काठमाडौं– साउथ र बलिउडमा खलनायकको अभिनय गरेका राहुल देव चर्चित अभिनेता हुन्। उनले धेरै फिल्ममा उत्कृष्ट अभिनयले मन जितेका छन्।
हालसालै उनी सारा अली खान र विक्रान्त मेसीको फिल्म ‘ग्यासलाइट’ मा देखा परेका थिए। यो चलचित्र डिज्नी प्लस हटस्टारमा स्ट्रिम गरिएको छ। फिल्म मार्च ३१ देखि ओटीटी प्लेटफर्ममा हेर्न सकिनेछ। यसमा राहुल देवको अभिनयको सबैले तारिफ गरेका छन्।
एक अन्तर्वार्तामा उनले साउथ र बलिउड फिल्मको तुलना गरेका छन्।
राहुल देवलाई अफर आइरहेको भूमिकाबारे बताउँदै उनले बलिउडले आफूलाई कमजोर बनाएको बताए। उनले ७० र ८० को दशकका फिल्मजस्तै साउथका फिल्महरू कसरी बन्ने गरेको र एउटै कथा सुनाउनुमा जोड दिइने भएकाले राम्रो प्रदर्शन भएको बताए। उनले भने, ‘साउथ इन्डियनका संवाद र कलाकारहरू 'लाइफ देन लार्जर' र एक्सन सिक्वेन्स वास्तविक जीवनभन्दा फरक 'ओभर द टप' छन्।’
भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै राहुल देवले भने, ‘दक्षिणमा हेर्ने हो भने उनीहरूको फिल्म राम्रो छ तर सबैले ७० र ८० को दशकका फिल्मको टेम्प्लेट पछ्याउँछन्। संवाद र अभिनेता जीवन भन्दा ठूला छन्। यति मात्र होइन, त्यहाँ केही उत्कृष्ट एक्सन र फाइट सिक्वेन्सहरू छन् जुन वास्तविक जीवनमा हुँदैनन् तर दर्शकहरूलाई मन पराउने तरिकाले देखाइन्छ र वर्णन गरिन्छ।’
राहुल देवले आफ्नो यात्राबारे पनि बताए। उनले आजको समयमा कलाकारको सीप ढाँचा विशेष गरी ओटीटीमा धेरै सामान्य भएको बताए। ‘‘लार्जर देन लाइफ’ फिल्महरूमा, तपाईंले दिमागलाई घरमा छोड्नुपर्छ। किनभने वास्तविक जीवनमा तपाईंले कसैको सर्ट च्यात्नुहुन्न। कसैसँग झगडा गर्न थाल्नुहुँदैन। यो व्यावसायिक ढाँचामा मात्र हुन्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।