काठमाडौं– सर्लाही जिल्लाको मलंगवा नगरपालिका–८ भन्सार सीमा इलाकाबाट चैत्र २१ गते करिब ३ लाख २० हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
भारत घर बताउने २७ वर्षीय राकेश कुमार तिवारीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (बिओपी मलंगवा)ले उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिइएको हो।
बीआर ३० ए.ए. ३४५५ नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्दा उनको साथमा फेला परेको रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो।
बरामद भएको रुपैयाँमा १ सय दरको २ सय वटा, ५ सय दरको २ सय ७० वटा र १ हजार दरको १ सय ६५ वटा नोट रहेको छ। नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।