• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २०, २०८२ Thu, Nov 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गोरु मरेपछि गंगाराम थारुको हत्या: इन्सपेक्टरको कमाण्डमा २ प्रहरी युएई पुगेर ६ महिनापछि शिवशरणलाई ल्याइयो नेपाल 

64x64
नारायण अधिकारी आइतबार, चैत ५, २०७९  १८:३२
1140x725

काठमाडौं– कपिलवस्तुको बुद्धभुमि नगरपालिका–४ का ६६ वर्षीय गंगाराम थारुको २०७६ साउन ७ गते हत्या भयो। शरीरका विभिन्न ठाउँमा काटिएको अवस्थामा बुद्दभूमि–४ मा गंगाराम मृत भेटिएका थिए। गंगारामको धारिलो हतियार प्रहारबाट हत्या भएको आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढायो। 

अनुसन्धानका क्रममा गंगारामको हत्या नै भएको खुल्यो। गंगारामको हत्या हुनुभन्दा करिब ७ वर्ष पहिले विक्की भनिने विक्रम थारुको बुवा बिष्णुप्रसाद थारुको मृत्यु भएको थियो। २०७६ असारमा खेत जोत्ने क्रममा विक्कीको गोरु समेत गरेको थियो। 

गोरु मरेको केही समयपछि विक्कीको पनि खुट्टा दुखेपछि गंगारामले झारफुक गरेका थिए। त्यसपछि विक्कीको खुट्टा सञ्चो भएको थियो। केही समय पहिला बुवाको मृत्यु, जोत्दा गोरु नै मर्नु, आफ्नो खुट्टा दुख्नु र गंगारामले झारफुक गरेपछि निको भएकाले विक्कीले गंगारामलाई शंकाले हेरेका थिए। सबै गंगारामकै कारण भएको, उनी ‘बोक्सा’ भएको अन्धविश्वास गर्दै विक्कीले गंगारामको हत्या योजना बनाएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। 

गंगारामलाई ‘बोक्सा’ भन्दै विक्कीले विभिन्न ६ जना व्यक्तिको सहयोग लिएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। यस घटनामा पक्राउ परेका ३ जना (बिष्णु प्रसाद चौधरी, इन्द्रा थारु, लिलाराम थारु) लाई जिल्ला अदालत कपिलवस्तुले १ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनीहरु रिहा भएका छन्।

सोही घटनामा संलग्न भएको आरोपमा गत साउन ८ गते विक्की भनिने विक्रम थारु र राम सेवक थारुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। हाल उनीहरु पुर्पक्षका लागि थुनामा छन्। सोधुपुछको क्रममा उनीहरुले हत्या स्वीकार्दै हाल पक्राउ परेका कपिलवस्तुको भृकुटी नगरपालिका–७ का २३ वर्षीय शिव शरण चौधरीको पनि संलग्नता रहेको बताएका थिए। 

त्यसपछि  शिवशरणमाथि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा उनी २०२१ अक्टोबर ८ तारेखमा भिजिट भिसामा युएई पुगेका खुलेको थियो। भिजिट भिसामा युएई पुगेपछि उनलाई पक्राउ गर्न नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले रेड नोटिस जारी गरी खोजी तथा पक्राउ गर्नका लागि प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोललाई पत्राचार गरेको थियो। 

इन्टपरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ भदौ १४ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो। त्यसको १ सातापछि २०७९ भदौ २१ गते एनसीबी अबुधाबीले शिवशरणलाई पक्राउ गरेको थियो। त्यसको ६ महिनापछि बल्ल उनलाई नेपाल ल्याइएको छ।

युएईमा २ पटक पक्राउ परेका थिए शिवशरण
शिवशरण युएईमा २ पटक पक्राउ परेको पाइएको छ। गत भदौ २१ गते पक्राउ परेपछि शिवशरणलाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो। त्यसको केही समयसम्म हिरासत तथा जेलमा राखेर छाडेको थियो। ‘उहाँहरुको आन्तरिक प्रक्रियाबारे हामीलाई त्यति जानकारी हुँदैन। तर १ पटक पक्राउ गरेर केही दिन राखेर छाडेको देखिन्छ। त्यसको केही समयपछि पुनः पक्राउ परेका देखिन्छ,’ नेपाल प्रहरी स्रोतले भन्यो, ‘पक्राउ गरेपछि किन छाडियो भन्ने विषय चाहिँ हामीलाई थाहा हुँदैन।’

Ncell 2
Ncell 2

भिजिट भिसामा दुबई पुगेपछि  शिवशरण त्यहाँ मजदुरको रुपमा काम गर्न थालेका थिए। सोही क्रममा आबुधाबी प्रहरीले पक्राउ गरेको थियो। दोस्रोपटक पक्राउ गरेपछि एनसीबी आबुधाबीलले सपुदर्गगीका लागि कागजात माग गरेको थियो। 

पक्राउ परेको करिब ६ महिनापछि बल्ल उनलाई नेपाल ल्याइएको हो। त्यतिन्जेल उनलाई युएईकै जेलमा राखिएको थियो।

शिवशरणलाई लिन इन्सपेक्टर कमाण्डको टोली युएई 
पक्राउ परेको ६ महिनामा सबै कागजात पुगेपछि सपुर्दगीका लागि अनुरोध गरिएको थियो। सो क्रममा एनसीबी आबुधाबीले शिवशरणलाई भने त्यत्तिकै नपठाउने भन्दै लिनका लागि अफिसर स्तरको प्रहरी कर्मचारी पठाउन भन्दै पत्राचार गरेको थियो। ‘केही जघन्य प्रकृतिका घटनामा प्रहरी कर्मचारी स्वयम् उपस्थित नभए सम्बन्धित देशले सपुर्दगी गर्दैनन्। शिवशरणको पनि हत्या जस्तो जघन्य अपराध जोडिएकाले प्रहरी नै पठाउन अनुरोध भएपछि हामीले प्रहरी कर्मचारी पठाएरै उनलाई नेपाल ल्याएका हौं,’ नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी पोषराज पोखरेलले भने।

गत फागुन ११ गते शिवशरणलाई नेपाल सपुर्दगी गर्ने प्रयोजनार्थ सुरक्षा टोली पठाइदिन भन्दै दुबई प्रहरीले पत्राचार गरेको थियो। एनसीबी आबुधाबीले अधिकृतस्तरको प्रहरी कर्मचारी पठाउन भनेपछि इन्टरपोलबाट इन्सपेक्टरको कमाण्डमा २ जनालाई युएई पठाएर उनलाई गत बिहीबार नेपाल ल्याइएको हो। जसकारण शिवशरणलाई नेपाल ल्याउँदा आर्थिक लागत समेत महँगो परेको प्रहरीले जनाएको छ।

उनलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुलाई बुझाइएको छ। शुक्रबार अदालतमा उपस्थित गराइएकोमा थुनछेक बहस नसकिएकाले आज (आइतबार) पनि बहस भएको थियो ।आइतबार कपिलवस्तुका न्यायाधीश नरनारयण पौडलेको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएसँगै उनी कारागार चलान भएको कपिलवस्तुका एसपी मीनबहादुर घलेले बताए।

हत्या घटनाका २२ जनालाई नेपाल ल्याइयो 
नेपाल इन्टरपोलको सदस्य भएयता शिवशरणजस्तै हत्या घटनामा मुछिएर विभिन्न देशमा पुगेका २२ जनालाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइएको छ। 

नेपालमा व्यक्ति हत्या लगायत विभिन्न अपराध गरेपछि सुरक्षित हुन भन्दै विभिन्न देशमा पुगेर लुकेर बसेकाहरुलाई पक्राउ गर्न भन्दै एनसीबी काठमाडौंले रेड नोटिसका लागि इन्टरपोललाई पत्राचार गर्ने गर्छ। त्यसपछि इन्टरपोलका सदस्य राष्ट्रहरुले त्यस्ता व्यक्तिहरुलाई खोजी गरी सम्बन्धित देशमा बुझाउने गर्छन्।

हालसम्म जालसाझी घटनाका २, वन्यजन्तुसम्बन्धी अपराध घटनाका २, सुन तस्करी घटनाका ७, मानव बेचबिखन घटनाका ४, साइबर अपराध घटनाका १, बलात्कार घटनाका १ र धोखाधडी घटनाका ३ जना गरी ४३ जनालाई नेपाल ल्याइएको एनसीबी काठमाडौंको तथ्यांक छ।

३८ जनाविरुद्ध रेड नोटिस जारी
नेपालमा अपराध गरी फरार भएर विभिन्न देशमा पुगेका ३८ जनाविरुद्ध रेड नोटस जारी गरिएको छ। एनसीबी काठमाडौंको अनुरोधमा उनीहरुविरुद्ध रेड नोटिस जारी भएको हो। रेड नोटिस जारी हुनेहरुमा सबैभन्दा बढी हत्या घटनाका १२ जना छन्। 

त्यसपछि धोखाधडी कसुरका ८ जना, मानव बेचबिखन घटनाका ७ जना, वन्यजन्तसम्बन्धी अपराधको घटनाका ३ जना, बलात्कार तथा यौन हिंसा घटनाका २ जना, फिरौती घटनाका २ जना, जालसाझी घटनाका १, अपहरण घटनाका १, लागु औषध र साइबर अपराध घटानाका १/१ गरी ३८ जनाविरुद्ध रेड नोटिस जारी भएको प्रवक्ता पोखरेलले बताए।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो। बुधबार, कात्तिक १९, २०८२
निकोलस भुसाल पक्राउ उनी अहिले जिल्ला प्रहरी कार्यालय गोरखामा छन्। उनी प्रहरीको खोजी सूचीमा थिए। उनीसँग केही बुझ्नुपर्ने देखिएकाले पक्राउ गरिएको जिल्ला प... मंगलबार, कात्तिक १८, २०८२
स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ नगरपालिका–२, भेडिया नजिक गाईघाट–कदमाहा सडकखण्डमा प्रहरीले आइतबार राति चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
बिहारमा विधानसभा निर्वाचन सुरु, शनिबारदेखि ७२ घण्टा नाका बन्द हुने बिहीबार, कात्तिक २०, २०८२
नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आयोगमा दियो निवेदन बिहीबार, कात्तिक २०, २०८२
पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको प्रस्ताव बिहीबार, कात्तिक २०, २०८२
विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रपति पौडेल आज स्वदेश फर्किदै बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
रामकुमारी झाँक्रीले आज पत्रकार सम्मेलन गर्दै बुधबार, कात्तिक १९, २०८२
आज माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच एकता घोषणा  हुँदै बुधबार, कात्तिक १९, २०८२
रविलाई बयानका लागि कारागारबाट सिंहदरबार ल्याइयो बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्