• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

२.२ प्रतिशत नेपाली मात्र मास्टर्स पास!

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, चैत २२, २०७९  ०७:००
1140x725

काठमाडौं– देशमा मास्टर्स (स्नातकोत्तर तह) उत्तीर्ण गर्नेहरूको अनुपात कति होला? वर्षेनी कति जनाले मास्टर्स पास गर्दा हुन्? अहिलेसम्म नेपाल मास्टर्स पास गर्नेहरूको संख्या कति होला?

तपाईंको मनमा पनि यस्ता प्रश्न छन् र कुनै अनुमानित संख्या परिकल्पना गर्नुभएको छ भने त्यो नमिल्न पनि सक्छ।  राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा स्नातकोत्तर तह उत्तीर्ण हुने विद्यार्थीको संख्या कमजोर देखिएको छ।

जनगणना अनुसार नेपालको कुल साक्षरता दर ७६.२ प्रतिशत रहेको छ। जसमध्ये पुरुष साक्षरता दर ८३.६ प्रतिशत र महिला साक्षरता दर ६९.४ प्रतिशत रहेको छ। प्रत्येक १० वर्षको एक पटक लिइने जनगणनामा देशका ५ वर्ष वा सो भन्दा बढी उमेरका आधारमा साक्षरतालाई  आधार मानेर तथ्यांक लिइएको देखिन्छ।

अघिल्लो जनगणना २०६८ सालको तथ्यांक अनुसार कुल साक्षरता दर ६५.९ प्रतिशत रहेको छ। जसमा पुरुष साक्षरतादर ७५.१ प्रतिशत र महिला साक्षरता दर ५७.४ प्रतिशत रहेको छ। अघिल्लो जनगणनाको तुलनामा पछिल्लोपटक साक्षरतादर प्रगतिउन्मुख रहेको तथ्यांकले पुष्टि गर्छ। तर, स्नातकोत्तर उत्तीर्ण गर्नेहरूको संख्या भने न्यून देखिएको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार कुल साक्षर जनसंख्याको सबैभन्दा बढी २८.७ प्रतिशत व्यक्तिहरूले प्राथमिक तह (कक्षा १ देखि ५) सम्म उत्तीर्ण गरेका छन्। त्यसैगरी, निम्न माध्यमिक तह (कक्षा ६ देखि ८) सम्म उत्तीर्ण व्यक्तिहरूको संख्या १९.९ प्रतिशत रहेको छ।

एसएलसी/एसईई वा सो सरह उत्तीर्ण गर्ने व्यक्तिहरूको कुल साक्षर जनसंख्याको ९.५ प्रतिशत रहेको केन्द्रीय तथ्यांक विभागको तथ्यांक छ। नेपालमा अनौपचारिक शिक्षा हासिल गर्ने व्यक्तिहरूको १.८  प्रतिशत रहेको छ।

तह अनुसारको उत्तीर्ण गरेको जनसंख्या कति छ? 
राष्ट्रिय जनगणना २०७८ सालको तथ्यांकलाई नियाल्ने हो भने शैक्षिक दर जति कक्षा बढ्दै गयो, त्यति नै तलमाथि भएको देखिन्छ। 

पूर्वबालविकासमा ८ लाख ९६ हजार ५४६ (४.४) प्रतिशत रहेको छ। प्राथमिक तहमा ५८, लाख ५५ हजार ७३२ अर्थात् २८.७ प्रतिशत रहेको छ। निम्न माध्यमिक तहमा ४० लाख ७१ हजार ३३१ अर्थात् १९.९ प्रतिशत रहेको छ। 

Ncell 2
Ncell 2

List11680689953.jpg

जनगणना अनुसार एसएलसी उत्तीर्णको संख्या १९ लाख ३९ हजार ६३१ अर्थात् ९.५ प्रतिशत रहेको छ। त्यसैगरी प्रविणता प्रमाणपत्र २६ लाख ९०३ अर्थात् १२.७ प्रतिशत रहेको छ। उच्च माध्यमिक तह उत्तीर्ण गरेका व्यक्तिहरूको संख्या ३१ लाख ४८ हजार १८० अर्थात् १५.४ प्रतिशत रहेको  छ। सो संख्या स्नातक तहमा जाँदा ९ ला ३० हजार १७६ अर्थात् ४.६ प्रतिशत उत्तीर्ण दर रहेको छ।  स्नात्तकोत्तर वा सोभन्दा माथि अध्ययन गर्ने व्यक्तिहरूको उत्तीर्ण संख्या ४ लाख ४१ हजार ५८५ अर्थात् २.२ प्रतिशत रहेको छ।

८.१ प्रतिशत अझै विद्यालयबाहिर 
नेपालमा अझै पनि ८.१ प्रतिशत व्यक्तिहरू शिक्षाको पहुँचभन्दा बाहिर रहेको देखिन्छ। ५ वर्षदेखि २५ वर्षसम्म एसएलसी/एसईई तहभन्दा मुनिको शैक्षिक तह उत्तीर्ण गरेको शैक्षिक तह अनुसारको तथ्यांक हेर्ने हो भने, सामान्य पढ्न लेख्न दुवै जान्ने व्यक्तिहरू ७६.२ प्रतिशत रहेको  छ।

जसमध्ये पुरुषको संख्या ८३.६ प्रतिशत र महिलाको संख्या ६९.४ प्रतिशत रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। यो तथ्यांकलाई विश्लेषण गर्ने हो भने पुरुषभन्दा महिलाको संख्या १४.२ प्रतिशत कमी देखिएको छ। 

कम्तीमा पनि एकपटक विद्यालय गएको व्यक्तिहरूको संख्या २१.२ प्रतिशत रहेको छ। विद्यालय नै नगएकाहरूको कुल संख्या ८.१ प्रतिशत रहेको छ। जसमध्ये ६.७ प्रतिशत र महिला ९.४ प्रतिशत रहेको तथ्यांकले देखाएको छ। 

२३.२ प्रतिशतले पढ्न लेख्न जान्दैनन्
५ वर्ष वा सोभन्दा माथिका व्यक्तिको साक्षरताको अवस्था अनुसारको जनसंख्या निकाल्ने हो भने २३.३ प्रतिशतले अझै पनि पढ्न र लेख्न  दुवै नजान्ने रहेका छन्। जसमध्ये १६.१ प्रतिशत पुरुष र ३०.१ प्रतिशत महिलाहरू रहेका छन्।

List21680689953.jpg

१० जोड २ वा सो सरह वा उच्च तह उत्तीर्ण गरेकाको अध्ययनको क्षेत्र अनुसारको जनसंख्या निकाल्ने हो भने कानुन र कृषि पढ्ने विद्यार्थीहरूको उत्तीर्ण दर कमजोर देखिएको छ। कानुनको उत्तीर्ण दर हेर्ने हो भने ०.८ प्रतिशत मात्रै छ। जनणना २०७८ अनुसार कानुन पढ्ने पुरुषको संख्या १.० प्रतिशत रहेको छ भने महिलाको उत्तीर्ण  दर ०.५ प्रतिशत रहेको छ। 

त्यसैगरी, कृषिमा ०.७ प्रतिशत उत्तीर्ण दर रहेको छ। जसमध्ये ०.७ प्रतिशत पुरुष र ०.६ प्रतिशत महिला उत्तीर्ण दर रहेको  छ। मानविकी तथा सामाजिकशास्त्र उत्तीर्ण गर्नेहरू कुल ११.५ प्रतिशत, व्यवस्थापन ३५.१ प्रतिशत, शिक्षा २९.९ प्रतिशत, विज्ञान तथा प्रविधि ७.१ प्रतिशत, स्वास्थ्य एवं चिकित्साशास्त्र ४.४ र इन्जिनिरिङ ३ प्रतिशत उत्तीर्ण दर रहेको राष्ट्रिय जनगणनाको तथ्यांकमा उल्लेख छ। 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो,... सोमबार, माघ ५, २०८२
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ ।  को.१ ख ७१११ नम्बरको बस दुर्घटना भएको हो । चालक सहित ५ जनाको मृत्यु भएको सुनसरीका एसपी केशव... आइतबार, माघ ४, २०८२
प्रधानमन्त्री र मन्त्रीसहित आयोगका पदाधिकारीबीच छलफल प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचन आचारसंहिता लागु गर्नेबारे छलफल भएको हो । । आइतबार, माघ ४, २०८२
ताजा समाचारसबै
जसपाबाट टिकट नपाएपछि पूर्वमन्त्री यादव एमाले प्रवेश सोमबार, माघ ५, २०८२
जानकी मन्दिरको आरतीमा पुगे बालेन र अमरेश, लहानको शहीद पार्कमा बिहान ८ बजे पुग्दै सोमबार, माघ ५, २०८२
आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै सोमबार, माघ ५, २०८२
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्