• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

डिएसपीको कुटिल चाल : त्रिविदेखि सिडिओसम्म गुमराहमा, अख्तियारले खोतल्दै कर्तुत

64x64
नारायण अधिकारी शनिबार, असार २७, २०७७  १८:५९
1140x725

काठमाडौं- गत मंसिरको अन्तिमदेखि पुसको पहिलो सातासम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालले महानगरीय प्रहरी वृत्त  बौद्धका तत्कालीन डिएसपी रमेश सिंहलाई तत्काल आफ्नो कार्यालयमा उपस्थित हुन पटक पटक निर्देशन गर्‍यो।

आयोगले उपस्थित हुन भनेपनि डिएसपी सिंह केही मिनेटमै पुगिने आयोगको कार्यालय गएनन्। पटक पटकको निर्देशन गर्दा पनि उनी उपस्थित नभएपछि अख्तियारले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै सिंहलाई तत्काल अख्तियारमा उपस्थित गराउन निर्देशन दियो। अख्तियारबाट प्रहरी प्रधान कार्यालय हुँदै उक्त पत्र पुस १५ गते महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुगेको थियो। 

पत्रको सार थियो, ‘जन्ममिति सच्याएर सेवामा निरन्तरता दिएको र भ्रष्टाचार निवारण ऐन २०५९ विपरित काम गरेको विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले तत्काल आयोगको कार्यालयमा डिएसपी सिंहलाई उपस्थित गराइदिनुहोला।’

अख्तियारले थालेको यही अनुसन्धानको काम अहिले अन्तिम चरणमा पुगेको छ।

प्रहरीमा भर्ना हुन यसरी चालेका थिए सिंहले कुटिल चाल
२०५८ मंसिरमा प्रहरी निरीक्षकमा भर्नाका लागि आवेदन खुल्ला भएको थियो। त्यो बेला रमेश सिंहले पनि प्रहरी निरीक्षकमा भर्ना हुनका लागि आवेदन दिए।सशस्त्र द्वन्द्वको समय थियो। प्रहरी निरीक्षकको नतिजा निस्कन भने ढिलाई भइरहेको थियो। 

कुटिल चाल चालेर आफ्नो जागिर वैधानिक बनाउन लागेका सिंहको योजना भने फेल हुने भएको छ।

२०५८ सालमा परीक्षा दिएका परीक्षार्थीको नतिजा लोक सेवा आयोगले २०६१ सालमा बल्ल निकाल्यो। आवेदन दिएकामध्ये ८४ जना परीक्षार्थी उत्तीर्ण भएका थिए। ती मध्ये एक थिए, रमेश सिंह। उनै रमेश सिंह २०६१ जेठ १५ गतेबाट प्रहरी निरीक्षकमा सेवा प्रवेश गरे। 

अहिले डिएसपी भएर बालबालिका खोजतलास तथा समन्वय केन्द्र भृकुटीमण्डपमा कार्यरत छन् सिंह। प्रहरी सेवामा भर्ना भएर १६ वर्ष सेवा गरिसकेका तिनै डिएसपी सिंहको भर्ना प्रक्रिया माथि नै अहिले प्रश्न उठेकोे छ।

Ncell 2
Ncell 2

बझाङको श्री शान्ति माध्यमिक विद्यालय चौघानपाटाबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरेका थिए सिंहले। सिंहको एसएलसीको सिम्बोल नम्बर ०७०००५४ (बी) हो।

२०५८ साल मंसिरमा प्रहरी निरीक्षक भर्नाका लागि आवेदन खुल्यो। एसएसलीको लब्धांकपत्रअनुसार उनको उमेर त्यसबेला २६ वर्ष भइसकेको थियो। लब्धांकपत्रमा उनको जन्ममिति २०३२ माघ १२ गते थियो। प्रहरीमा आवेदन खुलेको बेला उनी २५ वर्ष ११ महिनाको भइसकेका थिए। प्रहरी नियमावली अनुसार आवेदन खुलेको मितिमा २५ वर्ष ननाघेको व्यक्तिले मात्रै आवेदन दिन मिल्ने व्यवस्था छ।

प्रहरी नियमावलीको व्यवस्था अनुसार आवेदन दिन नै सिंह अयोग्य भए। स्रोतका अनुसार सिंहले त्यसपछि स्कूलले दिने एसएलसीको चारित्रिक प्रमाणपत्र नै नक्कली बनाए। ‘यसमा सिंहले कीर्ते गरेर नक्कली बनाए वा स्कूललाई प्रभावमा पारेर नक्कली बनाइयो त्यो अनुसन्धान गर्दैछौं,’ स्रोतले नेपाल लाइभसँग भन्यो।

नक्कली बनाइएको चारित्रिक प्रमाणपत्रमा उनको जन्ममिति २०३३ माघ १२ गते राखियो। चारित्रिक प्रमाणपत्रअनुसार अब भने उनी प्रहरी निरीक्षकको आवेदन दिन योग्य भएका थिए। तर अन्य प्रमाणपत्र र नागरिकताअनुसार भने उनी अयोग्य थिएनन्। किनकि अन्य सर्टिफिकेटमा उनको जन्ममिति २०३२ माघ १२ गते थियो।

बझाङबाट जारी भएको नागरिकता प्रमाणपत्रमा समेत उनको उमेर २०३२ माघ १२ गते नै थियो। नागरिकतालगायत अन्य प्रमाणपत्र सच्याउनुपर्ने भएपछि सिंहले सोही चारित्रिक प्रमाणपत्रको आधारमा नागरिकताको प्रतिलिपि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिए, जन्ममिति २०३३ माघ १२ गते राखेर। पछि नागरिकता र एसएलसीको चारित्रिक प्रमाणपत्रअनुसार अन्य डकुमेन्टमा भएको २०३२ सालको अन्तिमको २ को ठाउँमा ३ बनाएर सच्याएको पाइएको अनुसन्धानबाट खुलेको छ।

डिएसपीको कुटिल चालले ल क्याम्पसदेखि त्रिवि पनिकासम्म हलचल
डिएसपी सिंहले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु, नेपाल ल क्याम्पसदेखि जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासनसम्मलाई गुमराहमा राखेको पाइएको छ। सिंहले जन्ममिति कीर्ते गरेको अख्तियारमा उजुरी परेपछि कसरी जन्ममिति फरक भयो भनेर अख्तियारले यस घटनामा सिंहले अध्ययन गरेको नेपाल ल क्याम्पस र उनको सर्टिफिकेट जारी गर्ने परीक्षा नियन्त्रण कार्यालय बल्खुसम्मलाई सोधपुछ गरेको थियो। 

यसबारेमा ल क्याम्पस र परीक्षा नियन्त्रण कार्यालय जवाफसमेत फर्काइसकेका छन्। उनले २०३२ को अन्तिमको '२' रहेको स्थानमा '३' बनाएको उक्त डकुमेन्ट नै 'फेक' भएको भनेर अख्तियारले अनुसन्धान थालेपछि उनले कुटिल चाल चाल्दै ल क्याम्पसदेखि परीक्षा नियन्त्रण कार्यालयसम्मलाई गुमराहमा राखेको पाइएको छ।

अख्तियारले छानबिन थालेपछि डिएसपी सिंहले बौद्धमा कार्यरत एसएसलसीको चारित्रिक प्रमाणपत्रमा '२०३२' को ठाउँमा '२०३३' बनाएका थिए।

डिएसपी सिंहको परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट जारी भएको रजिस्ट्रेसन नम्बर २५८६२-९२ हो। यो रजिस्ट्रेसन नम्बर लिँदा उनको जन्ममिति २०३२ माघ १२ नै थियो। तर उनले प्रहरी निरीक्षकमा भर्ना हुन जन्ममिति सच्याएर नागरिकता र स्कूलको चारित्रिक प्रमाणपत्र बनाइसकेका थिए। सोहीलाई अनुसार त्रिविको सर्टिफिकेटमा २०३२ को '२' को ठाउँमा '३' बनाएर पेश गरी प्रहरी सेवामा प्रवेश गरेको पाइएको छ। तर अहिले अख्तियारले उक्त सर्टिफिकेट कीर्ते गरेको भनेर छानबिन गरेपछि उनी हतारमा जन्ममिति २०३३ बनाएर सर्टिफिकेट बनाउन परीक्षा नियन्त्रण कार्यालय बल्खुदेखि ल क्याम्पससम्म पुगेको पाइएको छ। 

स्रोतका अनुसार अख्तियारले छानबिन थालेपछि डिएसपी सिंहले बौद्धमा कार्यरत रहँदा एसएसलसीको चारित्रिक प्रमाणपत्रमा '२०३२' को ठाउँमा '२०३३' बनाएका थिए। २०३३ बनाएको चारित्रक प्रमाणपत्र नयाँ देखिने भएकाले ध्वाँसोमा दलेर पुरानो बनाएर ल्याउनु भन्दै एक सिपाहीलाई जिम्मा समेत दिएको तथ्य नेपाल लाइभले प्राप्त गरेको छ। त्यही ध्वाँसोमा दलेको जन्ममिति २०३३ कायम गरिएको एसएलसीको चारित्रिक प्रमाणपत्र र नागरिकताको फोटाकपी लिएर गत मंसिरमा डिएसपी परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका थिए।

यी दुईलाई आधार बनाएर पेश गर्दै परीक्षा नियन्त्रण कार्यालय बल्खुमा जन्ममिति २०३३ माघ १२ हुन पाउँ भन्दै सिंहले निवेदन दिएका थिए। सोही निवदेनको आधारमा गत मंसिरको २२ गते जन्ममिति २०३३ माघ १२ गते बनाई रजिस्ट्रेसन नम्बर जारी गरिएको जवाफ बल्खुको छ। तर अख्तियारले अहिले सोधपुछ गरेपछि भने घटनाले नयाँ मोड लिएको छ। आफैंले जारी गरेको रजिस्ट्रेसन नम्बर नै बल्खुले खारेज गरेको छ। स्रोतका अनुसार आफू पनि फस्ने भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुले हतार हतार रजिस्ट्रेसन नम्बर खारेज गरेको हो।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले भनेको छ, ‘सिंहको जन्ममितिको बारेमा शंका लागेर छानबिन गर्ने क्रममा नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरलाई पत्राचार गर्दा सिम्बोल नम्बर ०७०००५४ (बी) बाट २०४८ सालमा सम्मिलित परीक्षार्थी रमेश बहादुर सिंहको जन्ममिति २०३२ माघ १२ रहेको भनी उल्लेख भई आएको हुँदा यसअघि जारी भएको जन्ममिति २०३३ माघ १२ गतेलाई खारेज गरिएको छ।’

उता जन्ममिति घटाएर प्रमाणपत्र जारी गर्ने नेपाल ल क्याम्पसमा समेत यो घटनाले हलचल भएको थियो। अख्तियारले ल क्याम्पसलाई पनि यसबारे सोधपुछ गरेपछि यसको जवाफ ल क्याम्पसले फर्काएको छ। ल क्याम्पसले भनेको छ, ‘रमेश बहादुर सिंहले चारित्रिक प्रमाणपत्र हराएकाले प्रतिलिपि पाउँ भन्दै गत मंसिर ३० मा निवेदन दिएका थिए। परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ मंसिर २२ गते जारी गरेको रजिस्ट्रेसन नम्बर अनुसार उनको जन्ममिति २०३३ माघ १२ गते देखिएकाले सोही जन्ममिति राखेर चारित्रिक प्रमाण पत्र दिइएको थियो। उनले बदमासी गरेर जन्ममिति सच्याएको पाइयो। अहिले हामीले त्यो चारित्रिक प्रमाणपत्र खारेज गरिसकेका छौं।’

उनीविरुद्धको आरोप पुष्टि भएमा सेवा प्रवेश गरेदेखि अहिलेसम्म सिंहले पाएको सेवासुविधा तलबभत्ता सबै फिर्ता गर्नुपर्ने हुन्छ।

मंसिर २२ गते सुटुक्क जन्ममिति सच्याएर रजिस्ट्रेसन नम्बर लिएपछि सोहीलाई आधार बनाउँदै चारित्रिक प्रमाणपत्र बनाइ पाउँ भन्दै ८ दिनपछि मंसिर ३० गते सिंह ल क्याम्पस पुगेका थिए। त्यसपछि ल क्याम्पसले गत पुस ६ गते चारित्रिक प्रमाणपत्र सिंहलाई दिएको थियो।

ल क्याम्पसमा २०५२ सालमा भर्ना भई २०५५ सालमा एलएलबी उत्तीर्ण गरेका सिंहको त्यसबेला भने २०३२ माघ १२ को जन्ममितिकै प्रमाणपत्र भएको ल क्याम्पसले जनाएको छ। यसरी कुटिल चाल चालेर आफ्नो जागिर वैधानिक बनाउन लागेका सिंहको योजना भने फेल हुने भएको छ।

परीक्षा नियन्त्रण कार्यालय बल्खु र ल क्याम्पस दुवैले उनको प्रमाणपत्र खारेज गरेपछि उनको प्रहरी भर्ना नै वैधानिक नहुने देखिएको हो। स्रोतका अनुसार उनीमथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। अबको केही दिनमा अख्तियारले विशेष अदालतमा उनीविरुद्ध सरकारी कागजात कीर्ते गरी भ्रष्टाचार निवारण ऐन २०५९ विपरीत काम गरेको भन्दै मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

उनीविरुद्धको आरोप पुष्टि भएमा सेवा प्रवेश गरेदेखि अहिलेसम्म सिंहले पाएको सेवासुविधा तलबभत्ता सबै फिर्ता गर्नुपर्ने हुन्छ।

अख्तियारको फन्दाबाट पहिला पनि उम्केका थिए सिंह
अहिले अख्तियारले अनुसन्धान गरी रहेका सिंहविरुद्ध यसअघि पनि अख्तियारले मुद्दा चलाएको थियो। त्यसबेला उनी महानगरीय प्रहरी परिसर ललितपुरमा प्रहरी निरीक्षकको रुपमा कार्यरत थिए। दुई पक्षबीचको लेनदेन विषयमा 'रकम तिर्ने समय लम्ब्याई दिन्छु' भन्दै सिंहसहितको टोलीले घुस लिएको थियो। 

त्यसबेला सिंह र अर्का प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीबाट ३ लाख र सई लालमणि पाण्डेबाट १ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियारले २०७२ फागुनमा पक्राउ गरेको थियो। कलंकीको 'द स्टुडेन्ट क्याफे'बाट पाण्डे १ लाख ५० हजारसहित पक्राउ परेका थिए।

घटनामा पाण्डेले सिंह र ज्ञवालीको नाम लिएपछि उनीहरुलाई ३ लाख घुससहित पक्राउ गरिएको थियो। २०७२ फागुन १८ गते अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरे पनि शक्तिकेन्द्रको पुहँचको आधारमा उनीहरुले सफाई पाइएका थिए। अहिले उनै सिंहविरुद्ध अख्तियारले मुद्दा दायर गरेपनि कारबाही होला भन्नेमा शंका उब्जिएको छ।

प्रकाशित मिति: शनिबार, असार २७, २०७७  १८:५९
  • #tu
  • #cdo
  • #dsp-sing

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु बुधबार, माघ ७, २०८२
यो वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्