• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

खरो प्रहरीको राजनीतिक हुटहुटी : इतिहास रच्लान् कि दोहरिएला काठमाडौं-१ को नियति?

64x64
नारायण अधिकारी आइतबार, चैत १९, २०७९  १६:५२
1140x725

काठमाडौं- रमेश खरेल सरुवा भएर आउँदैछन् भनेपछि कुनै समय ‘भुँडे’ प्रहरीको दोहोलो नै हुन्थ्यो। ‘हि मे बि करप्टेड’ भुँडीवाला प्रहरी देख्यो कि उनको मुखबाट यही शब्द फुत्किन्थ्यो। कडा अनुशासन, खरो स्वभाव र आक्रामक पुलिसिङका कारण उनी संगठनभित्र चर्चित थिए।

अझ मन्त्रीका अगाडि ब्रिफकेस बुझाउनुपर्ने भन्दै भाषण ठोकेपछि उनको चर्चा संगठनभित्र मात्र नभई बाहिर पनि त्यति नै चुलियो। ८ वर्षअघि महेन्द्र पुलिस क्लबमा भएको एक कार्यक्रममा खरेलले प्रहरी अधिकारीहरु बढुवा हुनका लागि ब्रिफकेस बोकेर नेताका घर-घर पुग्ने गरेको भाषण गरेका थिए। उक्त भाषणपछि काठमाडौं प्रमुख रहेका एसएसपी खरेलको जिम्मेवारी समेत खोसिएको थियो।

खरेलले यस्तो भाषण गरेको केही दिनअघि मात्रै तत्कालीन गृहमन्त्री वामदेव गौतमले काभ्रेमा भएको युवा संघको कार्यक्रममा खरेल सेलिब्रटी बन्न खोजेको आरोप लगाएका थिए। ‘आफ्नो स्वाभिमान गिर्ने भएर होला, मलाई एक चोटी पनि भेट्न नआएको’ भन्दै गौतमले भाषण गरेका थिए। 

तिनै खरो स्वभावका खरेललाई पछि पार्दै सर्वेन्द्र खनाल आईजीमा बढुवा भएपछि उनले प्रहरी संगठनबाट राजीनामा नै ठोके। नालायकको हातमा प्रहरी संगठन पुगेकाले त्यस्ता व्यक्तिको अन्डरमा बसेर काम गर्न आफ्नो नैतिकताले नदिने भन्दै उनले राजीनामा बुझाएका थिए। 

प्रहरी जीवनको २९ वर्षसम्म खरो रुपमा उत्रिएका खरेल अवकाशको तीन वर्षसम्म गुमनाम बने। कोभिडसँगको लुकामारीबाट नयाँ जीवन पाएका उनी उसैगरी अहिले फरि राजनीतिक क्षेत्रमा खरो उत्रिने प्रयास गर्दैछन्। एक वर्षअघि २०७८ पुसमा नेपाल सुशासन पार्टी दर्ता गरेर त्यसको अध्यक्ष बनेका खरेलले गत मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं- १ बाट उम्मेदवारी दिएका थिए। ७१४३ मत ल्याएर कांग्रेसका प्रकाशमान सिंह विजयी हुँदा ३१२४ मत ल्याउँदै खरेल चौथो भएका थिए। आक्रामक घरदैलो गरेका खरेलको यो पहिलो चुनावी अनुभव पनि थियो। 

कुशासनले भ्रष्ट बनेको देशलाई ट्र्याकमा ल्याउनु नै आफ्नो राजनीतिक उद्देश्य रहेकाले हारे पनि आफ्नो लक्ष्यमा दृढ रहेको खरेलले बताएका थिए। त्यही राजनीतिक हुटहुटीले खरेललाई अहिले फेरि उपनिर्वाचन लड्ने ठाउँसम्म ल्याएको छ। 

रविले धोका दिएको बताउने खरेल कसरी पुगे रास्वपामा?
काठमाडौं- १ मा आफू पराजित हुनपर्ने कारणमध्ये एक रवि लामिछाने समेत रहेको खरेलले आरोप लगाएका थिए। निर्वाचनको एक महिनाअघि उपत्यकाका ४५ ठाउँमा एकसाथ उम्मेदवार सार्वजनिक गर्ने र दुवै पार्टीबाट (रास्वपा र नेसुपा) एकअर्काका उम्मेदवारलाई समर्थन गर्ने भद्र सहमति भए पनि रविले तोडेको खरेलको आरोप थियो। 

‘काठमाडौं- १ मा उहाँले घन्टीबाट उम्मेदवारी नदिने भद्र सहमति थियो। तर उहाँले सहमति तोड्दै पुकार बमलाई उठाउनु भयो,’ खरेलले भनेका थिए। रविले धोका दिएको बताउने उनै खरेल अहिले रास्वपाबाटै उम्मेदवार बनेका छन्। आखिर यो अवस्था कसरी भयो?

Ncell 2
Ncell 2
nimb
nimb

यसबारे उनले शनिबारको पत्रकार सम्मेलनमा भनेका छन्, ‘नेपाल आमा रोइरहेकी छिन्। नेपाल आमालाई अफ्ठ्यारो भएको छ। कुशासनले देश आक्रान्त छ। यस्तो अवस्थामा राष्ट्र बचाउनका लागि हामी नयाँ शिराबाट एक ठाउँमा उभिन सकिएन भने ब्याप्त कुशासनलाई चिर्न सकिँदैन। सुशासन कायम गर्न र सामाजिक न्याय दिँदै नागरिकलाई हौसला प्रदान गर्नका लागि हामी एक ठाउँमा उभिएका हौं।’

खरेलले यसो भनिरहे पनि स्थानीय तहदेखि संघीय चुनावसम्म विभिन्न ठाउँमा उम्मेदवारी दिएको खरेलको पार्टीको उत्साहजनक उपस्थित खासै देखिएन। पर्साको एउटा वडामा वडाध्यक्ष जित्नु बाहेक अन्यत्र सन्तोषजनक मत समेत खरेलको पार्टीले ल्याएन। पार्टीका अध्यक्ष खरेल स्वयंले समेत काठमाडौंबाट सोचे अनुरुप मत ल्याउन सकेनन्।

खरेललाई जनमतले उत्साहित हुनपर्नेभन्दा पनि थप सोचेर अघि बढ्नुपर्ने पाठ दिएको थियो। यो सँगै उनलाई रास्वपामा ल्याउने सूत्रधार थिए, अर्का पूर्वसुरक्षाकर्मी प्रणय राणा। यो कुरा खरेल स्वयंले समेत स्वीकार गरेका छन्। रास्वपाबाट उम्मेदवार बन्ने निर्णय गरेपछि खरेलले भनेका छन्, ‘डा प्रणय राणाको प्रयासलाई स्वागत र सम्मान गर्दै यहाँहरु सबैको सहयोगको अपेक्षा गर्दछु।’

‘१६५ क्षेत्रमै उठ्नका लागि आधार बनाइसकेको छु’
काठमाडौंबाट उम्मेदवार बनेका खरेल अहिले मधेसी समुदायको बाहुल्य रहेको बारा-२ बाट चुनाव उठ्ने भएका छन्। जुन पहाडी मुलका खरेललाई मधेसी मुलको बाहुल्य रहेको क्षेत्रबाट चुनाव जित्न निकै गाह्रो हुने देखिन्छ। यस्तो हुँदाहुँदै खरेलले बाराबाट उम्मेदवारी दिने निर्णय किन गरे?

यसबारे खरेल भने आफ्नो प्रहरी सेवालाई मुख्य आधार मान्छन्। २९ वर्षसम्म प्रहरी सेवामा रहेर काम गरेकाले देशका सबैजसो भू-भागको बारेमा ज्ञान र अनुभव भएकाले आफू जहाँबाट उठे पनि परिचित रहेको उनको तर्क छ।

‘७७ वटै जिल्ला, १६५ वटै निर्वाचन क्षेत्रमा रमेश खरेल उठ्ने आधारहरू छन्। म मौका पाएर इमानदार भएर निस्केको मान्छे हुँ भन्दा घमण्डी नभन्नुहोला। २९ वर्ष देशको सेवा गरेर टेस्टेड भइसक्नु नै पहिलो आधार हो,’ खरेलले भने। प्रहरीमा २९ वर्ष सेवा गर्दाको अनुभवले देश कुशासनको बाटो गएको र त्यसलाई तोड्न आवश्यक रहेको देखिएकाले आफूले उम्मेदवारी दिनु परेको उनको भनाइ छ। 

खरेल तराई क्षेत्रका लागि पनि परिचित अनुहार हुन्। बाराको सीमावर्ती जिल्ला पर्सा जिल्ला इन्चार्ज भएर काम गरेका खरेलको खरो स्वभावका कारण उनी त्यस क्षेत्रमा पनि परिचित छन्। सीमा नाकाबाट हुने तस्करी, अपराध तथा तराईका क्षेत्रमा लगाइने अवैध गाँजा खेतीविरुद्ध खरेल आक्रामक भएर प्रस्तुत भएका थिए।

तराईमा आफू परिचित अनुहार भएकाले त्यसको फाइदा उपनिर्वाचनमार्फत लिने दाउमा अहिले खरेल मधेस झरेका छन्। जितेको अवस्थामा खरेलका लागि यो ऐतिहासिक बन्नेछ। उनी पहिलो पटक संसद् भवन छिर्नेछन्। यसमा खरेल सफल हुँदै इतिहास रच्छन् वा काठमाडौं- १ कै नियति दोहोरिन्छ त्यो भने हेर्न बाँकी नै छ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १६:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रतिनिधि सभा बैठक (लाइभ) शुक्रबार अपराह्न १ बजेबाट सुरु भएको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचा... शुक्रबार, भदौ २६, २०८३
भारतसहितका राजदूतहरूको आउजाउ, को आए ? को जाँदै ? नेपालका लागि युरोपेली युनियन (इयु) का नयाँ राजदूतले कार्यभार सम्हालेको एक सातामै अमेरिकाले केही दिनअघि नेपालका लागि कार्यवाहक राजदूत... शुक्रबार, भदौ २६, २०८३
एमाले कार्यदलमा थापा र पोखरेलको छुट्टाछुट्टै प्रतिवेदन, शनिबारदेखि छलफल एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदन अध्ययनपछि मूल विषयमा शनिबारको बैठकमा छलफल गर्ने गरी आजको बैठक... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक (लाइभ) शुक्रबार, भदौ २६, २०८३
भारतसहितका राजदूतहरूको आउजाउ, को आए ? को जाँदै ? शुक्रबार, भदौ २६, २०८३
नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार शुक्रबार, भदौ २६, २०८३
एमाले कार्यदलमा थापा र पोखरेलको छुट्टाछुट्टै प्रतिवेदन, शनिबारदेखि छलफल शुक्रबार, भदौ २६, २०८३
महाधिवेशन कार्यतालिका स्थगित गरेर संवाद गर्न कांग्रेसका २५ नेताको अपिल शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्