• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एसइईको प्रणालीमा रूपान्तरण, हाउगुजी उस्तै

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, चैत १६, २०७९  २२:००
1140x725

काठमाडौं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबारबाट सुरु हुँदैछ। परीक्षा बिहान ८ बजेदेखि देशैभरका केन्द्रहरूमा एकैसाथ सुरु हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ।

कक्षा १० को अन्तिम परीक्षाको रूपमा रहेको एसइईका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी बिहीबार नै केन्द्रमा पुगिसकेको राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले चैत १७ देखि २९ गतेसम्म हुने एसइई को तयारी पूरा भएको जनाएको छ। परीक्षा नियन्त्रक श्रेष्ठले परीक्षालाई स्वच्छ, व्यवस्थित, मर्यादित एवं शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको बताए। 

४ लाख ८५ हजारभन्दा बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
एसइई परीक्षामा यस वर्ष देशभरबाट १२ हजार ८३ वटा विद्यालयबाट विद्यार्थीहरू सहभागी हुँदैछन्। जसमध्ये छात्रा २ लाख ४२ हजार ७१२ जना र छात्र २ लाख ४२ हजार ६७४ गरी जम्मा ४ लाख ८५ हजार ३९६ जना विद्यार्थीहरूको सहभागिता रहने परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए। 

एसइई परीक्षाका लागि देशभर २ हजार ३७ वटा परीक्षा केन्द्र तोकिएको छ। कुल परीक्षार्थीमध्ये साझेदारमार्फत सञ्चालन भएका ५०५ विद्यालयका १५ हजार ४६१ जना विद्यार्थीहरू समेत सहभागी हुने भएका हुन्।

एसइई परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित जम्मा ७७ हजार ९९२ जना जनशक्ति प्रत्यक्ष रूपमा खटिने भएको छ। 

परीक्षा नियन्त्रक श्रेष्ठले एसइई परीक्षा सुरक्षित, व्यवस्थित, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरले सञ्चालन गर्नका लागि सात वटै प्रदेशमा परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति, ७७ वटै जिल्लामा परीक्षा समन्वय समिति, राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन शाखा कार्यालयबाट केन्द्राध्यक्षहरुलाई आवश्यक ओरिन्टेसन दिइसकेको बताए। विशेष गरी गाउँपालिका, नगरपालिकासँग समन्वय गरेर परीक्षालाई व्यवस्थित गर्ने कार्य अघि बढिसकेको उनको भनाइ छ।

प्रश्नपत्र, उत्तरपुस्तिकासँग सम्बन्धित सामग्रीहरू सम्बन्धित परीक्षा केन्द्र र नजिकको प्रहरी चौकीमा पुर्या,उने कार्य सम्पन्न भइसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डले आफूले अध्ययन गरेको विद्यालय नपर्ने गरी परीक्षा केन्द्र (होम सेन्टर) कायम गरिएको जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

एसइईको हाउगुजी कायमै
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा अन्तर्गत नै कायम गरेको छ। तर एसइई परीक्षालाई पुरानो एसएलसीको रूपमै लिने गरिएको छ। शिक्षक, विद्यार्थी र अभिभावकका लागि एसइई परीक्षाका विषयमा अझै पुरानै हाउगुजी जस्तो देखिएको छ। होम सेन्टर परिवर्तन, परीक्षालाई तामझाम जस्तो देखाइरहने र प्रदेशले स्वामित्व ग्रहण गर्न नसक्नु यसको कारण रहेको शिक्षाविद्हरूको तर्क छ। 

केन्द्रले छोड्न र प्रदेशले लिन चाहेन: शिक्षाविद् डा कोइराला
शिक्षाविद् डा विद्यानाथ कोइरालाले केन्द्रले छोड्न नचाहने र प्रदेशले लिन नचाहने हुँदा एसइईबारे भ्रम सिर्जना भइरहेको बताउँछन्। एसइई पनि सामान्य विद्यालय स्तरको परीक्षा भएको कोइरालाले बताए।

उनले भने, ‘केन्द्रले छोड्न चाहेन, प्रदेशले लिन चाहेन। यो पनि हल्ला गर्ने एउटा ठाउँ भयो। एसइई १० कक्षाको जाँच मात्रै हो। एसइई भनेर माध्यमिक तहको र विद्यालय छोडेको भनेर दुई वटा प्रमाणपत्र दिनुपर्ने परिस्थिति नै होइन। जहाँ १२ कक्षासम्म पढाइ हुन्छ। त्यहाँ १२ कक्षासम्मकै जाँच हुने हो। स्कुलले गर्नुपर्ने जाँचमा यति हल्ला गर्ने विषय नै होइन।’

एसइईलाई स्तरीय बनाउने राष्ट्रिय परीक्षा बोर्डको कार्य प्रशंसनीय भएको डा कोइरालाले बताए। उनले स्तरीय परीक्षा बनाउने, त्यो स्तरीय परीक्षा विद्यार्थी आफैंले दिने र विद्यार्थी आफूले आफैंलाई जाँच्नु पर्नेमा जोड दिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘विद्यार्थीले आफूले आफैंलाई जाँच्दा उसले मेरो तागत पुग्यो कि पुगेन भन्ने थाहा पाउँछ। अभिभावकले पनि जाँचुन् मेरा छोरा-छोरीको तागत कति रहेछ भनेर। शिक्षकले जाँचुन्, कति दीक्षित गर्न सकें भनेर,’ उनले भने, ‘यति गर्योा भने पहिलाको हल्ला विस्तारै शान्त हुन्छ।’

कोइरालाले केन्द्रीय मानसिकता नै सबैभन्दा ठूलो समस्या रहेको बताए। कर्मचारीतन्त्र, राजनीतिक दलहरूमा केन्द्रीय मानसिकता कायमै रहेको आरोप लगाउँदै उनले कुनै पनि विद्यार्थीबाट शुल्क उठाउन नमिल्ने राज्यको नीति भए पनि परीक्षा बोर्डले प्रतिविद्यार्थी ५ सय रुपैयाँ शुल्क उठाइरहेको दाबी गरे। विद्यार्थीहरूबाट उठाइने शुल्कमा समेत राल काढ्ने गरेको उनको आरोप थियो।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  २२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार सार्वजनिक कार्डमा उनले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक... बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित भएका ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा पुर्‍याएको... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्