• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

१४ वर्षपछि भएको स्ववियु निर्वाचन: कतै उत्साह, कतै स्थिति नियन्त्रणबाहिर

64x64
भूपेन्द्र शाह ठकुरी आइतबार, चैत ५, २०७९  १६:२०
1140x725

काठमाडौं– त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भएको छ।

आइतबार बिहान ८ बजेदेखि भएको स्ववियु निर्वाचनमा कतै उत्साहपूर्ण सहभागिता देखियो भने कतै शून्यता छाएको छ। त्रिवि अन्तर्गत ६२ वटा आंगिक क्याम्पसहरु रहेका छन्। यस्तै १ हजार ४० क्याम्पसहरुले त्रिविको सम्बन्धन प्राप्त गरेका छन्।

२८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि थुप्रै आंकाक्षीहरु स्ववियु निर्वाचनको उम्मेद्वार हुनबाट वञ्चित भए। त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर अनुसार प्रत्येक दुई वर्षमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन गर्नुपर्ने प्रावधान भए पनि २०६५ सालदेखि भने स्ववियुको निर्वाचन हुन नसक्दा गैर विद्यार्थीहरुसमेत नेतृत्वमा देखिए। 

नेता उत्पादन गर्ने कारखानाको रुपमा रहेको स्ववियुमा आइतबार अधिंकाश क्याम्पसहरुमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो। विद्यार्थीहरु आफ्नो नेतृत्व चयन गर्नका लागि लामबद्ध भएर निर्वाचनमा सहभागी भए।
 
के भन्छन् पहिलोपटक मतदानमा सहभागी विद्यार्थीहरु?
स्ववियुको निर्वाचनमा भाग लिएका अधिंकाश विद्यार्थीहरु नयाँ अनुहार नै देख्न सकिन्छ। २८ वर्षे उमेर हदका कारण उम्मेद्वारहरुसमेत २८ वर्षमुनिकै रहेका छन्। 

विद्यार्थी संगठनहरु भने आफू निकटका उम्मेदवार जिताउन संगठनमा आवद्ध विद्यार्थी नेता कार्यकर्तालाई मतदानमा सहभागी गराउनमै व्यस्त थिए। शंकरदेव क्याम्पसमा स्नातकोत्तर तेस्रो सेमेस्टरमा अध्ययनरत छात्र विजय ढकाल पनि उत्तिकै उत्साहित देखिन्थे।

उनी अब आउने स्ववियु कमिटीले क्याम्पसमा हुने बेथिति र विसंगतिहरु अन्त्य गराउनेमा विश्वस्त देखिन्थे। उनले भने, ‘स्ववियु निर्वाचन प्रत्येक दुई वर्षमा हुनुपर्ने हो। तर १४ वर्षसम्म यो निर्वाचन हुन सकेन। ढिलै भए पनि निर्वाचन भएको छ। स्ववियुले आम विद्यार्थीका समस्याहरुलाई समाधान गर्नेमा विश्वस्त छु।’ 

त्यसै गरी सोही क्याम्पसमा अध्यनरत श्रीराम काप्लेको मत भने ढकालकोभन्दा फरक छ। उनी भन्छन्, ‘विश्वविद्यालयहरुमा राजनीति नहोस् नै भन्ने चाहान्छु। तर भएको व्यवस्थामा सक्षम र लोकप्रिय व्यक्तित्वहरु आउनु राम्रो हो। उनीहरुले अब विद्यार्थीको हकहितका लागि काम गरुन्।’

मतदानमा सहभागी भएकी पद्मकन्या क्याम्पसकी छात्रा अर्चना केसीले स्ववियु निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको दाबी गरिन्। उनले भनिन्, ‘विद्यार्थीहरुको हकहितको सुरक्षा र ग्यारेन्टीको लागि स्ववियु निर्वाचन आवश्यक पक्ष हो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

उनले विद्यार्थी संगठनहरु पार्टीको आस्थावान भए पनि निर्वाचित स्ववियुका पदाधिकारीहरुले विद्यार्थीहरुलाई केन्द्र बिन्दुमा राखेर काम गर्नुपर्नेमा जोड दिइन्। सोही क्याम्पसमा अध्यनरत छात्रा मंगला बरालले पहिलो पटक स्ववियु निर्वाचनमा मतदान गर्न पाउँदा खुसी व्यक्त गरिन्। 

उनले यसअघि आफूलाई राजनीतिप्रति चासो नभएको बताउँदै विद्यार्थीका समस्या समाधानका लागि स्ववियु निर्वाचन आवश्यक भएको दाबी गरिन्। नेपाल ल क्याम्पसमा अध्यनरत विद्यार्थीहरु भने कानुन र राजनीतिबीच अन्योन्याश्रित सम्बन्ध हुने दाबी गर्छन्। साथै उनीहरुले विद्यार्थी र प्रशासनबीचको पुलका रुपमा स्ववियु पदाधिकारीले काम गर्नुपर्नेमा जोड दिएका छन्। 

दर्जन बढी क्याम्पसहरुमा निर्वाचन स्थगित 
प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसमा आइतबार बिहानैदेखि स्ववियु निर्वाचन उत्साहपूर्वक तरिकाले भइरहेको थियो। तर सँगै जोडिएको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा भने स्ववियु निर्वाचनले छुन सकेन।

आरआर क्याम्पसमा नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्वीयू लगायतका विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचन अधिकृतले नै पूर्वाग्राही र मनोमानी ढंगले निर्वाचन प्रक्रिया अगाडि बढाएको भन्दै तालबन्दी गरेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जसका कारण उक्त क्याम्पसमा विद्यार्थीहरुको मतदाता नामावलीसमेत प्रकाशन हुन सकेन। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार काठमाडौं उपत्यकाका सातवटा क्याम्पस र उपत्यका बाहिरका १३ वटा क्याम्पसमा स्ववियुको निर्वाचन  स्थगित भएको छ। 

निर्देशनालयका निर्देशक पशुपति अधिकारीले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘भ्यालीमा सातवटा क्याम्पसमा स्थगित भएको छ। भ्याली बाहिर १३/१४ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन सकिरहेको छैन। प्रयास जारी नै छ।’ अधिकारीले स्थगित भएका क्याम्पसहरुमध्ये कुनैमा चैत ८ गते र कुनैमा ९ गते हुने दाबी गरे।

कतै सामान्य विवाद,  कतै झडप 
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको क्रममा केही क्याम्पसहरुमा भने सामान्य विवाद भएको भने केहीमा झडप नै भएको छ। बाजुरा जिल्लाको बुढीनन्दा क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी र नेकपा एस निकट अनेरास्ववियूबीच झडप भयो।

झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायरसमेत गर्नु परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए। 

त्यसैगरी राजविराजको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमासमेत विद्यार्थीहरुबीच झडप भएको छ। क्याम्पसको हाताबाहिर स्ववियु निर्वाचन हुनुपर्ने र रोक्नुपर्ने भन्दै विवाद चर्किएपछि तनाव उत्पन्न भएको थियो। उक्त विवादपछि सो क्षेत्रमा सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो।

फर्जी मतदान गर्न खोज्ने तीन जना पक्राउ
बागबजारस्थित शंकरदेव क्याम्पसबाट भने फर्जी मतदान गर्न खोज्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेविसंघका इकाइ सभापित दिनेश कार्कीसहित रहेका छन्। मतदानका क्रममा उनीहरु लाइनमा बसेका थिए।

परिचय पत्र जाँच गर्ने क्रममा फर्जी भएको थापा पाएपछि स्वतन्त्र समूह बनाएर निर्वाचनमा होमिएकाले समातेर प्रहरीलाई बुझाएका थिए। 
 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १६:२०
  • #स्ववियु_निर्वाचन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) सातै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर... बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधवार संसदीय सुनुवाइ समितिमा आफ्नो योग्यता, अनुभव तथा कार्य योजना प्रस्तुत गर्दै उनले दुई देशबीचको सात दशक लामो ऐतिहासिक सम्बन्धलाई... बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि यस्तो जवाफ दिए... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्