काठमाडौं- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले हवाई क्षेत्रमा पछिल्ला दिनहरुमा भएका घटनाबारे सरकारलाई ध्यानाकर्षण गराएका छन्। उनले नेपाल वायु सेवा निगमले पछिल्लो समय यात्रु अलपत्र पार्नेदेखि टायर नहुनेसम्मको कार्य रोक्न माग गरे।
आइतबार प्रतिनिधि सभामा बोल्दै पौडेलले भने, ‘कुनै जहाजको टायर खुस्कने, टायर भाडामा लिनुपर्ने र उडान नहुने समस्या देखिएको छ। हिजो मात्र को-पाइलटलाई पखाला लागेपछि दुबईबाट नेपाल आउने क्रममा रहेका ५४३ जात्रु अलपत्र परे। हवाई दुर्घटनामा इञ्जिनभन्दा व्यवस्थापन दोषी देखाउने गरेको छ।’
उनले हवाई सुरक्षालाई विश्वले प्राथमिकतामा राख्ने तर नेपालमा किन नभएको भन्दै प्रश्न गरे। हवाई क्षेत्रमा देखिएको समस्यालाई गम्भीरतापूवर्क लिएर उचित समाधान खोज्न उनले माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।