• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भ्रष्टाचारमा दोषी ठहर भएका डीएसपी सिंहः जसले आफैं दिए फस्ने बयान, फरेन्सिकले गर्‍यो कीर्तेको पुष्टि!

64x64
नारायण अधिकारी बिहीबार, साउन १२, २०७९  १७:३५
1140x725

काठमाडौं– भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका डीएसपी रमेशबहादुर सिंह आफैंले दिएको बयान उनका लागि ‘ब्याक फायर’ बनेको तथ्य फैसलाको पूर्णपाठमा उल्लेख भएको विवरणबाट पुष्टि हुन्छ।

नागरिकता प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको विवरण २०३२ लेखिएको ठाउँमा त्यसलाई सच्याएर २०३३ बनाएको आरोपमा उनीमाथि छानबिन भएको थियो। 

जन्ममिति सच्याएर प्रहरी सेवामा प्रवेश गरी भ्रष्टाचारको कसुर गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा उनलाई विशेष अदालतले दोषी ठहर गर्दै ८ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकेको छ। 

उक्त फैसलाको पूर्णपाठ हालसालै सार्वजनिक भएको छ। जहाँ डीएसपी सिंह आफैंले दिएको बयान विवरणअनुसार नमिल्दा उल्टै ब्याक फायर भएको देखिन्छ। सिंहले २०४९ साउन २५ गते आफूले नागरिकता बनाएको र त्यतिबेला आफूले जन्ममिति २०३३ माघ १२ उल्लेख गर्दै नागरिकता बनाउन निवेदन दिएकोमा भुलवश २०३२ माघ १२ गते हुन गएको बयान दिएका थिए। 

त्यसपछि नागरिकता बनाउने कर्मचारीले नै सच्याएर २०३२ लाई २०३३ बनाइएको भन्दै सिंहले विशेष अदालतसमक्ष बयान दिएका थिए। तर, उनले दिएको बयान नै मेल नखाँदा उल्टै ब्याक फायर भएको देखिन्छ। 

सिंहले भनेको समय २०४९ साउन २५ गते नागरिकता बनाएको उल्लेख गर्दै बयान दिएको कुरा जिल्ला प्रशासन कार्यालय बझाङको अभिलेखबाटसमेत उक्त कुरा पुष्टि हुन्छ। तर जन्ममिति भने २०३३ दाबी गर्दा उक्त समयमा सिंह १६ वर्ष नै पूरा भएको नदेखिँदा उनी समस्यामा परेका हुन्। 

पूर्णपाठमा उल्लेख गरिएको छ, ‘सिंहले २०४९ साउन २५ मा जन्ममिति २०३३ माघ १२ उल्लेख गरी नागरिकता लिनका लागि उनी १६ वर्ष उमेर पुग्ने देखिँदैन। १६ वर्ष पूरा नभएको व्यक्तिले नागरिकता प्राप्त गर्न सक्दैन। नाबालकलाई नागरिकता दिने प्रावधान नरहेकाले सिंहको जिकिर तथ्यपरक देखिँदैन।’ 

फरेन्सिकले गर्‍यो कीर्तेको पुष्टि
जन्ममिति २०३२ लाई केरमेट गरेर २०३३ बनाएको भन्दै अख्तियारले डीएसपी सिंहका काजगातहरु जाँचका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो। प्रयोगशालाका फरेन्सिक विज्ञको टोलीलेसमेत सिंहले कीर्ते गरेको पुष्टि गर्दै पत्र पठाएका थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

१, २, ३ र ४ का ल्याप्चेहरु आपसाम मिले पनि ५, ६ र ९ को दस्तखत आपसमा नमिलेको, ७ र ८ का दस्तखतहरु र ५, ६ र ९ का दस्तखतहरुको ढाँचा नै नमिलेको रिपोर्ट विधि विज्ञानले दिएको थियो।
 
त्यसैगरी २०४९ साउन २५ गते जिल्ला प्रशासन कार्यालय बझाङको आर्थिक वर्ष २०४८÷४९ को नागरिकताको प्रमाणपत्र अभिलेखमा ३६९३ प्रमाणपत्र नम्बर भएको नागरिकताको जन्ममितिमा २०३३ लेखिए पनि अन्तिमको ३ फरक मसीले सच्याएर २ को ठाउँमा २ लेखिएको फरेन्सिक रिपोर्टमा उल्लेख गरिएको छ।

जन्ममितिको २०३३ लेखिएको मा ३ को मसी हराएर सुरुमा लेखिएको २ नै देखिएको, २०३३ को अन्तिमको ३ माथिल्लो भागको तुलनामा माथि उठेको र तल्लो भागको तुलनामा तल झरेको उल्लेख पनि गरिएको छ। 

उता डीएसपी सिंहले सुरुमा नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय बझाङको ढड्डामासमेत सच्याएर २०३२ सालको ठाउँमा २०३३ बनाइएको खुलेको पाइएको छ। सोही अनुसार स्कूल, कलेजका डकुमेन्टहरुसमेत सच्याइएको पूर्णपाठमा उल्लेख गरिएको छ। 

यसरी सच्याएका थिए सिंहले जन्ममिति
२०५८ मंसिर १२ मा प्रहरी निरीक्षकमा भर्नाका लागि आवेदन खुला भएको थियो। त्यो बेला रमेश सिंहले पनि प्रहरी निरीक्षकमा भर्ना हुनका लागि आवेदन दिए। 

बझाङको श्री शान्ति माध्यमिक विद्यालय चौघानपाटाबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरेका थिए सिंहले। सिंहको एसएलसीको सिम्बोल नम्बर ०७०००५४ (बी) हो।

एसएसलीको लब्धांकपत्रअनुसार उनको उमेर त्यसबेला २६ वर्ष भइसकेको थियो। लब्धांकपत्रमा उनको जन्ममिति २०३२ माघ १२ गते थियो। प्रहरीमा आवेदन खुलेको बेला उनी २५ वर्ष ११ महिनाको भइसकेका थिए। प्रहरी नियमावली अनुसार आवेदन खुलेको मितिमा २५ वर्ष ननाघेको व्यक्तिले मात्रै आवेदन दिन मिल्ने व्यवस्था छ।

प्रहरी नियमावलीको व्यवस्था अनुसार आवेदन दिन नै सिंह अयोग्य थिए। त्यसपछि सिंहले स्कूलले दिने एसएलसीको चारित्रिक प्रमाणपत्र नै नक्कली बनाए।

नक्कली बनाइएको चारित्रिक प्रमाणपत्रमा उनको जन्ममिति २०३३ माघ १२ गते राखियो। चारित्रिक प्रमाणपत्रअनुसार अब भने उनी प्रहरी निरीक्षकको आवेदन दिन योग्य भएका थिए। तर अन्य प्रमाणपत्र र नागरिकताअनुसार भने उनी योग्य थिएनन्। किनकि अन्य सर्टिफिकेटमा उनको जन्ममिति २०३२ माघ १२ गते थियो।

बझाङबाट जारी भएको नागरिकता प्रमाणपत्रमासमेत उनको उमेर २०३२ माघ १२ गते नै थियो।

नागरिकतालगायत अन्य प्रमाणपत्र सच्याउनुपर्ने भएपछि सिंहले सोही चारित्रिक प्रमाणपत्रको आधारमा जिल्ला प्रशासन कार्यालय बझाङका तत्कालीन कर्मचारीलाई प्रभावमा पारेर रेकर्ड रहेको ढड्डामा २०३२ को ठाउँमा २०३३ बनाउन लगाएका थिए। 

पछि सोही आधारमा नागरिकताको प्रतिलिपि बनाई पाउँदै भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जन्ममिति २०३३ माघ १२ गते राखेर २०६३ साउन २१ मा नागरिकता लिएका थिए। यसरी जन्ममिति सच्याएर सेवा प्रवेश गरेका उनले १६ वर्षसम्म जागिर खाएका थिए। 

यो पनि पढ्नुहोस

डिएसपीको कुटिल चाल : त्रिविदेखि सिडिओसम्म गुमराहमा, अख्तियारले खोतल्दै कर्तुत

यो पनि पढ्नुहोस

जन्ममिति सच्याएर १६ वर्ष जागिर खाएका डीएसपी सिंह दोषी ठहर

यो पनि पढ्नुहोस

डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद र १५ हजार जरिवानाको फैसला


 

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
तेलंगानामा ४३ यात्रु सवार बस–ट्रक ठोक्कियो, ६ जनाको मृत्यु बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ बुधबार, भदौ १०, २०८३
गोरखकाली रबर उद्योग सञ्चालनबारे अन्योल, चर्चा गरियो तर प्राथमिकतामा परेन् बुधबार, भदौ १०, २०८३
फर्नान्डेस ‘पीएफए प्लेअर अफ द इयर’ घोषित बुधबार, भदौ १०, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्