• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

खरो प्रहरीको राजनीतिक हुटहुटी : इतिहास रच्लान् कि दोहरिएला काठमाडौं-१ को नियति?

64x64
नारायण अधिकारी आइतबार, चैत १९, २०७९  १६:५२
1140x725

काठमाडौं- रमेश खरेल सरुवा भएर आउँदैछन् भनेपछि कुनै समय ‘भुँडे’ प्रहरीको दोहोलो नै हुन्थ्यो। ‘हि मे बि करप्टेड’ भुँडीवाला प्रहरी देख्यो कि उनको मुखबाट यही शब्द फुत्किन्थ्यो। कडा अनुशासन, खरो स्वभाव र आक्रामक पुलिसिङका कारण उनी संगठनभित्र चर्चित थिए।

अझ मन्त्रीका अगाडि ब्रिफकेस बुझाउनुपर्ने भन्दै भाषण ठोकेपछि उनको चर्चा संगठनभित्र मात्र नभई बाहिर पनि त्यति नै चुलियो। ८ वर्षअघि महेन्द्र पुलिस क्लबमा भएको एक कार्यक्रममा खरेलले प्रहरी अधिकारीहरु बढुवा हुनका लागि ब्रिफकेस बोकेर नेताका घर-घर पुग्ने गरेको भाषण गरेका थिए। उक्त भाषणपछि काठमाडौं प्रमुख रहेका एसएसपी खरेलको जिम्मेवारी समेत खोसिएको थियो।

खरेलले यस्तो भाषण गरेको केही दिनअघि मात्रै तत्कालीन गृहमन्त्री वामदेव गौतमले काभ्रेमा भएको युवा संघको कार्यक्रममा खरेल सेलिब्रटी बन्न खोजेको आरोप लगाएका थिए। ‘आफ्नो स्वाभिमान गिर्ने भएर होला, मलाई एक चोटी पनि भेट्न नआएको’ भन्दै गौतमले भाषण गरेका थिए। 

तिनै खरो स्वभावका खरेललाई पछि पार्दै सर्वेन्द्र खनाल आईजीमा बढुवा भएपछि उनले प्रहरी संगठनबाट राजीनामा नै ठोके। नालायकको हातमा प्रहरी संगठन पुगेकाले त्यस्ता व्यक्तिको अन्डरमा बसेर काम गर्न आफ्नो नैतिकताले नदिने भन्दै उनले राजीनामा बुझाएका थिए। 

प्रहरी जीवनको २९ वर्षसम्म खरो रुपमा उत्रिएका खरेल अवकाशको तीन वर्षसम्म गुमनाम बने। कोभिडसँगको लुकामारीबाट नयाँ जीवन पाएका उनी उसैगरी अहिले फरि राजनीतिक क्षेत्रमा खरो उत्रिने प्रयास गर्दैछन्। एक वर्षअघि २०७८ पुसमा नेपाल सुशासन पार्टी दर्ता गरेर त्यसको अध्यक्ष बनेका खरेलले गत मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं- १ बाट उम्मेदवारी दिएका थिए। ७१४३ मत ल्याएर कांग्रेसका प्रकाशमान सिंह विजयी हुँदा ३१२४ मत ल्याउँदै खरेल चौथो भएका थिए। आक्रामक घरदैलो गरेका खरेलको यो पहिलो चुनावी अनुभव पनि थियो। 

कुशासनले भ्रष्ट बनेको देशलाई ट्र्याकमा ल्याउनु नै आफ्नो राजनीतिक उद्देश्य रहेकाले हारे पनि आफ्नो लक्ष्यमा दृढ रहेको खरेलले बताएका थिए। त्यही राजनीतिक हुटहुटीले खरेललाई अहिले फेरि उपनिर्वाचन लड्ने ठाउँसम्म ल्याएको छ। 

रविले धोका दिएको बताउने खरेल कसरी पुगे रास्वपामा?
काठमाडौं- १ मा आफू पराजित हुनपर्ने कारणमध्ये एक रवि लामिछाने समेत रहेको खरेलले आरोप लगाएका थिए। निर्वाचनको एक महिनाअघि उपत्यकाका ४५ ठाउँमा एकसाथ उम्मेदवार सार्वजनिक गर्ने र दुवै पार्टीबाट (रास्वपा र नेसुपा) एकअर्काका उम्मेदवारलाई समर्थन गर्ने भद्र सहमति भए पनि रविले तोडेको खरेलको आरोप थियो। 

‘काठमाडौं- १ मा उहाँले घन्टीबाट उम्मेदवारी नदिने भद्र सहमति थियो। तर उहाँले सहमति तोड्दै पुकार बमलाई उठाउनु भयो,’ खरेलले भनेका थिए। रविले धोका दिएको बताउने उनै खरेल अहिले रास्वपाबाटै उम्मेदवार बनेका छन्। आखिर यो अवस्था कसरी भयो?

Ncell 2
Ncell 2

यसबारे उनले शनिबारको पत्रकार सम्मेलनमा भनेका छन्, ‘नेपाल आमा रोइरहेकी छिन्। नेपाल आमालाई अफ्ठ्यारो भएको छ। कुशासनले देश आक्रान्त छ। यस्तो अवस्थामा राष्ट्र बचाउनका लागि हामी नयाँ शिराबाट एक ठाउँमा उभिन सकिएन भने ब्याप्त कुशासनलाई चिर्न सकिँदैन। सुशासन कायम गर्न र सामाजिक न्याय दिँदै नागरिकलाई हौसला प्रदान गर्नका लागि हामी एक ठाउँमा उभिएका हौं।’

खरेलले यसो भनिरहे पनि स्थानीय तहदेखि संघीय चुनावसम्म विभिन्न ठाउँमा उम्मेदवारी दिएको खरेलको पार्टीको उत्साहजनक उपस्थित खासै देखिएन। पर्साको एउटा वडामा वडाध्यक्ष जित्नु बाहेक अन्यत्र सन्तोषजनक मत समेत खरेलको पार्टीले ल्याएन। पार्टीका अध्यक्ष खरेल स्वयंले समेत काठमाडौंबाट सोचे अनुरुप मत ल्याउन सकेनन्।

खरेललाई जनमतले उत्साहित हुनपर्नेभन्दा पनि थप सोचेर अघि बढ्नुपर्ने पाठ दिएको थियो। यो सँगै उनलाई रास्वपामा ल्याउने सूत्रधार थिए, अर्का पूर्वसुरक्षाकर्मी प्रणय राणा। यो कुरा खरेल स्वयंले समेत स्वीकार गरेका छन्। रास्वपाबाट उम्मेदवार बन्ने निर्णय गरेपछि खरेलले भनेका छन्, ‘डा प्रणय राणाको प्रयासलाई स्वागत र सम्मान गर्दै यहाँहरु सबैको सहयोगको अपेक्षा गर्दछु।’

‘१६५ क्षेत्रमै उठ्नका लागि आधार बनाइसकेको छु’
काठमाडौंबाट उम्मेदवार बनेका खरेल अहिले मधेसी समुदायको बाहुल्य रहेको बारा-२ बाट चुनाव उठ्ने भएका छन्। जुन पहाडी मुलका खरेललाई मधेसी मुलको बाहुल्य रहेको क्षेत्रबाट चुनाव जित्न निकै गाह्रो हुने देखिन्छ। यस्तो हुँदाहुँदै खरेलले बाराबाट उम्मेदवारी दिने निर्णय किन गरे?

यसबारे खरेल भने आफ्नो प्रहरी सेवालाई मुख्य आधार मान्छन्। २९ वर्षसम्म प्रहरी सेवामा रहेर काम गरेकाले देशका सबैजसो भू-भागको बारेमा ज्ञान र अनुभव भएकाले आफू जहाँबाट उठे पनि परिचित रहेको उनको तर्क छ।

‘७७ वटै जिल्ला, १६५ वटै निर्वाचन क्षेत्रमा रमेश खरेल उठ्ने आधारहरू छन्। म मौका पाएर इमानदार भएर निस्केको मान्छे हुँ भन्दा घमण्डी नभन्नुहोला। २९ वर्ष देशको सेवा गरेर टेस्टेड भइसक्नु नै पहिलो आधार हो,’ खरेलले भने। प्रहरीमा २९ वर्ष सेवा गर्दाको अनुभवले देश कुशासनको बाटो गएको र त्यसलाई तोड्न आवश्यक रहेको देखिएकाले आफूले उम्मेदवारी दिनु परेको उनको भनाइ छ। 

खरेल तराई क्षेत्रका लागि पनि परिचित अनुहार हुन्। बाराको सीमावर्ती जिल्ला पर्सा जिल्ला इन्चार्ज भएर काम गरेका खरेलको खरो स्वभावका कारण उनी त्यस क्षेत्रमा पनि परिचित छन्। सीमा नाकाबाट हुने तस्करी, अपराध तथा तराईका क्षेत्रमा लगाइने अवैध गाँजा खेतीविरुद्ध खरेल आक्रामक भएर प्रस्तुत भएका थिए।

तराईमा आफू परिचित अनुहार भएकाले त्यसको फाइदा उपनिर्वाचनमार्फत लिने दाउमा अहिले खरेल मधेस झरेका छन्। जितेको अवस्थामा खरेलका लागि यो ऐतिहासिक बन्नेछ। उनी पहिलो पटक संसद् भवन छिर्नेछन्। यसमा खरेल सफल हुँदै इतिहास रच्छन् वा काठमाडौं- १ कै नियति दोहोरिन्छ त्यो भने हेर्न बाँकी नै छ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १६:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता भेटमा नेकपा नेता वर्षमान पुनको समेत सहभागी थिए । बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो उनले कांग्रेस कार्यसम्पादन बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै कार्यवहाक सभापति पूर्णबहादुर खड्कामार्फत देउवालाई सहभागी हुनका ला... बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय उक्त हस्ताक्षर फिर्ता लिने निर्णयमा महामन्त्री गगन थापा र फरमुल्ला मन्सुरले भने असहमति जनाएका थिए । बिहीबार, पुस २४, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्