुष्टि भएमा सेवा प्रवेश गरेदेखि अहिलेसम्म सिंहले पाएको सेवासुविधा तलबभत्ता सबै फिर्ता गर्नुपर्ने हुन्छ।

मंसिर २२ गते सुटुक्क जन्ममिति सच्याएर रजिस्ट्रेसन नम्बर लिएपछि सोहीलाई आधार बनाउँदै चारित्रिक प्रमाणपत्र बनाइ पाउँ भन्दै ८ दिनपछि मंसिर ३० गते सिंह ल क्याम्पस पुगेका थिए। त्यसपछि ल क्याम्पसले गत पुस ६ गते चारित्रिक प्रमाणपत्र सिंहलाई दिएको थियो।

ल क्याम्पसमा २०५२ सालमा भर्ना भई २०५५ सालमा एलएलबी उत्तीर्ण गरेका सिंहको त्यसबेला भने २०३२ माघ १२ को जन्ममितिकै प्रमाणपत्र भएको ल क्याम्पसले जनाएको छ। यसरी कुटिल चाल चालेर आफ्नो जागिर वैधानिक बनाउन लागेका सिंहको योजना भने फेल हुने भएको छ।

परीक्षा नियन्त्रण कार्यालय बल्खु र ल क्याम्पस दुवैले उनको प्रमाणपत्र खारेज गरेपछि उनको प्रहरी भर्ना नै वैधानिक नहुने देखिएको हो। स्रोतका अनुसार उनीमथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। अबको केही दिनमा अख्तियारले विशेष अदालतमा उनीविरुद्ध सरकारी कागजात कीर्ते गरी भ्रष्टाचार निवारण ऐन २०५९ विपरीत काम गरेको भन्दै मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

उनीविरुद्धको आरोप पुष्टि भएमा सेवा प्रवेश गरेदेखि अहिलेसम्म सिंहले पाएको सेवासुविधा तलबभत्ता सबै फिर्ता गर्नुपर्ने हुन्छ।

अख्तियारको फन्दाबाट पहिला पनि उम्केका थिए सिंह
अहिले अख्तियारले अनुसन्धान गरी रहेका सिंहविरुद्ध यसअघि पनि अख्तियारले मुद्दा चलाएको थियो। त्यसबेला उनी महानगरीय प्रहरी परिसर ललितपुरमा प्रहरी निरीक्षकको रुपमा कार्यरत थिए। दुई पक्षबीचको लेनदेन विषयमा 'रकम तिर्ने समय लम्ब्याई दिन्छु' भन्दै सिंहसहितको टोलीले घुस लिएको थियो। 

त्यसबेला सिंह र अर्का प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीबाट ३ लाख र सई लालमणि पाण्डेबाट १ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियारले २०७२ फागुनमा पक्राउ गरेको थियो। कलंकीको 'द स्टुडेन्ट क्याफे'बाट पाण्डे १ लाख ५० हजारसहित पक्राउ परेका थिए।

घटनामा पाण्डेले सिंह र ज्ञवालीको नाम लिएपछि उनीहरुलाई ३ लाख घुससहित पक्राउ गरिएको थियो। २०७२ फागुन १८ गते अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरे पनि शक्तिकेन्द्रको पुहँचको आधारमा उनीहरुले सफाई पाइएका थिए। अहिले उनै सिंहविरुद्ध अख्तियारले मुद्दा दायर गरेपनि कारबाही होला भन्नेमा शंका उब्जिएको छ।

प्रकाशित मिति: शनिबार, असार २७, २०७७  १८:५९
  • #tu
  • #cdo
  • #dsp-sing

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
नाडामा टाटाको सिएरा ईभी सार्वजनिक, नेक्सन ईभीको नयाँ भेरियन्टमा १ लाख ५० हजार छुट मंगलबार, भदौ ९, २०८३
विपक्षी दलका सांसदको अनुपस्थितिमा प्रदेशसभाबाट विश्वासको मत लिए थापाले, तीन दलको बहिस्कार मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्