• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
न्यायालयमा राजनीतिको असर

५ न्यायाधीशमाथि परिषद्ले‌ टुंग्याएन छानबिन: सर्वोच्च आउँछन्, हाजिर गर्छन्, फर्कन्छन्

64x64
नेपाल लाइभ मंगलबार, चैत ७, २०७९  ०९:११
1140x725

काठमाडौं– लामो समयपछि न्यायपरिषद्‌ले केही विकृतिमाथि एक्सन लिएको थियो। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि फागुन १ गते महाभियोग दर्ता भएपछि परिषद्‌ केही सक्रिय देखिएको थियो। 

परिषद्‌ले न्यायिक आचारण विपरीतको कार्य गर्ने न्यायाधीशदेखि नक्कली प्रमाणपत्रका आधारमा काम गरिरहेकामाथि छानबिन तीव्र बनायो। परिषद्‌ले पाँच न्यायाधीशलाई हटाउने निर्णय समेत गर्‍यो। जिल्ला न्यायाधीशहरु राकेशकुमार निधि, अनिलकुमार शर्मा, रेणुका साह, नसरुल्लाह अन्सारी, लोकजंग शाह र ओमकारप्रसाद उपाध्याय लगायत बर्खास्तमा परेका थिए।

उपाध्याय विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा नै दायर भयो। विशेषले उनलाई दोषी ठहर गर्‍यो। तर उनीहरुसँगै छानबिनमा परेका अन्य न्यायाधीशहरुमाथि भने परिषद्‌ले कारबाही टुंग्याएको छैन। परिषद्‌ले अनुसन्धान अघि नबढाउँदा उनीहरु सर्वोच्च आउने अनि हाजिर गरेर फर्कने गरेका छन्।

अनुसन्धानका लागि सर्वोच्च अदालत तानिएकामध्ये एक न्यायाधीशले आफूहरुमाथि के हुने हो छिटो टुंगोमा पुर्‍याइदिन माग गरे। ‘हामी सर्वोच्चमा हाजिर हुन थालेको एक वर्ष भइसक्यो। परिषद्‌ले केही निर्णय गर्दैन,’ ती न्यायाधीशले भने, ‘छानबिनमा दोषी देखिएको हो भने कारबाही होस्, नत्र हामीलाई दैनिक अपमान गरेर नराखियोस्।’ उनले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई पनि अनुसन्धान किनारा गरिदिन आग्रह गरेको तर सुनुवाइ नै नभएको बताए।

लामो समयमदेखि न्यायपरिषद्‌ले उजुरीमाथि छानबिनका लागि उनीहरु सर्वोच्चमा हाजिर भएका छन्। यसरी सर्वोच्चमा हाजिर हुनेमा हिट एण्ड रनमा विवादित फैसला गर्नेदेखि व्यवसायी इच्छाराज तामाङको मुद्दामा घुसको डिल गरेका न्यायाधीशसम्म छन्।

यसरी उनीहरुमाथि कारबाही अघि नबढ्नुको कारण परिषद्‌को बैठक नै नबस्नु मुख्य कारण भएको प्रवक्ता मानबहादुर कार्कीले बताए। परिषद्‌ पू्र्ण नै नभएका कारण पनि समस्या भएको उनको भनाइ छ।

जो छानबिनमै छन् 
घुसको डिलमा संलग्न न्यायाधीश राजकुमार कोइराला

व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि रेड जोनमा परेका न्यायाधीश हुन् राजकुमार कोइराला।

न्युज २४ टिभीले न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडियो प्रसारण गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताको निक्षेप (बचत रकम) हिनामिना गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका इच्छाराज तामाङ सहितलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच कुराकानी भएको हो। 

न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच भएको टेलिफोन कुराकानीको अडियोमा पोखरेलले कोइरालालाई १० करोड धरौटी माग गरी इच्छाराजलाई रिहा गर्ने आदेश जारी गर्न अफर गरेको सुनिन्छ। त्यसबापत २ करोड पाउने पोखरेलले अडियोमा बताएका छन्। 

यो अडियो सार्वजनिक भएपछि विवादमा तानिएका न्यायाधीश कोइरालालाई सर्वोच्च तानेर छानबिन प्रक्रिया अघि बढाइएको थियो। 

न्यायपरिषद्‌ बैठकले छानबिनका लागि तीन सदस्यीय समिति गठनको निर्णय गरेको छ। न्यायाधीश कोइरालामाथि न्यायपरिषद्‌ ऐनको दफा १९ बमोजिम छानबिनका लागि न्यायपरिषद्‌ सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। समितिमा उच्च अदालत पाटनका न्यायाधीश महेश पौडेल र महेश शर्मा रहेका छन्।

समितिलाई ४५ दिनभित्र जाँचबुझ गरी रिपोर्ट बुझाउनका लागि समय तोकिएको थियो। उक्त समितिले तोकिएको समयभित्र प्रतिवेदन पनि दिएको थियो। समितिले प्रतिवेदन दिएको चार महिनाभन्दा लामो समय भएको छ। तर परिषद्‌ले यस विषयमा कुनै पनि निर्णय गरेको छैन।

पछिल्लो पटक २०७९ भदौ ५ गते परिषद्‌को बैठक बसेको थियो। उक्त बैठकले २१ जिल्ला न्यायाधीशको पदस्थापन गरेको थियो। त्यसपछि औपचारिक रुपमा परिषद्‌ले कुनै निर्णय गरेको छैन। यसबीचमा परिषद्‌को बैठक अनौपचारिक रुपमा बसेको छ। तर प्रधानन्यायाधीशले पूर्णता नपाउँदा परिषद्‌ले कुनै निर्णय गर्न नसकेको हो। त्यस्तै सरकार अस्थिर हुँदा पनि त्यसको असर परिषद्‌मा परेको छ। कानुन मन्त्री नहुँदा परिषद्‌ले पूर्णता पाउन सकेको छैन। 

जहाँ गयो त्यहीँ बदनामी कमाउने न्यायाधीश ओली
विवादको अर्को पर्यायवाची नाम हो, बद्रीप्रसाद ओली। जहाँ गयो त्यहीँ बदनामी कमाउने ओलीलाई पनि सर्वोच्च तानेर छानबिन गरिएको थियो। उनी सुरुदेखि नै रेड जोनमा परेपछि बीचमा राजीनामा दिएर उम्कन खोजेका थिए। तर उनको राजीनामा स्वीकार नभएपछि उनी निलम्बनमा छन्। 

ओली तिनै न्यायाधीश हुन्, जसले काठमाडौंको महाराजगञ्जस्थित ६ रोपनी सरकारी जग्गा व्यक्तिको हुने फैसला गरेका थिए। यसबारे नेपाल लाइभले विस्तृत समाचार प्रकाशन गरेपछि उनलाई सर्वोच्च तानेर छानबिनसमेत सुरु गरिएको थियो। अहिले पनि उनीमाथि छानबिन भइरहेको छ। 

ओलीविरुद्ध पटक-पटक न्याय परिषद्‌मा उजुरी पनि परेका छन्। तीमध्ये कतिपय उजुरी अहिले पनि परिषद्‌मा विचाराधीन छन्। 

न्यायाधीश ओली काठमाडौंअघि पर्सा जिल्ला अदालतमा कार्यरत थिए। पर्सामा रहँदा उनले यतिसम्म विवादित फैसला गरे कि ती फैसला मुलुकी देवानी संहिता र सर्वोच्च अदालतबाटै प्रतिपादित नजिरको समेत विपरीत थिए। 

काठमाडौंमा हुँदा न्यायाधीश ओलीले सरकारको नाममा रहेको महाराजगञ्जको ६ रोपनी जग्गा व्यक्तिको नाममा हुने फैसला गरे। तर काठमाडौंपछि फेरि उनको सरुवा रामेछाप भयो। रामेछापमा रहँदा उनले लिखु-तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्कामाथि लागेको जबर्जस्ती करणी, ठगी र शरीर बन्धक तथा अपहरणको कसुरबाट सफाइ दिने फैसला सुनाए। उनको यो फैसला निकै विवादित बन्यो। 

पर्सामा न्यायाधीश रहँदा ओलीले २०७६ जेठ ५ गते एउटा अंशसम्बन्धी मुद्दाको फैसला गरेका थिए। २०७४ चैत १५ गते मनोजकुमार अग्रवालले सुशीला गोयल अग्रवाललाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दायर गरेका थिए। सुशीलाले पैतृक सम्पत्ति अपचलन गरेको आरोप मनोजकुमारको थियो। त्यो मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन थियो। मनोजकुमारले काठमाडौंमा मुद्दा दायर गरेको दुई सातापछि सुशीलाले मनोजकुमारसहित तीन जनालाई प्रतिवादी बनाएर पर्सा जिल्ला अदालतमा अंशचलनकै मुद्दा दायर गरिन्।  

एकै केसका दुई मुद्दा अदालतमा देखिइसकेपछि एउटालाई मुल्तबीमा राख्नुपर्ने थियो। स्वाभाविक रुपमा काठमाडौंमा पहिल्यै यो मुद्दा रहेकाले पर्साको मुद्दा मुल्तबीमा पुग्थ्यो। तर न्यायाधीश ओलीले मुल्तबीमा राख्नुपर्ने मुद्दा सुनुवाइमा लगेर फैसला नै सुनाए।

महाराजगञ्जस्थित बाँसबारी माध्यमिक विद्यालयसँगैको ६ रोपनी जग्गा २०७८ असारसम्म सरकारको नाममा थियो। उक्त जग्गालाई न्यायाधीश ओलीको इजलासले व्यक्तिको नाममा हुने फैसला गरेको थियो। त्यतिबेला कोभिड-१९ संक्रमण रोक्न निषेधाज्ञा लगाइएकाले अतिआवश्यक बाहेकका अदालतका कामकारबाही बन्द थिए। तर लगाइरहेको मुद्दा न्यायाधीश ओलीले कानुनविपरीत फुटाएर विपक्षीलाई जानकारी नै नदिई सरकारी जग्गा व्यक्तिको नाममा रहने फैसला गरेका थिए। 

‘अपहरणकारी’लाई उन्मुक्ति दिने निरौला
अपहरणकारीलाई नै सफाइ दिएपछि रेड जोनमा परे काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायधीश अम्बिकाप्रसाद निरौला।

पर्याप्त आधार र प्रमाण हुँदाहुँदै भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलका अपहरणकारी सोले र कुमार भनेर चिनिने दुर्गाबहादुर बुढाथोकीलाई न्यायाधीश निरौलाले उन्मुक्ति दिएका थिए। 

बुढाथोकीलाई नेपाली नागरिक नै नभएको भन्दै न्यायाधीश निरौलाले निर्दोष रहेको भन्दै फैसला गरेपछि उनी निकै विवादमा तानिएका थिए। पछि बुढाथोकी नेपाली नागरिक नै भएको भन्दै उनको नागरिकतासमेत प्रहरीले जुटाएको थियो। 

अपहरणकारी अमर टण्डनको समूहले २०६५ सालमा रावललाई अपहरण गरी महाराजगञ्जस्थित एउटा घरमा बन्धक बनाएको थियो। उक्त घटनमा संलग्न रही फरार भएर भारत दार्जिलिङ बस्दै आएका बुढाथोकीलाई २०७७ पुसमा सीआईबीले पक्राउ गरी काठमाडौं ल्याएको थियो। त्यसपछि बुढाथोकीविरुद्ध अपहरणमा मुद्दा चलाइएको थियो। 

उक्त मुद्दाको फैसला गर्दै न्यायाधीश ओलीले बुढाथोकी नेपाली नागरिक नै नभएको र प्रहरीले दाबी गरेको अपहरणको घटनामा संलग्न भएको भन्दै उन्मुक्ति दिएका थिए। त्यसपछि विवादमा आएका उनलाई सर्वोच्च तानेर न्याय परिषद्‌ले छानबिन गरिरहेको छ। 

हिट एण्ड रन केसमा बदनियत राख्ने न्यायाधीश अधिकारी
मदिरा सेवन गरेर गाडी चलाउने र पैदलयात्रीलाई ठक्कर दिएर ज्यान नै गएको घटनाको फैसला सुनाउने न्यायाधीश सूर्यप्रसाद अधिकारी पनि विवादमा तानिएका अर्का पात्र हुन्। गम्भीर लापरबाही गरी गाडी चलाएर महिलाको मृत्यु हुँदासमेत जम्मा ६ महिना कैदको फैसला सुनाएपछि न्यायाधीश अधिकारी विवादमा तानिएका थिए। 

मदिरा सेवन गरेका व्यक्ति पृथ्वी मल्लले हाँकेको गाडीको ठक्करबाट २०७६ मंसिरमा बुढानीलकण्ठमा लिला देवकोटाको मृत्यु भएको थियो। उक्त घटनामा सवारी ज्यानको कसुरमा १० वर्ष कैद सजाय माग गर्दै मुद्दा गर्दा गरिए पनि अधिकारीले जम्मा ६ महिना कैदको फैसला सुनाएका थिए। 

आर्थिक प्रभावमा परेर ६ महिना कैदको फैसला गरिएको हुनसक्ने भन्दै न्यायधीश अधिकारीलाई पनि जिम्मेवारीबाट हटाएर छानबिन सुरु गरिएको थियो। 

मल्लसँग लाइसेन्स नै नहुनु, मदिरा सेवन गरेर गाडी चलाउनु र तीव्र र लापरबाही गरेर गाडी चलाउनु र उनैले चलाएको गाडीको ठक्करबाट महिलाको मृत्यु हुनुलाई गम्भीर कसुर ठानिए पनि न्यायाधीश अधिकारीले जम्माजम्मी ६ महिनाको कैद मात्रै सुनाएका थिए। त्यसपछि विवादमा आएका उनी रेड जोनमा परेका छन्।

धनुषाबाट सर्वोच्च तानिएका पर्शुराम भट्टराई 
दिनदहाडै गोली प्रहार गरी व्यवसायीको हत्या गरेको आरोप लागेका अभियुक्तलाई सफाइ दिने फैसला गरेका भन्दै धनुषा जिल्ला अदालतमा कार्यरत रहेका न्यायाधीश परशुराम भट्टराई २०७९ असार २७ गते सर्वोच्च अदालत तानिएका थिए। 

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको न्याय परिषद्‌को बैठकले विवादित फैसलाका सन्दर्भमा छानबिन गर्न न्यायाधीश भट्टराईलाई सर्वोच्च तान्ने निर्णय गरेको थियो। तर हालसम्म उनी सर्वोच्चमा आउने अनि हाजिर गरेर फर्कने गर्दै आएका छन्। 

उनी निहारिका राजपुतको मुद्दामा पनि कैफियत फैसला सुनाएको भन्दै परिषद्‌मा उजुरी परेको थियो। राजपुतले राष्ट्रपति कार्यालय शितल निवास अगाडि आत्मदाहकोक प्रयास नै गरेकी थिइन्। 

६ कात्तिक २०७६ मा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१ का पेट्रोल पम्प सञ्चालक मनोज साहको गोली प्रहार गरी हत्या गरिएको थियो। साहको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले पंकज भनिने दामोदर चौधरीलाई पक्राउ गरेको थियो। 

साहको हत्यापछि भागेका चौधरीलाई प्रहरीले छिमेकको घरमा लुकेको अवस्थामा हतियारसहित पक्राउ गरेको थियो। चौधरीको साथबाट प्रहरीले २ थान पेस्तोल र २२ राउण्ड गोली बरामद गरेको थियो। 

प्रहरीको अनुसन्धानका क्रममा आर्थिक लेनदेनको विषयलाई लिएर पंकजले पेट्रोल पम्प सञ्चालक मनोजलाई गोली हानी हत्या गरेको खुलेको थियो। प्रहरी अनुन्धानबाट खुलेअनुसार मनोज आफूले पाउनुपर्ने पैसा उठाउन आफ्ना साथी अमित साहलाई लिएर गएका थिए। 

त्यस क्रममा उनीहरुको पंकजसँग विवाद हुँदा हात हालाहालको स्थिति नै सिर्जना भएको थियो। त्यसपछि पंकजले मनोजमाथि गोली प्रहार गरेका प्रहरीले अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको थियो। मनोजमाथि गोली प्रहार भएपछि उनका साथी अमित प्रहरी चौकी पुगेका थिए। उनले पंकजले मनोजमाथि गोली प्रहार गरेको  जानकारी प्रहरीलाई दिएका थिए। 

पछि जिल्ला सरकारी वकिल कार्यालय धनुषाले पंकजविरुद्ध कर्तब्य ज्यान, हातहतियार तथा खरखजना लगायत कसुरमा सजाय मागदाबी गर्दै १ मंसिर २०७६ मा जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको थियो। तर न्यायाधीश भट्टराईले दाबी नपुग्ने भन्दै पंकजलाई सफाइ दिएका थिए।

गोली प्रहार गरी हत्या गरेको अभियोग लागेका पंकजले सफाइ पाएपछि उक्त मुद्दामा व्यापक आर्थिक चलखेल भएको चर्चा चलेको थियो। फैसला विवादित भएपछि न्याय परिषद्‌ले अनुसन्धान थालेको थियो, जुन अहिले पनि जारी रहेको जनाइएको छ।

सम्बन्धित समाचार

१० करोडको 'घुस डिल'मा मुछिएका अधिवक्ता पोखरेल, जो चोलेन्द्रको बचाउ गर्दै आफ्नै सहकर्मीलाई गाली गर्थे

‘रेड जोन’मा रहेका पाँच न्यायाधीश : १० करोड घुस डिल गर्नेदेखि सरकारी जग्गा व्यक्तिलाई दिलाउनेसम्म

महाराजगञ्जको ६ रोपनी सरकारी जग्गा व्यक्तिलाई दिलाउने न्यायाधीश ओली : जहाँ पुगे त्यहीँ विवादित फैसला

‘एक्सन’ मा कामु प्रधानन्यायाधीश कार्की, भटाभट बर्खास्त हुँदै न्यायाधीश 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ०९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको भाउ तोलामा ३६ सय रुपैयाँले बढ्यो
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर)
अभिषेकले बनाए टी–२० मा विश्व कीर्तिमान
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
सुनको भाउ तोलामा ३६ सय रुपैयाँले बढ्यो शुक्रबार, असोज २, २०८३
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर) शुक्रबार, असोज २, २०८३
अभिषेकले बनाए टी–२० मा विश्व कीर्तिमान शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीमा ६७७ जना यातायात मजदुर सम्पर्कविहीन शुक्रबार, असोज २, २०८३
पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्