काठमाडौं– शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्म ‘पठान’ले विश्वभर १ हजार करोडभन्दा बढीको व्यापार गर्यो।
अहिले ओटीटीमा फिल्म रिलिज भएको यो फिल्मलाई पाकिस्तानी अभिनेता यासिर हुसैनले खिल्ली उडाएका छन्।
यासिर हुसैनले हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा ‘पठान’बारे टिप्पणी गरे। ‘यदि तपाईंले 'मिशन इम्पोसिबल १' पनि हेर्नुभएको छ भने, शाहरुख खानको 'पठान' कथाबिनाको भिडियो गेम बाहेक अरू केही देखिँदैन,’ अभिनेताले आफ्नो इन्स्टा स्टोरीमा लेखे।
यासिरले यो क्याप्सनमा शाहरुख र सलमान खानको दृश्यको फोटो पनि सेयर गरेका छन्।
‘पठान’ हेर्न पाकिस्तानमा प्रतिबन्ध लगाइएको थियो। तर, मार्च २२ मा यो फिल्म अमेजन प्राइममा रिलिज भयो।
फिल्म हेरेपछि यासिर हुसैनले नकारात्मक समीक्षा दिएका छन्। यसलाई भिडियो गेमसँग तुलना गरेका छन्।
‘पठान’ अहिले हिन्दी सिनेमाको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। सामाजिक सञ्जालमा यसको निकै चर्चा भइरहेको छ।
शाहरुख खान अभिनित फिल्ममा दीपिका पादुकोण मुख्य भूमिकामा छन् भने जोन अब्राहमले नकारात्मक भूमिका निर्वाह गरेका छन्। शाहरुख र जोनले स्क्रिन सेयर गरेको यो पहिलो पटक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।