काठमाडौं– बलिउड अभिनेत्री तापसी पन्नुविरुद्ध इन्दौरमा मुद्दा दायर भएको छ।
हिन्द रक्षक संगठनले तापसी विरुद्धहिन्दू देवताहरूको अपमान र अश्लीलता फैलाएको आरोपमा मुद्दा दर्ता गरेको छ। उजुरी हिन्द रक्षक संगठनका संयोजक र बीजेपी विधायक मालिनी गौरका छोरा एकलव्य सिंह गौरले दायर गरेका हुन्।
गौरले आफ्नो गुनासोमा तापसीले मार्च १४ मा आफ्नो इन्स्टाग्राममा एउटा भिडियो अपलोड गरेको बताएका छन्।
यो भिडियो एउटा फेसन शोको हो। उजुरीमा भनिएको छ कि भिडियो एक फेसन शोको हो, जहाँ तापसीले लगाएको पोशाक र घाँटीमा बाँधिएको देवी लक्ष्मीको लकेटले धेरैको ध्यानाकर्षण गरेको थियो।
इन्दौरको छत्रीपुरा थानाका एसएचओ कपिल शर्माले एकलव्य गौरबाट उजुरी आएको बताए। उनले पहिरिएको लकेटले धार्मिक भावना र सनातन धर्मको छविमा ठेस पुगेको उजुरीकर्ताले बताएका छन्।
हालसम्म तापसीको तर्फबाट कुनै बयान आएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।