फाइल तस्बिर।
काठमाडौं- प्रतिनिधि सभा नियमावली २०७९ पारित भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकले नियमावली पारित गरेको हो।
नियमावली मस्यौदा समितिको तर्फबाट रमेश लेखकले कतिपय संशोधन प्रस्तावहरू स्वीकार गरेको बताएका थिए। जसअनुसार, कैयौँ सांसदहरूले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए।
विवादित बनेको सभामुखलाई नियन्त्रित गर्ने किसिमको संशोधन प्रस्ताव फिर्ता भएको छ। यसअघि सत्ता पक्षका केही सांसदहरूले नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार मात्र गर्नेछन् भन्ने प्रस्ताव राखेका थिए।
सो संशोधन प्रस्तावको आलोचना पनि भएको थियो। सत्ता पक्षले कार्यव्यवस्था परामर्श समितिमार्फत् सभामुखलाई नियन्त्रित गर्न खोजेको भन्दै आलोचना गरिएको थियो।
लेखकका अनुसार, संशोधन प्रस्तावलाई हुबहु नराखी प्रस्तावहरूको भावनालाई समेट्ने गरी नयाँ परिमार्जन गरिएको छ। अब कार्यव्यवस्था समितिको बैठक अधिवेशन चालु रहेको अवस्थामा नियमित रुपमा र अन्य समयमा आवश्यकता अनुसार बस्ने छ भन्ने उपनियम थपिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।