काठमाडौं– रियालिटी शो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’बाट छाएका कमेडियन कपिल शर्मा यतिबेला निकै चर्चामा छन्।
उनको फिल्म ‘ज्विगाटो’ रिलिज भएको छ। उनी कमेडियनका रुपमा चिनिन्छन् तर यो फिल्ममा फरक भूमिकामा छन्। कपिल शर्मा विगत केही वर्षदेखि सेलेब्रिटीको जीवनशैली जिइरहेका छन्।
उनी करोडौं रुपैयाँ कर तिर्नेमा पर्छन्। तर यसअघि कपिलका लागि यी सबै कुरा सहज थिएनन्। उनी अमृतसरमा हुर्केका थिए, जहाँ उनले प्रायः पकेट मनी कमाउन विभिन्न अनौठो काम गर्थे। फिल्म ‘ज्विगाटो’ रिलिजपछि कपिलले एक अन्तर्वार्तामा आफ्नो पहिलो पारिश्रमिकबारे टिप्पणी गरेका छन्।
२०१३मा 'कमेडी नाइट्स विथ कपिल' ले उनको जीवन परिवर्तन गर्यो। यो कार्यक्रमले उनको लोकप्रियता बढायो। यस कार्यक्रममा उनले पाउने पारिश्रमिकको धेरै पटक चर्चा भएको छ।
तर हालैको एक अन्तर्वार्तामा उनले आफ्नो पहिलो पारिश्रमिक र कामबारे कुरा गरे। उनले सुरुमा एसटीडी बुथमा काम गरे, त्यसपछि मिलमा पनि काम गरे।
कर्ली टेल्ससँग कुरा गर्दै कपिलले भने, ‘मलाई याद छ जब म एसटीडी/पीसीओ बुथमा काम गर्थेँ, म महिनामा पाँच सय रुपैयाँ पाउँथेँ। यो मेरो पहिलो तलब थियो।’
कपिलले १४ वर्षको उमेरमा आफूले ९ सय पारिश्रमिक लिने मिलमा पनि काम गरेको बताए। उनले भने, ‘मैले धेरै अनौठा काम गरेको छु। १० कक्षाको परीक्षा दिएपछि कपडा मिलमा काम गर्थें। गर्मी यति थियो कि प्रवासी मजदुर पनि गाउँतिर भाग्थे।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।