• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एसइईको प्रणालीमा रूपान्तरण, हाउगुजी उस्तै

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, चैत १६, २०७९  २२:००
1140x725

काठमाडौं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबारबाट सुरु हुँदैछ। परीक्षा बिहान ८ बजेदेखि देशैभरका केन्द्रहरूमा एकैसाथ सुरु हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ।

कक्षा १० को अन्तिम परीक्षाको रूपमा रहेको एसइईका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी बिहीबार नै केन्द्रमा पुगिसकेको राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले चैत १७ देखि २९ गतेसम्म हुने एसइई को तयारी पूरा भएको जनाएको छ। परीक्षा नियन्त्रक श्रेष्ठले परीक्षालाई स्वच्छ, व्यवस्थित, मर्यादित एवं शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको बताए। 

४ लाख ८५ हजारभन्दा बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
एसइई परीक्षामा यस वर्ष देशभरबाट १२ हजार ८३ वटा विद्यालयबाट विद्यार्थीहरू सहभागी हुँदैछन्। जसमध्ये छात्रा २ लाख ४२ हजार ७१२ जना र छात्र २ लाख ४२ हजार ६७४ गरी जम्मा ४ लाख ८५ हजार ३९६ जना विद्यार्थीहरूको सहभागिता रहने परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए। 

एसइई परीक्षाका लागि देशभर २ हजार ३७ वटा परीक्षा केन्द्र तोकिएको छ। कुल परीक्षार्थीमध्ये साझेदारमार्फत सञ्चालन भएका ५०५ विद्यालयका १५ हजार ४६१ जना विद्यार्थीहरू समेत सहभागी हुने भएका हुन्।

एसइई परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित जम्मा ७७ हजार ९९२ जना जनशक्ति प्रत्यक्ष रूपमा खटिने भएको छ। 

परीक्षा नियन्त्रक श्रेष्ठले एसइई परीक्षा सुरक्षित, व्यवस्थित, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरले सञ्चालन गर्नका लागि सात वटै प्रदेशमा परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति, ७७ वटै जिल्लामा परीक्षा समन्वय समिति, राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन शाखा कार्यालयबाट केन्द्राध्यक्षहरुलाई आवश्यक ओरिन्टेसन दिइसकेको बताए। विशेष गरी गाउँपालिका, नगरपालिकासँग समन्वय गरेर परीक्षालाई व्यवस्थित गर्ने कार्य अघि बढिसकेको उनको भनाइ छ।

प्रश्नपत्र, उत्तरपुस्तिकासँग सम्बन्धित सामग्रीहरू सम्बन्धित परीक्षा केन्द्र र नजिकको प्रहरी चौकीमा पुर्या,उने कार्य सम्पन्न भइसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डले आफूले अध्ययन गरेको विद्यालय नपर्ने गरी परीक्षा केन्द्र (होम सेन्टर) कायम गरिएको जनाएको छ। 

Ncell 2
Ncell 2

एसइईको हाउगुजी कायमै
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा अन्तर्गत नै कायम गरेको छ। तर एसइई परीक्षालाई पुरानो एसएलसीको रूपमै लिने गरिएको छ। शिक्षक, विद्यार्थी र अभिभावकका लागि एसइई परीक्षाका विषयमा अझै पुरानै हाउगुजी जस्तो देखिएको छ। होम सेन्टर परिवर्तन, परीक्षालाई तामझाम जस्तो देखाइरहने र प्रदेशले स्वामित्व ग्रहण गर्न नसक्नु यसको कारण रहेको शिक्षाविद्हरूको तर्क छ। 

केन्द्रले छोड्न र प्रदेशले लिन चाहेन: शिक्षाविद् डा कोइराला
शिक्षाविद् डा विद्यानाथ कोइरालाले केन्द्रले छोड्न नचाहने र प्रदेशले लिन नचाहने हुँदा एसइईबारे भ्रम सिर्जना भइरहेको बताउँछन्। एसइई पनि सामान्य विद्यालय स्तरको परीक्षा भएको कोइरालाले बताए।

उनले भने, ‘केन्द्रले छोड्न चाहेन, प्रदेशले लिन चाहेन। यो पनि हल्ला गर्ने एउटा ठाउँ भयो। एसइई १० कक्षाको जाँच मात्रै हो। एसइई भनेर माध्यमिक तहको र विद्यालय छोडेको भनेर दुई वटा प्रमाणपत्र दिनुपर्ने परिस्थिति नै होइन। जहाँ १२ कक्षासम्म पढाइ हुन्छ। त्यहाँ १२ कक्षासम्मकै जाँच हुने हो। स्कुलले गर्नुपर्ने जाँचमा यति हल्ला गर्ने विषय नै होइन।’

एसइईलाई स्तरीय बनाउने राष्ट्रिय परीक्षा बोर्डको कार्य प्रशंसनीय भएको डा कोइरालाले बताए। उनले स्तरीय परीक्षा बनाउने, त्यो स्तरीय परीक्षा विद्यार्थी आफैंले दिने र विद्यार्थी आफूले आफैंलाई जाँच्नु पर्नेमा जोड दिए। 

‘विद्यार्थीले आफूले आफैंलाई जाँच्दा उसले मेरो तागत पुग्यो कि पुगेन भन्ने थाहा पाउँछ। अभिभावकले पनि जाँचुन् मेरा छोरा-छोरीको तागत कति रहेछ भनेर। शिक्षकले जाँचुन्, कति दीक्षित गर्न सकें भनेर,’ उनले भने, ‘यति गर्योा भने पहिलाको हल्ला विस्तारै शान्त हुन्छ।’

कोइरालाले केन्द्रीय मानसिकता नै सबैभन्दा ठूलो समस्या रहेको बताए। कर्मचारीतन्त्र, राजनीतिक दलहरूमा केन्द्रीय मानसिकता कायमै रहेको आरोप लगाउँदै उनले कुनै पनि विद्यार्थीबाट शुल्क उठाउन नमिल्ने राज्यको नीति भए पनि परीक्षा बोर्डले प्रतिविद्यार्थी ५ सय रुपैयाँ शुल्क उठाइरहेको दाबी गरे। विद्यार्थीहरूबाट उठाइने शुल्कमा समेत राल काढ्ने गरेको उनको आरोप थियो।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  २२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो,... सोमबार, माघ ५, २०८२
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ ।  को.१ ख ७१११ नम्बरको बस दुर्घटना भएको हो । चालक सहित ५ जनाको मृत्यु भएको सुनसरीका एसपी केशव... आइतबार, माघ ४, २०८२
प्रधानमन्त्री र मन्त्रीसहित आयोगका पदाधिकारीबीच छलफल प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचन आचारसंहिता लागु गर्नेबारे छलफल भएको हो । । आइतबार, माघ ४, २०८२
ताजा समाचारसबै
जसपाबाट टिकट नपाएपछि पूर्वमन्त्री यादव एमाले प्रवेश सोमबार, माघ ५, २०८२
जानकी मन्दिरको आरतीमा पुगे बालेन र अमरेश, लहानको शहीद पार्कमा बिहान ८ बजे पुग्दै सोमबार, माघ ५, २०८२
आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै सोमबार, माघ ५, २०८२
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्