• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

तीन दिने लेखन र निर्देशन कार्यशाला सम्पन्न

64x64
नेपाल लाइभ सोमबार, चैत ६, २०७९  १०:३९
1140x725

काठमाडौँ– चलचित्र विकास बोर्डले भारतीय फिल्ममेकर अनुपम बर्वेको साथमा आयोजना गरेको तीन दिने चलचित्रको पटकथा लेखन र निर्देशन बिषयक कार्यशाला सम्पन्न भएको छ।

आइतबार बोर्डको हलमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै कार्यशाला समापन गरिएको हो। चैत्र ३ देखि ५ सम्म सञ्चालित कार्यशालामा ४८ जना प्रशिक्षार्थीको सहभागिता थियो। पामे फिल्म फेस्टिभलले कार्यशाला व्यवस्थापन गरेको थियो।

विभिन्न पुरस्कारहरू विजेता भारतीय फिल्ममेकर तथा पूर्व एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे)का एसोसिएट प्रोफेसर बर्वेले आफूले नेपालमा केही अनुभवी तथा नयाँ फिल्ममेकरहरूसँग तीन दिन बिताउन पाएकोमा खुशी व्यक्त गरे।

उनले भने, ‘मैले भिन्न वातावरणमा फरक अनुभुति गरेको छु। मलाई नेपाल बोलाएर यस कार्यशालाको प्रशिक्षक बन्ने मौका दिएकोमा चलचित्र विकास बोर्डलाई धन्यवाद दिन चाहन्छु। प्रशिक्षार्थीहरूले मसँग बाँड्नुभएका कथा र कथाका शैलीहरू मेरो लागि पनि निकै नयाँ थिए र मैले पनि सिक्ने अवसर पाएँ।’

प्रशिक्षार्थीको रुपमा सहभागी नेपाली चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले यो कार्यशालामा भाग लिन निकै उत्साह जागेर तीन दिनसम्म लगातार बसेको बताए। ‘हामी फिल्ममेकरहरूले कहिल्यै पनि सिक्ने अवसरलाई छोड्नु हुँदैन। म अन्य सहभागीहरू भन्दा सिनियर भएता पनि मैले सँगै बसेर सिक्न कुनै अप्ठेरो महशुस गरिनँ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नो समयमा यस प्रकारले ज्ञान प्राप्त गर्ने कुनै ठाउँ र अवसर पनि नभएको समयमा चलचित्र निर्देशन गरेको बताउँदै देउजाले भने, ‘मैले बौद्धमा भिडियो हेरेको भरमा चलचित्र बनाउन थालेको हुँ। हामीले सिक्ने मौका नै पाउँदैन थियौँ। पुराना भिडियो फिल्म हेरेर सिक्थ्यौँ।’

बोर्ड अध्यक्ष भुवन केसीले सफल चलचित्र निर्माणमा संलग्न हुन पटकथा लेखन तथा निर्देशनमा गहिरो ज्ञान हुनु आवश्यक रहेकोले सोहि उद्देश्यसहित यो कार्यशालाको आयोजना गरिएको बताए।

‘स्क्रिप्टिङ, कास्टिङ, निर्देशन, र पोस्ट-प्रडक्शनसम्मको अवधारणाको विकासदेखि लिएर यो कार्यशालाले फिल्म निर्माणका सबै पक्षहरूलाई समेटेको छ’, उनले भने, ‘हामी विश्वास गर्छौं कि यस कार्यशालाबाट प्राप्त अन्तरदृष्टि र ज्ञानले महत्वाकांक्षी फिल्ममेकरहरूलाई मनोरञ्जन मात्र होइन, विचार-उत्तेजक र सामाजिक रूपमा सान्दर्भिक फिल्महरू सिर्जना गर्न सक्षम रहन मद्दत पुगेको छ।’

चलचित्र विकास बोर्ड राष्ट्रिय चलचित्र उद्योगलाई सहयोग र प्रवर्द्धन गर्न सदैव प्रतिबद्ध रहेको बताउँदै केसीले  भने, ‘चलचित्र उद्योगमा रोजगारी सृजना गर्ने, अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने र नेपालको कला र सांस्कृतिक सम्पदालाई विश्वसामु देखाउने क्षमता रहेको हामीले बुझेका छौँ। हामी नेपालको चलचित्र उद्योगको विकास र विस्तारका लागि उपयुक्त वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेका छौँ।’

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लाङटाङ लिरुङ किन भत्कियो ? नयाँ अध्ययनले देखायो तापक्रमदेखि २०७२ को भूकम्पसम्मको सम्बन्ध
सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, पहिलो नम्बरमा रुद्रसिंह तामाङ
भारतीय समकक्षी सितारमणसँग अर्थमन्त्री वाग्लेको भेट, नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा छलफल
सम्बन्धित सामग्री
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
फिल्म ‘कार्की साइँला’की अभिनेत्री प्रियना आचार्य राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रमा बाढीका कारण रसुवा र नुवाकोटसहित प्रभावित क्षेत्रका हजारौँ नागरिकको जनधनमा क्षति पुगेको तथा धेरै परिवार गाँस, बास र कपासको समस्यामा प... शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
लाङटाङ लिरुङ किन भत्कियो ? नयाँ अध्ययनले देखायो तापक्रमदेखि २०७२ को भूकम्पसम्मको सम्बन्ध बिहीबार, असोज १, २०८३
सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, पहिलो नम्बरमा रुद्रसिंह तामाङ बिहीबार, असोज १, २०८३
भारतीय समकक्षी सितारमणसँग अर्थमन्त्री वाग्लेको भेट, नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा छलफल बिहीबार, असोज १, २०८३
दुई महिनामा विमानस्थलबाट ४ करोडभन्दा बढीको सुन बरामद, ४५ जना पक्राउ बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
गृह मन्त्रालयको क्षेत्राधिकार खुम्च्याउँदै प्रधानमन्त्री कार्यालयमा लगियो गुप्तचर विभाग, राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्