• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

१० करोडको 'घुस डिल'मा मुछिएका अधिवक्ता पोखरेल, जो चोलेन्द्रको बचाउ गर्दै आफ्नै सहकर्मीलाई गाली गर्थे

मुद्दाको सुनुवाइबाट अलग्याइए न्यायाधीश कोइराला
64x64
नेपाल लाइभ बुधबार, असार ८, २०७९  १२:५१
1140x725

काठमाडौं– असार ७ गते (मंगलबार) बिहान साढे ९ बजे काठमाडौ जिल्ला अदालतका प्रमुख न्यायाधीश राजकुमार खतिवडाले आफ्ना सहकर्मीहरु न्यायाधीशलाई आकास्मिक छलफलका लागि बोलाए। गोला तान्नु अघि प्रमुख न्यायाधीशले बोलाएपछि सबै न्यायाधीश खतिवडाको चेम्बरमा जम्मा भए। 

उक्त बैठकमा न्यायाधीश राजकुमार कोइराला सहभागी थिएनन्। प्रमुख न्यायाधीश खतिवडाले कोइराला र नेपालका बारका पूर्व कोषाध्यक्ष (कानुन व्यवसायी) रुद्र प्रसाद पोखरेलका बीचमा १० करोड लेनदेनको कुरा भएको जानकारी गराए। उनको विषयमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसँग पनि कुरा भएकोले छानबिनमा जाने कुरा पनि खतिवडाले सुनाए।  

१० करोडको लेनदेनमा मुछिएका न्यायाधीश कोइरालालाई मंगलबारदेखि नै मुद्दाको सुनुवाइबाट अलग गरिएको छ।  

कोइराला २१ साउन २०७२ मा जिल्ला न्यायाधीश बनेका थिए। सरकारी वकिल रहेका कोइराला त्यतिबेला न्याय परिषद्का सदस्य रहेका रामप्रसाद सिटौलाको कोटाबाट जिल्ला न्यायाधीश बनेका थिए। कोइराला जिल्ला अदालत काठमाडौं आउनुअघि मोरङ, म्याग्दी लगायत जिल्ला अदालतमा थिए। उनलाई प्रधानन्यायाधीश (हाल निलम्बित) चोलेन्द्र शमशेर राणाले काठमाडौं जिल्ला अदालत ल्याएका थिए। 

प्रधानन्यायाधीश राणा, पूर्वमहान्यायाधिवक्ता बडालदेखि प्रमुख न्यायाधीश खतिवडासम्म जोडिए 
जिल्ला न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलको बीचमा भएको टेलिफोन कुराकानीको अडियोमा हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश राणा, पूर्व महान्यायाधिवक्ता रमेश बडाल, जिल्ला अदालत काठमाडौंका प्रमुख न्यायाधीश राजकुमार खतिवडा र काठमाडौं जिल्ला अदालतबाट न्याय परिषद्‌मा तानिएका अम्बिका निरौलाको नाम लिएको सुनिन्छ। न्यायाधीश निरौला विवादित फैसलापछि परिषद्‌को छानबिनमा रहेका छन्। 

सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वचतकर्ताको निक्षेप (बचत रकम) हिनामिना गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका इच्छाराज तामाङ सहितलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच कुराकानी भएको हो। 

न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच भएको टेलिफोन कुराकानीको अडियोमा पोखरेलले कोइरालालाई १० करोड धरौटी माग गरी इच्छाराजलाई रिहा गर्ने आदेश जारी गर्न अफर गरेको सुनिन्छ। 

कोइरालाले त्यस्तो आदेश जारी गर्दा आफू बर्बाद हुने चिन्ता व्यक्त गरिरहँदा कानुन व्यवसायी पोखरेलले माथि (प्रधानन्यायाधीश राणा)बाटै मिलाउन सकिने बताएका छन्। प्रधानन्यायाधीश राणाले १ नम्बर (जिल्ला अदालतका प्रमुख न्यायाधीश)लाई अह्राउने र त्यसको सबै चाँजोपाँजो आफूले मिलाउने पोखरेलले कोइरालालाई आश्वासन दिएको अडियोमा सुनिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

इच्छाराजलाई १० करोड धरौटीमा छाड्दा आफूहरुले २ करोड रुपैयाँ जति लिन सकिने विषयमा उनीहरुबीच कुराकानी हुन्छ। 

नेकपा एमालेनिकट कानुन व्यवसायी पोखरेलले एमाले कानुन विभागमा रहेर काम गरिसकेका छन्। नेपाल बार एसोसिएसनको अगुवाइमा प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलन थाल्दा पोखरेल राणाको पक्षमा थिए। उनले राणाको विरुद्ध आन्दोलनमा उत्रिएका कानुन व्यवसायीलाई 'भ्रष्टाचारी'को समेत संज्ञा दिने गरेका थिए। 

न्युज २४ टेलिभिजनले उक्त प्रकरणको अडियो सार्वजनिक गरेपछि बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार न्याय परिषद्‌को आकस्मिक बैठक बोलाएका छन्। 

उक्त रकमको डिल भने २०७८ पुसमा भएको थियो। सिभिल सहकारीका निक्षेपकर्ताको निक्षेप हिनामिना गरेको आरोपमा इच्छाराज तामाङविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सकाएर जिल्ला सरकारी वकिलमार्फत् जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि थुनछेक बहस चलिरहँदा उनीहरुबीच आदेशलाई लिएर डिल भएको बुझिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

न्यायाधीश कोइरालाई घुसको अफर गर्ने कानुन व्यवसायी पोखरेलमाथि नेपाल बार एसोसिएसनले कारबाहीको तयारी गरेको छ। नेपाल कानुन व्यवसायी परिषद ऐनको व्यवस्थाअनुसार छानबिन गरेर उनीमाथि कारबाही गर्ने तयारी भइरहेको नेपाल बार एसोसिएसन स्रोतले जानकारी दिएको छ। 
 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
नेपालबाट बाहिरियो मनसुन जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन पूर्ण रूपमा बाहिरिएको हो। बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला जसमध्ये रसुवामा २ सय ३७ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर... बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु गरिएको... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्