• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गोरु मरेपछि गंगाराम थारुको हत्या: इन्सपेक्टरको कमाण्डमा २ प्रहरी युएई पुगेर ६ महिनापछि शिवशरणलाई ल्याइयो नेपाल 

64x64
नारायण अधिकारी आइतबार, चैत ५, २०७९  १८:३२
1140x725

काठमाडौं– कपिलवस्तुको बुद्धभुमि नगरपालिका–४ का ६६ वर्षीय गंगाराम थारुको २०७६ साउन ७ गते हत्या भयो। शरीरका विभिन्न ठाउँमा काटिएको अवस्थामा बुद्दभूमि–४ मा गंगाराम मृत भेटिएका थिए। गंगारामको धारिलो हतियार प्रहारबाट हत्या भएको आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढायो। 

अनुसन्धानका क्रममा गंगारामको हत्या नै भएको खुल्यो। गंगारामको हत्या हुनुभन्दा करिब ७ वर्ष पहिले विक्की भनिने विक्रम थारुको बुवा बिष्णुप्रसाद थारुको मृत्यु भएको थियो। २०७६ असारमा खेत जोत्ने क्रममा विक्कीको गोरु समेत गरेको थियो। 

गोरु मरेको केही समयपछि विक्कीको पनि खुट्टा दुखेपछि गंगारामले झारफुक गरेका थिए। त्यसपछि विक्कीको खुट्टा सञ्चो भएको थियो। केही समय पहिला बुवाको मृत्यु, जोत्दा गोरु नै मर्नु, आफ्नो खुट्टा दुख्नु र गंगारामले झारफुक गरेपछि निको भएकाले विक्कीले गंगारामलाई शंकाले हेरेका थिए। सबै गंगारामकै कारण भएको, उनी ‘बोक्सा’ भएको अन्धविश्वास गर्दै विक्कीले गंगारामको हत्या योजना बनाएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। 

गंगारामलाई ‘बोक्सा’ भन्दै विक्कीले विभिन्न ६ जना व्यक्तिको सहयोग लिएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। यस घटनामा पक्राउ परेका ३ जना (बिष्णु प्रसाद चौधरी, इन्द्रा थारु, लिलाराम थारु) लाई जिल्ला अदालत कपिलवस्तुले १ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनीहरु रिहा भएका छन्।

सोही घटनामा संलग्न भएको आरोपमा गत साउन ८ गते विक्की भनिने विक्रम थारु र राम सेवक थारुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। हाल उनीहरु पुर्पक्षका लागि थुनामा छन्। सोधुपुछको क्रममा उनीहरुले हत्या स्वीकार्दै हाल पक्राउ परेका कपिलवस्तुको भृकुटी नगरपालिका–७ का २३ वर्षीय शिव शरण चौधरीको पनि संलग्नता रहेको बताएका थिए। 

त्यसपछि  शिवशरणमाथि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा उनी २०२१ अक्टोबर ८ तारेखमा भिजिट भिसामा युएई पुगेका खुलेको थियो। भिजिट भिसामा युएई पुगेपछि उनलाई पक्राउ गर्न नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले रेड नोटिस जारी गरी खोजी तथा पक्राउ गर्नका लागि प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोललाई पत्राचार गरेको थियो। 

इन्टपरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ भदौ १४ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो। त्यसको १ सातापछि २०७९ भदौ २१ गते एनसीबी अबुधाबीले शिवशरणलाई पक्राउ गरेको थियो। त्यसको ६ महिनापछि बल्ल उनलाई नेपाल ल्याइएको छ।

युएईमा २ पटक पक्राउ परेका थिए शिवशरण
शिवशरण युएईमा २ पटक पक्राउ परेको पाइएको छ। गत भदौ २१ गते पक्राउ परेपछि शिवशरणलाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो। त्यसको केही समयसम्म हिरासत तथा जेलमा राखेर छाडेको थियो। ‘उहाँहरुको आन्तरिक प्रक्रियाबारे हामीलाई त्यति जानकारी हुँदैन। तर १ पटक पक्राउ गरेर केही दिन राखेर छाडेको देखिन्छ। त्यसको केही समयपछि पुनः पक्राउ परेका देखिन्छ,’ नेपाल प्रहरी स्रोतले भन्यो, ‘पक्राउ गरेपछि किन छाडियो भन्ने विषय चाहिँ हामीलाई थाहा हुँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

भिजिट भिसामा दुबई पुगेपछि  शिवशरण त्यहाँ मजदुरको रुपमा काम गर्न थालेका थिए। सोही क्रममा आबुधाबी प्रहरीले पक्राउ गरेको थियो। दोस्रोपटक पक्राउ गरेपछि एनसीबी आबुधाबीलले सपुदर्गगीका लागि कागजात माग गरेको थियो। 

पक्राउ परेको करिब ६ महिनापछि बल्ल उनलाई नेपाल ल्याइएको हो। त्यतिन्जेल उनलाई युएईकै जेलमा राखिएको थियो।

शिवशरणलाई लिन इन्सपेक्टर कमाण्डको टोली युएई 
पक्राउ परेको ६ महिनामा सबै कागजात पुगेपछि सपुर्दगीका लागि अनुरोध गरिएको थियो। सो क्रममा एनसीबी आबुधाबीले शिवशरणलाई भने त्यत्तिकै नपठाउने भन्दै लिनका लागि अफिसर स्तरको प्रहरी कर्मचारी पठाउन भन्दै पत्राचार गरेको थियो। ‘केही जघन्य प्रकृतिका घटनामा प्रहरी कर्मचारी स्वयम् उपस्थित नभए सम्बन्धित देशले सपुर्दगी गर्दैनन्। शिवशरणको पनि हत्या जस्तो जघन्य अपराध जोडिएकाले प्रहरी नै पठाउन अनुरोध भएपछि हामीले प्रहरी कर्मचारी पठाएरै उनलाई नेपाल ल्याएका हौं,’ नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी पोषराज पोखरेलले भने।

गत फागुन ११ गते शिवशरणलाई नेपाल सपुर्दगी गर्ने प्रयोजनार्थ सुरक्षा टोली पठाइदिन भन्दै दुबई प्रहरीले पत्राचार गरेको थियो। एनसीबी आबुधाबीले अधिकृतस्तरको प्रहरी कर्मचारी पठाउन भनेपछि इन्टरपोलबाट इन्सपेक्टरको कमाण्डमा २ जनालाई युएई पठाएर उनलाई गत बिहीबार नेपाल ल्याइएको हो। जसकारण शिवशरणलाई नेपाल ल्याउँदा आर्थिक लागत समेत महँगो परेको प्रहरीले जनाएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुलाई बुझाइएको छ। शुक्रबार अदालतमा उपस्थित गराइएकोमा थुनछेक बहस नसकिएकाले आज (आइतबार) पनि बहस भएको थियो ।आइतबार कपिलवस्तुका न्यायाधीश नरनारयण पौडलेको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएसँगै उनी कारागार चलान भएको कपिलवस्तुका एसपी मीनबहादुर घलेले बताए।

हत्या घटनाका २२ जनालाई नेपाल ल्याइयो 
नेपाल इन्टरपोलको सदस्य भएयता शिवशरणजस्तै हत्या घटनामा मुछिएर विभिन्न देशमा पुगेका २२ जनालाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइएको छ। 

नेपालमा व्यक्ति हत्या लगायत विभिन्न अपराध गरेपछि सुरक्षित हुन भन्दै विभिन्न देशमा पुगेर लुकेर बसेकाहरुलाई पक्राउ गर्न भन्दै एनसीबी काठमाडौंले रेड नोटिसका लागि इन्टरपोललाई पत्राचार गर्ने गर्छ। त्यसपछि इन्टरपोलका सदस्य राष्ट्रहरुले त्यस्ता व्यक्तिहरुलाई खोजी गरी सम्बन्धित देशमा बुझाउने गर्छन्।

हालसम्म जालसाझी घटनाका २, वन्यजन्तुसम्बन्धी अपराध घटनाका २, सुन तस्करी घटनाका ७, मानव बेचबिखन घटनाका ४, साइबर अपराध घटनाका १, बलात्कार घटनाका १ र धोखाधडी घटनाका ३ जना गरी ४३ जनालाई नेपाल ल्याइएको एनसीबी काठमाडौंको तथ्यांक छ।

३८ जनाविरुद्ध रेड नोटिस जारी
नेपालमा अपराध गरी फरार भएर विभिन्न देशमा पुगेका ३८ जनाविरुद्ध रेड नोटस जारी गरिएको छ। एनसीबी काठमाडौंको अनुरोधमा उनीहरुविरुद्ध रेड नोटिस जारी भएको हो। रेड नोटिस जारी हुनेहरुमा सबैभन्दा बढी हत्या घटनाका १२ जना छन्। 

त्यसपछि धोखाधडी कसुरका ८ जना, मानव बेचबिखन घटनाका ७ जना, वन्यजन्तसम्बन्धी अपराधको घटनाका ३ जना, बलात्कार तथा यौन हिंसा घटनाका २ जना, फिरौती घटनाका २ जना, जालसाझी घटनाका १, अपहरण घटनाका १, लागु औषध र साइबर अपराध घटानाका १/१ गरी ३८ जनाविरुद्ध रेड नोटिस जारी भएको प्रवक्ता पोखरेलले बताए।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्