काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वैशाख १० मा हुने उपनिर्वाचनका लागि तीनै क्षेत्रमा उम्मेदवार तय गरेको छ।
आइतबार बसेको राप्रपाको संसदीय समितिको बैठकले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
राप्रपाले कसैसँग तालमेल नगरी एक्लै निर्वाचन लड्ने निर्णय गर्दै उम्मेदवार तय गरेको श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।