काठमाडौं- नेपाली कांग्रेसले बारा-२ को उपनिर्वाचनमा जनता समाजवादीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।
सोमबार बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले उक्त क्षेत्रमा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको कांग्रेसका प्रवक्त डा प्रकाशशरण महतले जानकारी दिए।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा बारा- २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।