• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भ्रष्टाचारमा दोषी ठहर भएका डीएसपी सिंहः जसले आफैं दिए फस्ने बयान, फरेन्सिकले गर्‍यो कीर्तेको पुष्टि!

64x64
नारायण अधिकारी बिहीबार, साउन १२, २०७९  १७:३५
1140x725

काठमाडौं– भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका डीएसपी रमेशबहादुर सिंह आफैंले दिएको बयान उनका लागि ‘ब्याक फायर’ बनेको तथ्य फैसलाको पूर्णपाठमा उल्लेख भएको विवरणबाट पुष्टि हुन्छ।

नागरिकता प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको विवरण २०३२ लेखिएको ठाउँमा त्यसलाई सच्याएर २०३३ बनाएको आरोपमा उनीमाथि छानबिन भएको थियो। 

जन्ममिति सच्याएर प्रहरी सेवामा प्रवेश गरी भ्रष्टाचारको कसुर गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा उनलाई विशेष अदालतले दोषी ठहर गर्दै ८ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकेको छ। 

उक्त फैसलाको पूर्णपाठ हालसालै सार्वजनिक भएको छ। जहाँ डीएसपी सिंह आफैंले दिएको बयान विवरणअनुसार नमिल्दा उल्टै ब्याक फायर भएको देखिन्छ। सिंहले २०४९ साउन २५ गते आफूले नागरिकता बनाएको र त्यतिबेला आफूले जन्ममिति २०३३ माघ १२ उल्लेख गर्दै नागरिकता बनाउन निवेदन दिएकोमा भुलवश २०३२ माघ १२ गते हुन गएको बयान दिएका थिए। 

त्यसपछि नागरिकता बनाउने कर्मचारीले नै सच्याएर २०३२ लाई २०३३ बनाइएको भन्दै सिंहले विशेष अदालतसमक्ष बयान दिएका थिए। तर, उनले दिएको बयान नै मेल नखाँदा उल्टै ब्याक फायर भएको देखिन्छ। 

सिंहले भनेको समय २०४९ साउन २५ गते नागरिकता बनाएको उल्लेख गर्दै बयान दिएको कुरा जिल्ला प्रशासन कार्यालय बझाङको अभिलेखबाटसमेत उक्त कुरा पुष्टि हुन्छ। तर जन्ममिति भने २०३३ दाबी गर्दा उक्त समयमा सिंह १६ वर्ष नै पूरा भएको नदेखिँदा उनी समस्यामा परेका हुन्। 

पूर्णपाठमा उल्लेख गरिएको छ, ‘सिंहले २०४९ साउन २५ मा जन्ममिति २०३३ माघ १२ उल्लेख गरी नागरिकता लिनका लागि उनी १६ वर्ष उमेर पुग्ने देखिँदैन। १६ वर्ष पूरा नभएको व्यक्तिले नागरिकता प्राप्त गर्न सक्दैन। नाबालकलाई नागरिकता दिने प्रावधान नरहेकाले सिंहको जिकिर तथ्यपरक देखिँदैन।’ 

फरेन्सिकले गर्‍यो कीर्तेको पुष्टि
जन्ममिति २०३२ लाई केरमेट गरेर २०३३ बनाएको भन्दै अख्तियारले डीएसपी सिंहका काजगातहरु जाँचका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो। प्रयोगशालाका फरेन्सिक विज्ञको टोलीलेसमेत सिंहले कीर्ते गरेको पुष्टि गर्दै पत्र पठाएका थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

१, २, ३ र ४ का ल्याप्चेहरु आपसाम मिले पनि ५, ६ र ९ को दस्तखत आपसमा नमिलेको, ७ र ८ का दस्तखतहरु र ५, ६ र ९ का दस्तखतहरुको ढाँचा नै नमिलेको रिपोर्ट विधि विज्ञानले दिएको थियो।
 
त्यसैगरी २०४९ साउन २५ गते जिल्ला प्रशासन कार्यालय बझाङको आर्थिक वर्ष २०४८÷४९ को नागरिकताको प्रमाणपत्र अभिलेखमा ३६९३ प्रमाणपत्र नम्बर भएको नागरिकताको जन्ममितिमा २०३३ लेखिए पनि अन्तिमको ३ फरक मसीले सच्याएर २ को ठाउँमा २ लेखिएको फरेन्सिक रिपोर्टमा उल्लेख गरिएको छ।

जन्ममितिको २०३३ लेखिएको मा ३ को मसी हराएर सुरुमा लेखिएको २ नै देखिएको, २०३३ को अन्तिमको ३ माथिल्लो भागको तुलनामा माथि उठेको र तल्लो भागको तुलनामा तल झरेको उल्लेख पनि गरिएको छ। 

उता डीएसपी सिंहले सुरुमा नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय बझाङको ढड्डामासमेत सच्याएर २०३२ सालको ठाउँमा २०३३ बनाइएको खुलेको पाइएको छ। सोही अनुसार स्कूल, कलेजका डकुमेन्टहरुसमेत सच्याइएको पूर्णपाठमा उल्लेख गरिएको छ। 

यसरी सच्याएका थिए सिंहले जन्ममिति
२०५८ मंसिर १२ मा प्रहरी निरीक्षकमा भर्नाका लागि आवेदन खुला भएको थियो। त्यो बेला रमेश सिंहले पनि प्रहरी निरीक्षकमा भर्ना हुनका लागि आवेदन दिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बझाङको श्री शान्ति माध्यमिक विद्यालय चौघानपाटाबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरेका थिए सिंहले। सिंहको एसएलसीको सिम्बोल नम्बर ०७०००५४ (बी) हो।

एसएसलीको लब्धांकपत्रअनुसार उनको उमेर त्यसबेला २६ वर्ष भइसकेको थियो। लब्धांकपत्रमा उनको जन्ममिति २०३२ माघ १२ गते थियो। प्रहरीमा आवेदन खुलेको बेला उनी २५ वर्ष ११ महिनाको भइसकेका थिए। प्रहरी नियमावली अनुसार आवेदन खुलेको मितिमा २५ वर्ष ननाघेको व्यक्तिले मात्रै आवेदन दिन मिल्ने व्यवस्था छ।

प्रहरी नियमावलीको व्यवस्था अनुसार आवेदन दिन नै सिंह अयोग्य थिए। त्यसपछि सिंहले स्कूलले दिने एसएलसीको चारित्रिक प्रमाणपत्र नै नक्कली बनाए।

नक्कली बनाइएको चारित्रिक प्रमाणपत्रमा उनको जन्ममिति २०३३ माघ १२ गते राखियो। चारित्रिक प्रमाणपत्रअनुसार अब भने उनी प्रहरी निरीक्षकको आवेदन दिन योग्य भएका थिए। तर अन्य प्रमाणपत्र र नागरिकताअनुसार भने उनी योग्य थिएनन्। किनकि अन्य सर्टिफिकेटमा उनको जन्ममिति २०३२ माघ १२ गते थियो।

बझाङबाट जारी भएको नागरिकता प्रमाणपत्रमासमेत उनको उमेर २०३२ माघ १२ गते नै थियो।

नागरिकतालगायत अन्य प्रमाणपत्र सच्याउनुपर्ने भएपछि सिंहले सोही चारित्रिक प्रमाणपत्रको आधारमा जिल्ला प्रशासन कार्यालय बझाङका तत्कालीन कर्मचारीलाई प्रभावमा पारेर रेकर्ड रहेको ढड्डामा २०३२ को ठाउँमा २०३३ बनाउन लगाएका थिए। 

पछि सोही आधारमा नागरिकताको प्रतिलिपि बनाई पाउँदै भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जन्ममिति २०३३ माघ १२ गते राखेर २०६३ साउन २१ मा नागरिकता लिएका थिए। यसरी जन्ममिति सच्याएर सेवा प्रवेश गरेका उनले १६ वर्षसम्म जागिर खाएका थिए। 

यो पनि पढ्नुहोस

डिएसपीको कुटिल चाल : त्रिविदेखि सिडिओसम्म गुमराहमा, अख्तियारले खोतल्दै कर्तुत

यो पनि पढ्नुहोस

जन्ममिति सच्याएर १६ वर्ष जागिर खाएका डीएसपी सिंह दोषी ठहर

यो पनि पढ्नुहोस

डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद र १५ हजार जरिवानाको फैसला


 

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्