• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सामुदायिक विद्यालयको जग्गामा व्यापारीहरूको आँखा

64x64
भूपेन्द्र शाह ठकुरी शनिबार, चैत २५, २०७९  ०७:५४
1140x725

काठमाडौं– पछिल्लो समय सार्वजनिक सम्पत्ति मासिने क्रम बढ्दो छ। सार्वजनिक सम्पत्तिमा विभिन्न व्यक्तिहरुले आफ्नो निजी प्रयोजनका लागि उपभोग गर्दै आएका समाचारहरु सामान्य जस्तै भइसकेका छन्। 

बालुवाटारको ललिता निवासको सरकारी जग्गा होस् या प्रदर्शनी मार्गमा रहेको फनपार्क। यस्तै एक अर्को स्थानमा पनि सार्वजनिक जग्गा व्यक्तिले प्रयोग गरेको कुरा अहिले अदालतसम्म पुगेको छ। यी त प्रतिनिधिमुलक घटना मात्रै हुन्। 

सार्वजनिक सम्पत्तिको दोहनको अवस्था हेर्ने हो भने सबैभन्दा बढी व्यापारिक समूहको निशानामा सामुदायिक विद्यालयका जग्गाहरु नै परेका देखिन्छन्। संघीय राजधानी काठमाडौंमा रहेको जुद्धदय पब्लिक विद्यालय(जेपी) र ललितपुरको पुल्चोकस्थित मदन स्मारक माध्यमिक विद्यालयको जग्गामा वर्षौंदेखि व्यापारिक समूह रजगज गर्दै आइरहेका छन्।

मार्टिन चौतारीले काठमाडौंका दुई सामुदायिक विद्यालयमा विसं. २०७८ र २०७९ को विभिन्न समयमा गरिएको स्थलगत अनुसन्धानका क्रममा उक्त तथ्य सार्वजनिक गरेको हो। सहरी क्षेत्रका सामुदायिक विद्यालयको भूमिमा कसरी व्यापारिक पक्षको पहुँच हुन्छ भन्ने विषयमा अध्ययन गरिएको सोधपत्रमा यी दुई विद्यायलयको जग्गामा व्यापारीहरुको प्रयोजनलाई उल्लेख गरिएको छ। 

विद्यालयको भूमिलाई एक कम्पनीले आफ्नो हातमा लिएर अर्को कम्पनीलाई स्वामित्व बेचेर ‘कम्पनीकरण’ गर्ने गरेको देखिएको छ। विद्यालयको सार्वजनिक भूमि अतिक्रमण हुँदासमेत स्थानीय प्रशासन र राजनीतिक पक्षले बेवास्ता गर्दा व्यापारिक स्वार्थ समूहले वर्षौंदेखि रजगज गरिहेको प्रष्ट देखिन्छ। स्थानीय समुदायले सार्वजनिक भूमि कम्पनीकरणको प्रतिरोध गर्दा सार्वजनिक सम्पत्ति जोगाउने कुरामा सरकार र राज्यले बेवास्ता गरेको सोधपत्रमा उल्लेख छ। 

विद्यालयको भूमि कसरी पुग्यो व्यापारीको कब्जामा?
सामुदायिक विद्यालयको प्रशस्त सम्पत्ति देखेपछि नाफा कमाउने उद्देश्यले विभिन्न व्यक्ति तथा कम्पनीले त्यसमा आँखा गाडेको देखिन्छ। राजधानी काठमाडौंको नामी र पुरानो सामुदायिक विद्यालयको रुपमा परिचित जुद्धोदय पब्लिक (जेपी) स्कुलको जमिनलाई आफ्नो अधीनमा पारेर शटर बनाउने काम २०४७ देखि नै व्यापारीहरूले सुरु गरेको तथ्य सार्वजनिक भएको हो। 

नाङ्लो बेकरीका कक्षपति परिवारले सुरुमा जेपीको जग्गा आफ्नो हातमा पारेको र पछि उक्त विद्यालयको भूमिमा घर टहरा बनाई भाडामा लगाएको घटना सार्वजनिक भएको छ। सामान्यत: मूल सम्झौतामा पूरक सम्झौताहरू थप्दै विद्यालयको भूमिमा व्यापारिक वर्गको पकड बलियो बनाउँदै लगेको देखिन्छ। 

जेपी स्कुल र तरुण प्रालिबीच विसं २०६५ सालमा भएको सम्झौतामा विद्यालयको ९ रोपनी जग्गामध्ये ६० प्रतिशत भागमा  ‘व्यापारिक भवन’ निर्माण गर्ने भनिएको छ। निर्माण कार्य सकिएपछि एक महिनाको ४ लाख ३५ हजार बुझाउने भन्ने सम्झौतामा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

झट्ट  हेर्दा स्कुलले भाडाबापत आम्दानी गर्ने जस्तो देखिए पनि यो रकम उक्त इलाकाका लागि चलनचल्तीको भन्दा निकै कम भएको शोधपत्रमा उल्लेख छ। उक्त सम्झौतामा करारनामा बमोजिम दोस्रो व्यापारिक पक्षले तिर्नु/बुझाउनुपर्ने मासिक भाडा रकम करारनामा बमोजिमको निर्माण विकासको अवधिमा भने प्रथम पक्षलाई बुझाउनु नपर्ने र निर्माण अवधि थप हुन गएमा वा भएमा सो अवधिसमेतको भाडा रकमसमेत पहिलो पक्ष भनिएको विद्यालयलाई बुझाउन नपर्ने सर्त उल्लेख गरिएको छ। उक्त करार मान्न विद्यालयलेसमेत मञ्जुरी गरेको देखिन्छ।

स्थानीय व्यापारी श्याम सुन्दरलाल कक्षपतिले निर्माणको अवधि  लम्बाउँदै जाने र विद्यालयलाई भाडा नतिर्ने, तर भुइँ तलाको निर्माण सम्पन्न गरेर उनले अन्य व्यापारिहरुबाट भाडा असुल्दै आएका छन्।

व्यापारीहरुले पहिलेको सम्झौतामा थप पुरक सम्झौता गरी अन्य कम्पनीलाई भाडामा लगाएको देखिन्छ। जेपी स्कुलमा २०६५ सालमा पसेको तरुण सेवा प्रालिले २०६६ र २०७२ सालमा स्कुलसँग पूरक सम्झौता गर्दै करार सम्झौता भएको २०६५ सालदेखि पुराना शटर व्यवसायीसँग वार्षिक सम्झौता गरेर भाडा उठाउन पाउने हक २०६६ सालको पूरक सम्झौताले कम्पनीलाई दिएको थियो।

साथै, नयाँ भवन निर्माण गर्न पुराना टहराहरूलाई भत्काई व्यापारिक पक्षलाई हस्तान्तरण गर्नुपर्ने “हक” पनि कम्पनीलाई दिइएको थियो। पूरक सम्झौतामा व्यापारीले आफू अनुकुलको प्रावधान घुसाएको र त्यसमा स्कुल पक्षले सहजै हस्ताक्षर गरेको देखिन्छ।

Xtrem

Xtrem

दुई पक्षबीच विसं २०७२ मा गरिएको पछिल्लो पूरक करारनामामा मूल सम्झौतालाईसमेत काटिएको छ। मूल सम्झौतामा ‘जुनसुकै कुरा लेखिएको भए तापनि’ भन्दै शर्तहरू थपिएको देखिन्छ। व्यापारिक भवन निर्माणको अवधि पहिलेभन्दा दुई वर्ष थप्दै पुनः ‘निर्माण सम्पन्न गर्न नसकेमा’ भन्ने प्रावधान राख्दै भवन बनाउन विलम्ब भएमा ‘विलम्ब स्वरूप मासिक रुपैयाँ २,१७,५०० का दरले १ बैशाख  २०७४ देखि भाडा बुझाउने’ भनिएको छ। मूल सम्झौता गर्दा उल्लेख गरिएको भन्दा यो रकम आधा हो।

यसबाट कम्पनीलाई दुईटा फाइदा भएको देखिन्छ। पहिलो, निर्माण अवधि लम्बिँदा भुइँ तलामा बनेका नयाँ शटरबाट यथेष्ट भाडा उठाउन पाइने। दोसो, ३० वर्षे लीज अवधिलाई लम्ब्याउन र आधामात्र भाडा दिए पुग्ने अवस्था सिर्जना गर्न सकियो। थप, कम्पनीले जेपी स्कुललाई तिर्ने भनेर कबुल गरेको भाडा पनि नदिएको शोधमा उल्लेख गरिएको छ।

विद्यालयको सम्पत्ति हडप्ने सुनियोजित प्रक्रियाबारे स्थानिय सरकार र राज्य संयन्त्र बेखबर नभए पनि यसबारे भने मौन देखिएका छन्। 

त्यसैगरी ललितपुरको नःटोल स्थित मदन स्मारक माध्यमिक विद्यालयले आफूसँग रहेको २६ रोपनी जग्गा लिजमा दिनका लागि ०६४ सालमा गोरखापत्र दैनिकमा टेण्डर आव्हान गर्‍यो। सूचनामा २० वर्षका सम्मका लागि व्यापारिक प्रयोजनमा प्रयोग गरिने उल्लेख गरिएको थियो। सम्झौता अनुसार व्यापारीले भवन बनाउन ढिलो गरे। ढिलो हुनुमा आफूलाई जग्गाको हकदैया प्राप्त व्यक्तिहरु भन्नेहरुले गरेको प्रतिरोध जिम्मेवारी रहने कुरा सम्झौतामा उल्लेख गरिएको थियो।

विद्यालयको जग्गा लीजमा दिने सम्झौतापछि जग्गा दाता र स्थानीयहरुले प्रतिरोधसमेत गरे। स्थानीयहरुले बारम्बार सम्बन्धित निकायमा पुगेर विरोध जनाउँदा जिल्ला प्रशासन कार्यालय ललिपुरले भाडामा दिने काम अघि नबढाउन पत्र पठाएको थियो। 

तर विद्यालयले आवश्यक प्रक्रिया  पुर्‍याएर दुई महिनापछि दीर्घकालीन रुपमा विद्यालयको जग्गा भाडामा दिएमा विद्यालयको आम्दानी हुने र पठनपाठनमा अवरोध नहुने भन्दै जिप्रकालाई पत्र लेखेपछि पुनः जिप्रकाले जग्गा फुकुवा गरेको देखिन्छ। 

विद्यालयका अध्यक्षले निहित स्वार्थका कारण विद्यालयको हित विपरीत व्यापारिक रुपमा जग्गा लीजमा दिएको भन्दै स्थानीयहरु आन्दोलित नै बने। विद्यालयको जग्गा बचाउनका लागि आफूलाई जग्गाको “हकदैया प्राप्त व्यक्तिहरू” भनेर चिनाउने स्थानीयहरूले स्कुलको सम्पत्ति व्यापारीको हातमा जानबाट रोक्न वडा कार्यालय, महानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय लगायतका विभिन्न ठाउँमा निवेदन दिने, डेलिकेशनमा जाने समेत गरेका थिए। ।

स्थानीयहरुकै सक्रियताका कारणले गर्दा विद्यालयको जमिनमा व्यापारिक भवन बनाउने काम केही समयका लागि रोकिएको थियो। तर केही समयपछि व्यापारिक समूहले पुनः जबर्जस्ती निर्माण कार्य अगाडि बढाउने प्रयत्न गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यसरी सामुदायिक विद्यालयको सम्पत्ति दोहन हुँदासमेत स्थानीय सरकार र सम्बन्धित निकाय मौन भएको भन्दै शिक्षाविद्हरुलेसमेत चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ०७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्