काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकासको आधारशीला तयार गर्न नसकिने बताएका छन्।
आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकमा राजनीतिक अस्थिरतालाई अन्त्य गर्न नेकपा एमालेलाई देशको बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए।
पोखरेलले एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित नभइकन देश निर्माणको राष्ट्रिय आकंक्षा पूरा हुन नसक्ने दाबी पनि गरे। महासचिव पोखरेलले नेपाली कांग्रेससहितको ५ दलीय गठबन्धन हुँदा मुलुकमा अवैध अर्थतन्त्र प्रोत्साहित गर्ने, कालोबजारी, तस्करी लगायतका गतिविधिलाई प्रोत्साहित गर्दा अर्थतन्त्रको अवस्था दयनीय बनेको बताए।
महासचिव पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्व दिन नसक्दा देश बन्न नसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।