काठमाडौं- नेपाली कांग्रेस कार्य सम्पादन समितिले बारा, तनहुँ र चितवनका अनुशासनको कारबाही परेका नेता/कार्यकर्ताको कारबाही फिर्ता लिने निर्णय गरेको छ। आइतबार बसेको कार्यसम्पादनको बैठकले २०७९ अघिको निर्वाचनमा गरिएको अनुशासन उलंघलनलाई माफी दिने निर्णय गरेको कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।
उनले भने, '२०७९ को स्थानीय र आमनिर्वाचनको क्रममा अनुशासन उल्लंघन गरेर काबाही गरिएका बाहेकको यी तीन जिल्लाको हकमा कारबाही फिर्ता गरिने निर्णय लिइएको छ।'
कांग्रेसको उक्त निर्णयले तनहुँमा २०७९ को निर्वाचनअघि नै अनुशासनको कारबाही भोगेका गोविन्दराज जोशी समेतले उन्मुक्ति पाएका छन्। २०७४ सालमा रामचन्द्र पौडेलबिरुद्ध उम्मेदवारी दिएका थिए। उनलाई २०७५ सालमा अनुशासनको कारबाही गरिएको थियो।
उनी गएको निर्वाचनमा पनि पौडेलबिरुद्ध उठेका थिए। उनले ६ हजारभन्दा बढी मत ल्याएका थिए।
यसैगरी तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध चितवन- ४ मा दोस्रो संविधान सभा चुनावमा विकास बागी उठेका थिए। उनलाई पनि २०७० मा कारबाही गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।