• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जन्ममिति सच्याएर १६ वर्ष जागिर खाएका डीएसपी सिंह दोषी ठहर

64x64
नारायण अधिकारी मंगलबार, चैत २९, २०७८  १६:५७
1140x725

काठमाडौं– सरकारी कागजात कीर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेको आरोप लागेका प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेश सिंह दोषी ठहर भएका छन्।

नेपाल लाइभले डीएसपी सिंहले कागजात सच्याएर प्रहरीको जागिर खाएकोबारे समाचार लेखेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छानबिन गरेको थियो। 

अन्ततः विशेष अदालतले डीएसपी सिंहलाई दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले सिंहलाई गत आइतबार उनलाई दोषी ठहर गरेको हो। सिंहलाई सजाय भने तोक्न बाँकी रहेको छ। 

सिंहले जन्ममिति सच्याएर सेवा प्रवेश गर्दै निरन्तरता दिएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ विपरित काम गरेको भन्दै मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा उनलाई दोषी ठहर भएका हुन्। 

२०५८ मंसिरमा प्रहरी निरीक्षकमा भर्नाका लागि आवेदन खुला भएको थियो। त्यो बेला रमेश सिंहले पनि प्रहरी निरीक्षकमा भर्ना हुनका लागि आवेदन दिए। सशस्त्र द्वन्द्वको समय थियो। प्रहरी निरीक्षकको नतिजा निस्कन भने ढिलाई भइरहेको थियो।

२०५८ सालमा परीक्षा दिएका परीक्षार्थीको नतिजा लोक सेवा आयोगले २०६१ सालमा बल्ल निकाल्यो। आवेदन दिएकामध्ये ८४ जना परीक्षार्थी उत्तीर्ण भएका थिए। ती मध्ये एक थिए, रमेश सिंह। उनै रमेश सिंह २०६१ जेठ १५ गतेबाट प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका थिए।

प्रहरी सेवामा भर्ना भएर १६ वर्ष सेवा गरिसकेका तिनै डिएसपी सिंहले नागरिकता लगायत डकुमेन्ट कीर्ते गरेर जागिर खाएको विषय नेपाल लाइभले समाचार प्रकाशित गरेको थियो। 

बझाङको श्री शान्ति माध्यमिक विद्यालय चौघानपाटाबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरेका थिए सिंहले।सिंहको एसएलसीको सिम्बोल नम्बर ०७०००५४ (बी) हो।

nimb
nimb
Ncell 2
Ncell 2

एसएसलीको लब्धांकपत्रअनुसार उनको उमेर त्यसबेला २६ वर्ष भइसकेको थियो। लब्धांकपत्रमा उनको जन्ममिति २०३२ माघ १२ गते थियो। प्रहरीमा आवेदन खुलेको बेला उनी २५ वर्ष ११ महिनाको भइसकेका थिए। प्रहरी नियमावली अनुसार आवेदन खुलेको मितिमा २५ वर्ष ननाघेको व्यक्तिले मात्रै आवेदन दिन मिल्ने व्यवस्था छ।

प्रहरी नियमावलीको व्यवस्था अनुसार आवेदन दिन नै सिंह अयोग्य थिए। त्यसपछि सिंहले स्कूलले दिने एसएलसीको चारित्रिक प्रमाणपत्र नै नक्कली बनाए।

नक्कली बनाइएको चारित्रिक प्रमाणपत्रमा उनको जन्ममिति २०३३ माघ १२ गते राखियो। चारित्रिक प्रमाणपत्रअनुसार अब भने उनी प्रहरी निरीक्षकको आवेदन दिन योग्य भएका थिए। तर अन्य प्रमाणपत्र र नागरिकताअनुसार भने उनी योग्य थिएनन्। किनकि अन्य सर्टिफिकेटमा उनको जन्ममिति २०३२ माघ १२ गते थियो।
बझाङबाट जारी भएको नागरिकता प्रमाणपत्रमा समेत उनको उमेर २०३२ माघ १२ गते नै थियो।

नागरिकतालगायत अन्य प्रमाणपत्र सच्याउनुपर्ने भएपछि सिंहले सोही चारित्रिक प्रमाणपत्रको आधारमा नागरिकताको प्रतिलिपि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिए, जन्ममिति २०३३ माघ १२ गते राखेर। पछि नागरिकता र एसएलसीको चारित्रिक प्रमाणपत्रअनुसार अन्य डकुमेन्टमा भएको २०३२ सालको अन्तिमको ‘२’ को ठाउँमा ‘३’ बनाएर सच्याएको पाइएपछि उनी दोषी ठहर भएका हुन्। 

डिएसपी सिंहले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु, नेपाल ल क्याम्पसदेखि जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासनसम्मलाई गुमराहमा राखेको थिए। उनले २०३२ को अन्तिमको ‘२’ रहेको स्थानमा ‘३’ बनाएको उक्त डकुमेन्ट नै ‘फेक’ भएको प्रमाणित भएको छ। 

डिएसपी सिंहको परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट जारी भएको रजिस्ट्रेसन नम्बर २५८६२–९२ हो। यो रजिस्ट्रेसन नम्बर लिँदा उनको जन्ममिति २०३२ माघ १२ नै थियो। तर उनले प्रहरी निरीक्षकमा भर्ना हुन जन्ममिति सच्याएर नागरिकता र स्कूलको चारित्रिक प्रमाणपत्र बनाइसकेका थिए। सोही  अनुसार त्रिविको सर्टिफिकेटमा २०३२ को ‘२’ को ठाउँमा ‘३’ बनाएर पेश गरी प्रहरी सेवामा प्रवेश गरेको थिए। 

अख्तियारले छानबिन अघि बढाएपछि डिएसपी सिंहले बौद्धमा कार्यरत रहँदा एसएसलसीको चारित्रिक प्रमाणपत्रमा ‘२०३२’ को ठाउँमा  ‘२०३३’ बनाएका थिए।

२०३३ बनाएको चारित्रक प्रमाणपत्र नयाँ देखिने भएकाले ध्वाँसोमा दलेर पुरानो बनाएर ल्याउनु भन्दै एक सिपाहीलाई जिम्मा समेत दिएको तथ्य नेपाल लाइभले खुलाएको थियो। 

त्यही ध्वाँसोमा दलेको जन्ममिति २०३३ कायम गरिएको एसएलसीको चारित्रिक प्रमाणपत्र र नागरिकताको फोटाकपी लिएर जन्ममिति सच्याउन उनी परीक्षा नियन्त्रण कार्यालय बल्खुसमेत पुगेका थिए। 

यी दुईलाई आधार बनाएर पेश गर्दै परीक्षा नियन्त्रण कार्यालय बल्खुमा जन्ममिति २०३३ माघ १२ हुन पाउँ भन्दै सिंहले निवेदन दिएका थिए। सोही निवदेनको आधारमा २०७७ मंसिरको २२ गते जन्ममिति २०३३ माघ १२ गते बनाई रजिस्ट्रेसन नम्बर जारी गरिएको जवाफ बल्खुको थियो। तर अख्तियारले छानबिन गरेपछि नयाँ रहस्य खुलेको थियो  पछि आफैंले जारी गरेको रजिस्ट्रेसन नम्बर नै बल्खुले खारेज गर्‍यो। 

परीक्षा नियन्त्रण कार्यालय बल्खुले छानबिन सुरु भएपछि भनेको थियो , ‘सिंहको जन्ममितिको बारेमा शंका लागेर छानबिन गर्ने क्रममा नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरलाई पत्राचार गर्दा सिम्बोल नम्बर ०७०००५४ ‘बी’ बाट २०४८ सालमा सम्मिलित परीक्षार्थी रमेश बहादुर सिंहको जन्ममिति २०३२ माघ १२ रहेको भनी उल्लेख भई आएको हुँदा यसअघि जारी भएको जन्ममिति २०३३ माघ १२ गतेलाई खारेज गरिएको छ।’

यो पनि पढ्नुहोस्

डिएसपीको कुटिल चाल : त्रिविदेखि सिडिओसम्म गुमराहमा, अख्तियारले खोतल्दै कर्तुत

 

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  १६:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका झापाको अर्जुनधारा नगरपालिका-९ क... आइतबार, साउन १०, २०८३
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ शुक्रबार राति करिब ११:०० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी वरिष्ठ हवल्द... शनिबार, साउन ९, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास आत्मदाह गर्न खोज्ने २७ वर्षीय विशाल तामाङलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन्... मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्