काठमाडौं– भारतीय गायक सोनु निगमका पिता अगमकुमार निगमको घरबाट ७२ लाख भारतीय रुपैयाँ चोरी भएको छ। चोरीको आरोपमा १ जना गिरफ्तार भएका छन्।
गिरफ्तार गरिएका व्यक्ति अगमका पूर्व ड्राइभर हुन्। उनी मुम्बईको अँधेरी वेस्टमा बस्छन्। चोरी १९ देखि २० मार्चभित्र भएको बताइएको छ।
चोरीको आरोप लगेका रहानले ८ महिना अगमको गाडी चलाएका थिए। उनलाई केही समयअघि हटाइएको थियो।
उनको डिजिटल लकरबाट पहिले ४० लाख रुपैयाँ चोरी भएको थियो। त्यसपछि फेरि त्यहीँ राखिएको ३२ लाख पनि चोरी भएको थियो।
समाचार एजेन्द्सी पीटीआईका अनुसार सीसीटीभीमा रेहानले हातमा झोला लिएर गइरहेको देखिएको छ। उनले घरको डुप्लिकेट चाबी बनाएर भित्र पसको अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।