काठमाडौं– नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थामा देखिएको समस्या समाधान गर्न आवश्यक सुझाव माग गरेको छ। राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै सुझाव माग गरेको हो।
सञ्चालक समितिको निर्णय बमोजिम आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरूको विषयमा अध्ययन गर्न गठन भएको समितिले अध्ययन कार्य प्रारम्भ गरेको राष्ट्र बैंकले जनाएको छ।
‘यस सन्दर्भमा यस विषयसँग सरोकार राख्ने सम्पूर्ण महानुभावहरूले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्न पर्ने कदमहरूका बारे सुझाव पठाई सहयोग गरिदिनु हुन विनम्र अनुरोध छ’, राष्ट्र बैंकले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।